कोशीको चुरे फेदीतिर नाच्दै, गाउँदै माओवादी

 न्यूज विराट
कोशीको चुरे फेदीतिर नाच्दै, गाउँदै माओवादी

विराटनगर । कोशी प्रदेश माओवादी केन्द्रले चुरे तराई लक्षित जनसाङ्गितिक ९ दिने अभियान सुरु गरेको छ । माओवादीको केही दिन अगाडि बसेको प्रदेशको सचिवालय बैठकले अभियान चलाउने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार बुधबार उदयपुरको कटारी बजारबाट ‘चुरे तराई जनसाङ्गितिक अभियान’ सुरु भएको हो । अभियानको माओवादी उपमहासचिव तथा कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेलले उद्घाटन गरेका हुन् ।
अभियान अन्तर्गत बिहीबार उदयपुरको गाइघाट बजारमा कार्यक्रम गरिएको माओवादी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले बताए । यस्तै वैशाख १२ गते उदयपुरको बेल्टार, वैशाख १३ गते सुनसरीको धरान, वैशाख १४ गते मोरङको केराबारी बजार, वैशाख १५ गते मोरङको मधुमल्ला बजार मिक्लाजुङ, वैशाख १६ गते इलामको चुलाचुली, वैशाख १७ गते झापाको बुद्धशान्तिमा र वैशाख १८ गते झापाको बाहुनडाँगीमा गएर टुंगिने उनले बताए ।
अभियानका क्रममा जनसांस्कृतिक महासंघ कोशी प्रदेशका कलाकारहरुले पार्टीको पक्षमा निर्माण गरिएका नाटक, गीत तथा सामूहिक नृत्य र कविताहरु सुनाउने गरेका छन् । प्रदेश समितिको आयोजनामा गरिएको कार्यक्रमलाई स्थानीय पार्टीले व्यवस्थापन गरिरहेको नेम्वाङ्ले बताए । सांस्कृतिक अभियानमा कलाकारको तर्फबाट भने फ्याक्सन इन्चार्ज राकेश किराँती, अनुशा राईलगायतले नेतृत्व गरेका छन् । कार्यक्रममा १–२ जना मात्रै वक्ता राखिएको र पाँच वटासम्म गीत नृत्य तथा अबको बाटो शीर्षकमा नाटक प्रस्तुती हुने नेम्वाङले बताए ।
उद्घाटन समारोह उत्साहजन रहेको र गर्मीको बीचमा पनि स्थानीयहरु स्वतःस्फूर्त आएको नेम्वाङ्को दाबी छ । ‘हामीले गाडीबाट मानिस ओसार्ने भनिएको छैन । कार्यक्रम राख्ने भनेर प्रचार गरिएको छ । मानिसहरु स्वतःस्फूर्त आएका छन् । कार्यक्रम उत्साहजनक भएको छ,’ उनले भने ।
माओवादीले यसअघि तराई मधेश हुलाकी राजमार्ग लक्षित कार्यक्रम संचालन गरेको थियो । सो पार्टीले आगामी ८४ को निर्वाचनमा ठूलो पार्टी बनाउने उद्देश्यका साथ अभियान संचालन गरेको हो । अभियानका क्रममा प्रचण्ड नेतृत्वको सरकारको पालामा भ्रष्टाचारीहरु समातेको, सुशासनको सुरुवात गरिएको, सामाजिक न्यायको लागि काम गरिएको र अन्तराष्ट्रिय फोरमहरुमा देशका तर्फबाट दह्रो कुराहरु राखेको बताउने गरेको छ । यस्तै राजावादीहरुले चलाएका भ्रमहरुलाई पनि चिर्ने प्रयास भएको नेम्वाङ बताउँछन् ।

सम्बन्धित समाचार

२१ जेठदेखि नयाँ शैक्षिकसत्र सुरु गर्न माग

काठमाडौं १६ जेठ-निजी विद्यालयहरुले २१ जेठदेखि नयाँ शैक्षिकसत्र सुरु गर्न सरकारलाई आग्रह गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन् नेपाल (नेशनल प्याब्सन), राष्ट्रिय अभिभावक महासंघ, अभिभावक संघ...

युवा पुस्ताले संस्कृतीको जगेर्ना गर्नुपर्छः मुख्यमन्त्री राई

विराटनगर,१३ साउन । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले युवापुस्ताले आफनो भाषा, संस्कृति र भेषभुषाका जगेर्ना गर्नुपर्ने बताउनु भएको छ। सष्ट्रा नेपालद्वारा आज साँझ विराटनगरमा आयोजित ‘ मिस विराटनगर’ अन्तिम प्रतियोगिताको उद्घाटन गर्दै उहाँले...

विराटनगरको खोरियामा अरनिको कोलोनि

विराटनगर । विराटनगरस्थित अरनिको बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई एकै थलोमा व्यवस्थित रुपमा बसोबास गराउन कोलोनि बनाउने भएको छ । विराटनगर–१९ स्थित खोरिया क्षेत्रमा अरनिको नगर कोलोनी बनाउने भएको हो । शेयर सदस्यहरुलाई घर...

राष्ट्रपतिले गौतमलाई भनिन् : विगतमा जस्तै भूमिका खेल्ने समय आयो

काठमाडौं १८ कात्तिक-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । राष्ट्रपति भण्डारीले नेकपाभित्र देखिएको विवादका विषयमा चासो राख्दै उपाध्यक्ष गौतमलाई शीतल निवास बोलाएकी हुन्।...

फार्मेशीको दरबन्दी अविलम्व सृजना गरिनुपर्ने एनपीएको माग

विराटनगर । सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य संस्था संचालन सम्बन्धी मापदण्ड अनुसार फार्मेशीको दरबन्दी अविलम्व सृजना गरिनुपर्ने नेपाल फर्मास्युटिकल एसोसिएशन नेपाल (एनपीए) ले माग राखेको छ । एनपीएले अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ पूर्ण...

नेविसङ्घ ५१औँ वर्षमा : राहत वितरण गरेर स्थापना दिवस मनाउँदै

काठमाडौं, ६ वैशाख-नेपाली काँग्रेसको सबैभन्दा प्रभावशाली भातृ संस्था नेपाल विद्यार्थी सङ्घ स्थापनाको ५० वर्ष पूरा गरी आज ५१औँ वर्षगाँठ मनाउँदै छ । विसं २०२७, ६वैशाखमा स्थापना भएको नेविसङ्घले स्थापनाकालदेखि नै मुुलुकका हरेक राजनीतिक र शैक्षिक...

मोरङ उद्योग व्यापार संघका अध्यक्षमा राठी, महासचिबमा सञ्जय श्रेष्ठ

विराटनगर । मोरङ उद्योग व्यापार संघको अध्यक्षमा निवर्तमान वरिष्ठ उपाध्यक्ष अनुपम राठी निर्विरोध निर्वाचित भएका छन् ।संघको ३४ औं कार्यकारिणी समितिको अध्यक्ष पदका लागि निर्वाचित कार्यकारिणी सदस्यहरूले सर्वसम्मत रुपमा राठीलाई अध्यक्ष निर्वाचित गरेका हुन् ।संघमा...

नेकपा सचिवालय विघटन गरौँः जनार्दश शर्मा

काठमाडौं, १० असार-नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को आज बसेको स्थायी कमिटी बैठकमा नेता जनार्दन शर्माले सचिवालय विघटन गर्नुपर्ने प्रस्ताव गरेका छन् । सचिवालयले काम गर्न नसकेकोले यसको कुनै अर्थ नभएको भन्दै उनले वैठकको एजेण्डामै खारेज गर्ने विषय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्