विराटनगरको खोरियामा अरनिको कोलोनि

 न्यूज विराट
विराटनगरको खोरियामा अरनिको कोलोनि

विराटनगर । विराटनगरस्थित अरनिको बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई एकै थलोमा व्यवस्थित रुपमा बसोबास गराउन कोलोनि बनाउने भएको छ । विराटनगर–१९ स्थित खोरिया क्षेत्रमा अरनिको नगर कोलोनी बनाउने भएको हो ।

शेयर सदस्यहरुलाई घर निर्माण गर्ने गरि उपलब्ध गराइएको उक्त जग्गाको धनीपूर्जा आइतबार विराटनगरमा एक विशेष कार्यक्रम आयोजना गरेर वितरण गरिएको छ । आफ्ना शेयर सदस्यका लागि एउटै थलोमा कोलोनी बनाउने उद्देश्यले ६ बिघा १७ कठ्ठा १६ धर जग्गा खरिद गरिएको छ । जसमध्ये संस्थाको नाममा दश कठ्ठा राखेर बाँकी जग्गा १०४ परिवारका लागि व्यक्तिगत रुपमा वितरण गरिएको छ ।

कोलोनीका अगुवा हरिभक्त सिटौलाले अहिले उक्त क्षेत्रमा माटो पुर्ने, कम्पाउण्डवाल बनाउने, सडक नाला निर्माणको काम भईरहेको जानकारी दिए । जग्गाधनीहरुलाई एक कठ्ठामा नघट्ने गरि लालपूर्जा पूर्व संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले वितरण गरेका हुन् । उक्त जग्गामा मोडलको रुपमा घरहरु निर्माण गरेर आफ्ना शेयर सदस्यहरुको कोलोनीमा विकास गर्ने योजना राखिएको दावी छ ।

टौलाले विराटनगरको विकट स्थानमा बस्ती विकास गर्दा शहरको क्षेत्र समानरुपमा विस्तार हुने धारणा राखेका छन् । उनले अरनिको सहकारीका सदस्यहरुलाई एकै थलोमा समेट्ने मनसाय राखेर अगाडी सारिएको योजनालाई सार्थकता दिने दावी गरेका छन् ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्