ब्राउन सुगरसहित पाँच जना पक्राउ, भारतबाट पैदल नेपाल आउँदै गर्दा नियन्त्रणमा

 न्यूज विराट
ब्राउन सुगरसहित पाँच जना पक्राउ, भारतबाट पैदल नेपाल आउँदै गर्दा नियन्त्रणमा

सुनसरी । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका पाँच जना नेपाली नागरिकहरू लागू औषध ब्राउन सुगरसहित सुनसरीमा पक्राउ परेका छन्। पक्राउ परेको यो घटना लागू औषध नियन्त्रण ब्यूरो, विराटनगर र इलाका प्रहरी कार्यालय, लौकहीको संयुक्त सुराकी तथा निगरानी अभियानको फलस्वरूप सम्भव भएको हो।

पक्राउ परेकाहरूको शरिर खानतलाशी गर्दा विभिन्न तरिकाबाट लुकाइ छिपाइ राखिएको अवस्थामा कुल ९.६८ ग्राम ब्राउन सुगर जस्तो देखिने लागू औषध फेला परेको छ। प्रहरीले ओखलढुङ्गा चिसंखुगढीका वर्ष २७ का राजन बास्तोला, सुनसरी भोक्राहा नरसिंहका वष्र्वा २० का अनोज कुमार उराव, समिर खान, राजेश पुरी , रुपेश कुमार यादव पक्राउ परेका छन् ।

पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, सुनसरीमा पठाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार लागू औषधको आपूर्ति र वितरणमा संलग्न गिरोहहरूको सञ्जाल तोड्न निरन्तर निगरानी र गस्तीलाई तीव्र बनाइएको छ।

सम्बन्धित समाचार

प्रदेश १ मा ३८ कोरोना संक्रमित थपिए, ६ जना डिस्चार्ज

विराटनगर, १९ असार–प्रदेश १ मा शुक्रबार ३८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ५३ पुगेको छ । शुक्रबार ३४ पुरुष र ४ महिलामा संक्रमण देखिएको सामाजिक...

दुर्घटनामा सव इन्जिनियर खानको मृत्यु

विराटनगर । मोरङमा सवारी दुर्घटनामा परी एक जना सव इन्जिनियरको मृत्यु भएको छ । विराटचोक–घिनाघाट सडक खण्डअन्तर्गत ग्रामथानस्थित सडकमा रोकेर राखेको टिपरमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा ३५ वर्षीय मोहम्मद मुक्तार खानको मृत्यु भएको हो ।हरैँचाबाट...

आज साउने सङ्क्रान्ति मनाइँदै

काठमाडौं, १ साउन-सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज साउने सङ्क्रान्तिका रूपमा मनाइँदै छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । १...

पूर्वमन्त्री पण्डितको पहलमा कोशी अस्पताललाई ४ वटा भेन्टिेलेटर प्रदान गरिँदै

विराटनगर, ३० असोज–प्रदेश १ मा भेन्टिलेटरको अभाव भइरहेका बेला पूर्व संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पहलमा विराटनगरस्थित कोशी अस्पताललाई ४ वटा भेन्टिलेटर प्रदान गरिने भएको छ । पूर्वमन्त्री पण्डितको पहलमा ताईवानको ‘टिजुची...

सांसद अपहरणको छानविन गर्न विपक्षी ४ दलको माग

काठमाडौं, १५ वैशाख-सांसद अपहरणको विषयमा अनुसन्धान गर्न विपक्षी ४ दलले माग गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको विपक्षी दलहरूको बैठकले जनकपुरबाट सांसदलाई अपहरण गरी काठमाडौं ल्याइएको विषयमा छानविन गर्न माग गरेका हुन् ।...

सर्वोच्च अदालतमा पहिलो पटक गोला प्रथाबाट पेसी तोकियो

काठमाडौं, १५ मंसिर ।  सर्वोच्च अदालतमा आजदेखि गोला प्रथाबाट पेसी तोक्न सुरु भएको छ । आज दुईवटा एकल इजलाससहित १० वटा इजलास गठन भएका छन् ।गोला प्रथामार्फत ११ इजलासमा दुई सय १७ मुद्दाको पेसी तोकिएको...

आज ८३० संक्रमित थपिए, १५ सय जना डिस्चार्ज

काठमाडौं, २८ मंसिर-गत २४ घण्टामा ८ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ । त्यस्तै, आज १ हजार ५ सय...

आज ३ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, ३ साउन-आज पनि देशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाले जनाएको छ । महाशाखाका अनुसार शनिबार देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्