कोरियाबाट श्रीमानको निर्देशनमा परिवारै मिलेर चुनुकुमारीको हत्या

 न्यूज विराट
कोरियाबाट श्रीमानको निर्देशनमा परिवारै मिलेर चुनुकुमारीको  हत्या

विराटनगर । सुनसरीको धरानको जंगलमा अर्धनग्न अवस्थामा भेटिएकी ३४ वर्षीया चुनुकुमारी दाहाल बुढाथोकीको हत्या उनकै श्रीमान वर्ष ३१ का प्रेम बहादुर बुढाथोकीको मुख्य योजनामा परिवारको संलग्नतामा भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
वैदेशिक रोजगारमा कोरियामा रहेका श्रीमान प्रेमबहादुरले दिएको निर्देशन अनुसार भाइ वर्ष २९ का ढकेन्द्र बुढाथोकीसहित ७ जनाको संलग्नमा चुनुकुमारीको हत्या गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।
प्रहरीले घटनामा संलग्न श्रीमान प्रमेबहादुरसहित ६ जनालाई पक्राउ गरेर बिहीबार धरानमा पत्रकार सम्मेलन गरेर सार्वजानि गरिएको छ । यस घटनामा प्रहरीले प्रेमबहादुरको भाइ मोरङको पथरीशनिश्चरे ३ संगमचोकमा बस्दै आएका ढेकेन्द्र बुढाथोकी, उनकी श्रीमति सोही ठाउँमा बस्ने २५ वर्षीया सृष्टी बुढाथोकी, पाँचथर मिक्लाजुङ गाउँपालिका ७ घर भइ हाल उर्लाबारी ५ मा बस्दै आएका प्रेमबहादुरका कान्छा ज्वाइ वर्ष ३६ का योगेन्द्र गौतम, योगेन्द्रका श्रीमति २८ वर्षीय डेनु गौतम र पथरीशनिश्चरे ३ का वर्ष ४० का केशवराज दाहाललाई पक्राउ गरेको सुनसरी प्रहरी प्रमुख एसपी सुमन कुमार तिम्सिनाले जानकारी दिए । हत्यामा संलग्न भारतको असालम जिल्लामा तेजपुरमा बस्दै आएका वर्ष ३५ का राजु थापा मगर फरार रहेका छन् । उनी चुनुकुमारीको हत्यामा राजुको प्रत्यक्ष संलग्न रहेको एसपी तिम्सिनाले बताए । उनी फरार रहेकोले खोजी कार्य जारी राखिएको छ । ‘हत्या गर्नको लागि राजुलाई भारतबाट बोलाएको पाइएको छ । केही रकम दिने भनेर उनी आएको अनुसन्धानबाट देखिन्छ,’ एसपी तिम्सनाले भने, ‘यस विषयमा हामीले थप अनुसन्धान गर्दै आएका छौं ।’ राजु पक्राउ परेकी सृष्टी बुढाथोकीको फुपुको छोरा हुन् ।

परपुरुषसँग सम्बन्ध राखेको भन्दै हत्या
प्रेमबहादुर वैदेशिक रोजगारमा कोरिया गएपछि श्रीमति चुनुकुमारीसँग खटपट सुरु भएको थियो । उनले परपुरुषसँग अवैध सम्बन्ध राखेको आरोप लगाउँदै श्रीमतिसँग सम्बन्ध विच्छेद माग्दै आएका थिए । श्रीमतिको हत्या गर्नु चार महिना अगाडी प्रेमबहादुर कोरियाबाट २७ मंसिरमा घर आएका थिए । घर आएपछि उनले श्रीमतिलाई बारम्बार डिबोर्स दिनुपर्ने अडान राखेका थिए । तर, श्रमतिले नदिने पक्षमा थिइन् । त्यसपछि प्रेमबहादुर ५ माघमा कोरिया फर्किए ।

कोरियाबाट यसरी बुने हत्याको योजना
प्रेमबहादुर कोरिया पुगेपछि हत्याको योजना बुनेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारी बताउँछन् । उनले श्रीमतिको हत्या गर्ने सुरुमा भाइ ढकेन्द्रलाई सुनाए । ‘त्यसपछि परिवारका सदस्यलाई सुनाएर हत्या गर्नको लागि भारतमा बस्दै आएका राजुलाई झिकाउने निर्णायमा पुगे । प्रेमबहादुर र राजुको आर्थिक लेनदेन भएको देखिन्छ । चुनुकुरीको हत्या गरेपछि राजुले लिएको आर्थिक रकम मिनाह गरिदिने मौखिक सहमति भएको देखिन्छ । तेही अनुसार राजु यस घटनामा संलग्न भएको अनुसन्धानबाट देखिन्छ,’ यस घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने, ‘तर, कति रकम राजुलाई दिने भन्ने विषयमा अहिले खुलिसकेको छैन । त्यस विषयमा पनि अनुसन्धान भइरहेको छ ।’

