विराटनगर । महिला उद्यम समिति, मोरङ उद्योग व्यापार संघको आयोजना तथा म्यारी स्टोप्स् इन्टरनेशनल नेपाल र सुनौलो परिवार नेपालको सह आयोजनामा महिलाहरुको प्रजनन् स्वास्थ्य विषयक जानकारीमूलक कार्यक्रम सम्पन्न भएको छ। महिला उद्यम समितिकी संयोजक श्रुति शर्माको संयोजकत्व तथा मोरङ उद्योग व्यापार संघका वाणिज्य उपाध्यक्ष अनिल सारडाको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रमको संचालन समितिकी सचिव श्रीमती जिना श्रेष्ठले गरेकी थिइन् । कार्यक्रममा म्यारी स्टोप्स् इन्टरनेशनल, काठमाडौँकी मार्केटिङ एण्ड कम्युनिकेशन मेनेजर हिमा मिश्रले महिलाहरुमा देखिने प्रजनन् स्वास्थ्यका विषयमा विस्तृत प्रस्तुति दिइन् । कार्यक्रममा मोरङ उद्योग व्यापार संघको महिला उद्यम समिति सदस्यहरु, म्यारी स्टोप्स् इन्टरनेशनल नेपाल र सुनौलो परिवार नेपालका प्रतिनिधिहरु सहित नेपाल उद्योग वाणिज्य महासंघ ( कोशी, नेपाल उद्योग परिसंघ ( कोशी, उद्योग संगठन मोरङ, विराट व्यापार संघ, उमिन आन्टरप्रिनियर्स एशोसिएशन नेपाल लगायत विभिन्न संघ संस्थाका महिला उद्यम समितिकी अध्यक्षहरु तथा प्रतिनिधिहरु, विभिन्न विद्यालयकी छात्राहरु र महिलाहरुको उपस्थिति रहेको थियो।
विराटनगर, ९ असार । मोरङको रंगेली नगरपालिकामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । बुधबार रंगेली नगरपालिका–६ चोप्राहा स्थित नेवा टोलमा चट्याङ लगेर स्थानीय २३ वर्षीय युवक नितेश रायको मृत्यु भएको हो । घर...
एजेन्सी, जेठ ५-जर्मन बुन्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिख विजयी भएको छ । कोरोना भाइरसको महामारीका बीच ६६ दिनपछि पुनः सुरु भएको बुण्डेस लिगामा बायर्नले युनियन बर्लिनलाई उसकै मैदानमा २-० ले हराएको हो । बायर्नको...
पोखरा, ६ असार-कास्कीको मादी गाउँपालिकाका १९ महिने बालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मादी गाउँपालिकामा अहिलेसम्म एक बालकसहित ३ जनाका कोरोना संक्रमण देखिएको हो । गण्डकी प्रदेशमा शनिबार बिहान ७ जिल्लाका ५८ जनामा...
एजेन्सी, जेठ २-अमेरिकाले आफ्ना नागरिकको विश्वासलाई अपमान गरेको चीनले आरोप लगाएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न अमेरिका असफल भएको आरोप पनि चीनको विदेश मन्त्रालयले लगाएको छ । मन्त्रालयका प्रवक्ता झाओ...
विराटनगर, ५ माघ । झापा दमक(४ ताराबारी स्थित राजमार्गमा एम्बुलेन्स र अटो एक आपसमा ठक्कर खाई दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । आज विहान ०९ बजे मे १ च १२४६ नम्बरको एम्बुलेन्स र...
कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले गरेको ‘लकडाउन’का कारण जनकपुरधामबासीले आ–आफनो घरमै चैती छठ मनाएका छन् । चैती छठ तलाउ, पोखरी लगायतका जलाशयमा छठघाट तयार पारेर सामूहिक रूपमा पूजाअर्चना गरेर मनाइने चलन छ । तर,...
विराटनगर । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कोशी र सुदुरपश्चिम प्रदेश विजयी भएको छ । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा मंगलबारदेखि सुरू भएको प्रतियोगिताको पहिलो खेलमा कोशीले कर्णाली प्रदेशलाई ३८ रनले पराजित गरेको हो ।टस जितेर पहिले...