सौन्दर्यकर्मी युनियनद्वारा माता तीर्थ औंशीको अवसरमा आश्रमका ज्येष्ठ नागरिकलाई भोजन

 न्यूज विराट
सौन्दर्यकर्मी युनियनद्वारा माता तीर्थ औंशीको अवसरमा आश्रमका ज्येष्ठ नागरिकलाई भोजन

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) विराटनगर महानगर कमिटीले शनिबार माता तीर्थ औंशीको अवसर पारेर विराटनगरस्थित मानव सेवा आश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई विशेष भोजन व्यवस्था गरेको छ। आश्रममा रहेका आमाहरूलाई सम्मान गर्दै यो विशेष कार्यक्रम आयोजना गरिएको नाबुन विराटनगरकी अध्यक्ष बसन्ती गुरुङले बताइन्।

कार्यक्रममा अध्यक्ष गुरुङले ज्येष्ठ नागरिकहरू हाम्रो समाजका लागि अमूल्य सम्पत्ति भएको बताउँदै समाजमा ज्येष्ठ नागरिकहरूको योगदानलाई सदैव सम्मान गर्नुपर्ने कुरामा जोड दिइन्। नाबुन विराटनगरले यस्ता सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यक्रमहरूलाई निरन्तरता दिएर अगाडी बढने उनले बताइन् । ‘हामी पेशागत रूपमा सौन्दर्यसँग जोडिएका छौं, तर सामाजिक उत्तरदायित्व पनि हाम्रो प्राथमिकतामा पर्छ,’ उनले भनिन्।

नाबुनकी केन्द्रीय सचिवालय सदस्य ममता प्रधानले सुन्दर संसारमा ज्येष्ठ नागरिकहरूको अथक योगदान रहेको बताउँदै आजका दिन हामीले उहाँहरुलाई भोजन गराउन पाउँदा हामी धन्य भएका बताइन् । ‘माता तीर्थ औंशी हाम्रो संस्कृतिमा आमाको सम्मानको प्रतीक हो। यो दिन हामीले केवल आफ्नै आमालाई मात्र होइन, समाजका सबै आमाहरूलाई सम्मान गर्न सिक्नुपर्छ,’ उनले भनिन् ।

मानव सेवा आश्रममा रहेका ६५ जना ज्येष्ठ नागरिकहरूले नाबुनको यस पहललाई अत्यन्तै सराहना गरेका छन्।
कार्यक्रममा नाबुनकी केन्द्रीय सदस्य गंगा तामाङ, कोशी प्रदेश अध्यक्ष कला डाँगी, कोषाध्यक्ष अमिता पोखरेल, पूर्व उपाध्यक्ष ललिता धिमाल, प्रदेश सदस्य मन्दिरा भट्टराई, नाबुन विराटनगरको निर्वतमान अध्यक्ष भली सुब्बा लगायत विभिन्न सौन्दर्यकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

आश्रमकी पार्वती तिवारले नाबुनको यस पहललाई धन्यवाद दिँदै भनिन्, ‘समाजका विभिन्न वर्गले यसरी नै सहयोग र समर्थन गरेमा ज्येष्ठ नागरिकहरूको जीवन सहज हुनेछ। हामी सबैले मिलेर हाम्रा आमाबुवाहरूलाई सम्मानजनक जीवन दिने वातावरण निर्माण गर्नुपर्छ।’

माता तीर्थ औंशीको अवसरमा आयोजित यो कार्यक्रमले समाजमा ज्येष्ठ नागरिकहरूप्रतिको सम्मान र हेरचाहको महत्त्वलाई झल्काएको छ। नाबुन विराटनगरले आगामी दिनहरूमा पनि यस्ता सामाजिक सेवामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित समाचार

ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगितामा आर्मीको विजय सुरुवात

विराटनगर । विभागीय टिम नेपाल आर्मी प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा विजय सुरूवात गरेको छ । लिगकम नकआउट नियममा सञ्चालीत प्रतियोगितमा मंगलबार भएको पहिलो खेलमा वाइआरसिसी क्रिकेट क्लब विराटनगरलाई ७ विकेटले निराश...

अब बैंकमा अत्यावश्यक सेवा मात्र

काठमाडौँ, ३१ वैशाख । बैंकहरूले अत्यावश्यकबाहेकका सेवा नदिने भएका छन् । पछिल्ला दिनमा कर्मचारीहरूमा कोभिडको संक्रमण बढेसँगै बैंकहरूले प्रदान गर्ने सेवा घटाएका हुन् । बैंकमा सेवाग्राहीको भीड कसरी कम गर्न सकिन्छ भन्ने सम्बन्धमा बिहीबार राष्ट्र...

तुलसीपुरका कोरोना संक्रमित युवक टिचिङ अस्पतालका स्वास्थ्यकर्मी

काठमाडौं, जेठ ३-दाङ स्थायी ठेगाना भएका ३ कोरोना संक्रमितमध्ये १ जना काठमाडौं त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) का स्वास्थ्यकर्मी रहेको खुलेको छ । तुलसीपुर उपमहानगरपालिका-७ घर भएका ३४ वर्षीय संक्रमित ति पुरुष काठमाडौंमै रहेको तुलसीपुर...

सिरहामा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण

वीरगन्ज, ६ भदौ-सिरहामा मृत्यु भएका १ वृद्धमा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवका अनुसार ३ भदौमा मृत्यु भएका मिर्चैया नगरपालिका-४ का ६८ वर्षीय पुरुषमा शुक्रबार राति कोरोना पाजिटिभ...

तस्वीरमा लकडाउन पछिको विराटनगर (फोटो फिचर)

विराटनगर, साउन १७–समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिएपछि शनिबारदेखि विराटनगर महानगरपलिकाभित्र लकडाउन भएको छ । शुक्रबार मध्यरातिदेखि लागू हुने गरि साउन ३० गतेसम्म महानगरले लकडाउन घोषणा गरेपछि शनिबार विहानैदेखि विराटनगर ठप्प बनेको छ । लकडाउनको कारण...

भोलिसम्म प्रधानन्यायाधीशको राजीनामा नआए थप आन्दोलन गर्छौं:बार एसोसिएसन

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए थप आन्दोलन गर्ने चेतावनी दिएको छ । बिहीबार पत्रकार सम्मेलन गरी बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भोलि (शुक्रबार) सम्म प्रधानन्यायाधीश जबराले राजीनामा नदिए थप आन्दोलन गर्ने चेतावनी...

ओम्नीमाथि लेखा समितिले थाल्यो छानविन

काठमाडौं, १४ वैशाख-विनाप्रतिस्पर्धा ओम्नी बिजिनेस कर्पोरेट इन्टरनेसनलसँग स्वास्थ्य सामग्री खरिद गर्ने स्वास्थ्य मन्त्रालयको निर्णयमाथि संसदको लेखा समितिले छानविन प्रक्रिया अघि बढाएको छ । सरकारले बिनाप्रतिस्पर्धा ओम्नीलाई कोरोना महामारीसँग जुध्न उपकरण खरिदको सम्झौता गरेको थियो ।...

डाक्टर बनेर काठमाडौंबाट झापा पुगेका २ जना प्रहरीको नियन्त्रणमा

इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नक्कली चिकित्सकको भेषधारण गरेर काठमाडौँबाट झापा आएका २ युवालाई आज बिहान नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेमा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश अधिकारी रहेका छन् । लकडाउनमा पनि ती...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्