पार्टीहरूमा रोग लाग्यो : प्रचण्ड

 न्यूज विराट
पार्टीहरूमा रोग लाग्यो : प्रचण्ड

विराटनगर । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले पार्टीहरुमा रोग लागेको र त्यसको उपचार गर्न समीक्षा जरुरी भएको बताएका छन् ।
विराटनगरमा आइतबार आयोजित हाम्रोमत दैनिकको २२ औं वार्षिकोत्सव समारोहमा उनले यस्तो बताएका हुन् ।
संविधान जारी गर्दा नै दलहरुबीच १० वर्षपछि समीक्षा गर्ने प्रतिबद्धता जनाएको भन्दै प्रचण्डले त्यसको लागि समय आएको बताए । यद्यपि संविधानको समीक्षा गर्दा पछाडि फर्कन नसक्ने उनले स्पष्ट पारे ।
‘संविधानको समीक्षा गर्दा एउटा शर्त छ । हामी पछाडि फर्कनका लागि समीक्षा गर्दैनौं । हामी अगाडि बढ्नका लागि समीक्षा हुन्छ । जनताले प्राप्त गरेका उपलब्धीलाई खोस्नका लागि समीक्षा हुँदैन । त्यसलाई बढाउन, अझै थप्न र परिमार्जन गर्नका लागि समीक्षा हुन्छ,’ प्रचण्डले भने । प्रचण्डले तीन दलबीच शनिबार भएको छलफलमा आफूले आन्दोलनको परिभाषा गर्नुपर्नेमा जोड दिएको बताए । ‘हिंजो तीन दलको बैठक बस्दा मैले भनेको थिएँ । आन्दोलन केलाई भन्ने ? विद्रोह केलाई भन्ने ? के भन्ने नभन्ने विषयमा पनि एउटा परिभाषामा पुग्नु पर्छ । एउटा व्याख्या वा साझा बुझाइ हुनुपर्छ’ प्रचण्डले भने, ‘कसैले लोकतन्त्रका निम्ति, गणतन्त्रका निम्ति, इमान्दारिताका साथ अगाडि बढ्न, आन्दोलनको कुरा गर्छ, संघर्ष गर्न खोज्छ भने त्यो आन्दोलन हो । त्यसलाई संरक्षण गर्नुपर्छ । तर, कसैले लोकतन्त्रका विरुद्ध, निरंकुशताको लागि तानाशाहीको लागि कुरा गर्छ भन्ने त्यो आन्दोलन हुँदैन । त्यो अपराध हुन्छ । समाजप्रति गरेको अपराध हुन्छ ।’
कुन आन्दोलन हो ? कुन अपराध हो या गलत हो ? कुन इतिहासको धाराप्रवाह विरुद्धमा छ ? कुन इतिहासको आवश्यकता र जनताको आवश्यकतासँग तादात्म्य राख्छ भन्ने विषयमा गणतन्त्रवादी दलहरु स्पष्ट हुनुपर्ने उनको कुरा थियो । ‘कुनै एउटा परिभाषाकै आधारमा आन्दोलन, विद्रोह, क्रान्ति भन्ने पदावली प्रयोग गरिन्छ । निरंकुशतातिर फर्किनको लागि, तानाशाहीतिर फर्किनको लागि आन्दोलन गर्ने भनिँदैन । त्यसलाई आन्दोलन शब्द कम्तीमा पनि गणतन्त्रवादी, लोकतन्त्रवादीले प्रयोग गर्नु भएन । त्यो आन्दोलन हुनै सक्दैन,’ उनले भने, ‘त्यो इतिहास र जनताका हितविरुद्ध, लोकतन्त्रको हित र मर्मविपरीत गरिएको चालबाजी र षड्यन्त्र हुन्छ । त्यो अपराधिक नै हुन्छ । समाजविरोधी क्रियाकलाप हुन्छ । त्यो ढंगले परिभाषित गर्नुपर्यो ।’

सम्बन्धित समाचार

प्रदेश १ सरकारले स्थानीय तह र अस्पताललाई दियो १ करोड ६० लाख बजेट

विराटनगर, साउन २९–प्रदेश १ सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचारको थप व्यवस्था मिलाउनको लागि स्थानीय तह र अस्पतालहरुलाई रकम उपलब्ध गराएको छ । आइसोलेशन केन्द्र स्थापना र सञ्चालनको लागि १ करोड ६० लाख रकम प्रदेश...

पहाडी क्षेत्रमा बदली, आज प्रदेश १ मा वर्षाको सम्भावना

काठमाडौं, मंसिर २३ । बिहीबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली छ । दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना...

तेस्रो मिल्स भेट्रान्स गोल्डकप सुरु, उद्घाटनमा हाम्रो भेट्रान्स र कन्काई भेट्रान्स विजय

विराटनगर । विराटनगर – कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।मिल्स भेट्रान्स क्लब रानी विराटनगरको आयोजनामा विराटनगर जुट मिल खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।उद्घाटन दिनका खेलहरूमा हाम्रो...

काठमाडौं उपत्यकामा आज ९७३ जनामा कोरोना पुष्टि

काठमाडौं, २७ कात्तिक-काठमाडौं उपत्यकामा आज ९ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ सय २८ महिला र ५ सय ४५ पुरुष गरी उपत्यकामा आज ९ सय ७३ जनामा कोरोना पुष्टि भएको हो...

महिला र छात्राहरुलाई १८ वटा साइकल वितरण

विराटनगर, २८ चैत । रोटरी क्लब अफ विराटनगरले महिला र छात्राहरुलाई साइकल वितरण गरेको छ । एक कार्यक्रमकाबिच क्लबले १८ जना महिला र छात्राहरुलाई साइकल वितरण गरेको हो । रोजगारीका लागि काममा जान सहज होस...

बाँकेका सिडिओले दिएको पास बोकेर काठमाडौं आएकी थिइन् चन्द्रागिरीकी कोरोना संक्रमित

काठमाडौं, ३१ वैशाख-काठमाडौंको चन्द्रागिरी नगरपालिका-९ मच्छेनारायानकी कोरोना संक्रमित महिलालाई जिल्ला प्रशासन कार्यालय बाँकेले नै पास दिएर काठमाडौं पठाएको खुलेको छ । भारत घुमेर नेपालगन्ज हुँदै उपत्यका छिरेकी ति महिलालाई प्रशासनले नै पास दिएर पठाएको खुलेको...

आज यी चार प्रदेशमा धेरै भारी वर्षा हुन सक्ने, सतर्क रहन महाशाखाको अनुरोध

आग बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित धेरै भारी वर्षा हुन सक्ने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । आज राति पनि...

काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउन आफ्नो सबै क्षमता लगाउँछु

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले अबको पाँच वर्ष महानगरपालिकाबाहेक अन्यत्र समय नखर्चिने बताएका छन् । काठमाडौंलाई विश्वकै उत्कृष्ट र विकसित सहर बनाउन आफ्नो ज्ञान र सीपको पूर्ण प्रयोग गर्ने उनले प्रतिबद्धता जनाए...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्