धरानको जंगलमा पुर्याएर यसरी गरे हत्या
चुनुकुमारी चुनसरीको इटहरी उपमहानगरपालिका २, हलगडामा डेरा गरी बस्दै आएकी थिइन् । २४ चैतमा प्रेमबहादुरले कोरियाबाट श्रीमति चुनुकुमारीलाई फोन गरेर भाइ ढेकेन्द्रलाई भेटन केराबारी जानु भन्छन् । श्रीमानको कुरालाई मनेर देवर ढकेन्द्रलाई भेटन केराबारीमा जान्छन् । केराबारीमा पुगेपछि राजु र योगेन्द्र हुन्छन् । त्यसपछि उनीहरु योगेन्द्रले चलाएको प्रदेश १ –०२–०४३ प ६८६२ नम्बरको पल्सर मोटसाइकलमा बसेर केराबारी हुँदै पानमाराको जंगलतर्फ लाग्छन् । धरान उपमहानगरपालिका ६ स्थित पञ्चकन्या सामुदायिक वनको घना जंगलमा पुगेपछि बाइक राखेर चुनुकुमारीलाई उत्रान्छनर निर्घात कुटपिट गर्दछन् । कुटपिटबाट लडेकी चुनुकुमारीले भिरेको ब्यागको डोरीले घाटी थिचेर हत्या गरेको प्रराम्भिक चरणको अनुसन्धानबाट देखिन्छ,’ एसपी तिम्सिनाले भने, ‘चुनुकुमारीको हत्या गरेपछि पनि श्रीमान प्रेमले भाइसँग दैनिक अपडेट लिएको देखिन्छ ।’
हत्या भएको पाँच दिनपछि चैत २९ गते प्रेमको भाइ ढकेन्द्र, उनकी श्रीमति सृष्टी, डोनु र केशवराज दाहाल पक्राउ परे । त्यसपछि ३० चैतमा योगेन्द्र गौतम काकडभिट्टा नाकाबाट पक्राउ परेको प्रहरीले जनाएको छ । त्यसपछि परिवारसँगको समन्वयमा कोरियाबाट जिकाएर प्रेमबहादुरलाई बुधबार कामाठण्डौको अन्तर्राष्ट्रिय विमानस्थलाबाट पक्राउ गरिएको एससपी तिम्सिनाले बताए ।
धनकुटाको महालक्ष्मी नगरपालिका २ की चुनुकुमारी दाहाल बुढाथोकी करिब २ वर्षअघिदेखि आफ्नो छोरालाई पढाउनका लागि सुनसरीको इटहरी उपमहानगरपालिका २, हलगडामा डेरा गरी बस्दै आएकी थिइन्। उनको माइती महालक्ष्मी नगरपालिका १ मा रहेको छ।

सम्बन्धित समाचार

काठमाडौंबाट ११० जना रुसी नागरिक लिएर मस्को उड्यो रोयल फ्लाइट

काठमाडौं, बैशाख ८–काठमाडौंबाट १ सय १० जना रुसी नागरिक बोकेर रुसको रोयल फ्लाइट एयरलाइन्स मस्को उडेको छ । रुसबाट रोयल फ्लाइट एयरलाइन्सको जहाज काठमाडौं आएको थियो । सोमबार बिहान साढे १० बजे काठमाडौं अवतरण गरेको...

आजको मौसम : केही स्थानमा वर्षा हुने

मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) मुलुकका केही स्थानमा वर्षा हुनसक्ने जनाएको छ । महाशाखाका अनुसार आज प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ...

राजदेवी मन्दिरमा एकै रातमा झण्डै ९ हजार बोकाको बलि

जनकपुरधाम, ९ कात्तिक-जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा करिब ९ हजार बोकाबलि दिइएको छ । महाष्टमीको दिन शनिबार राति करिब चार घण्टामा राजदेवी मन्दिरमा ८ हजार ९ सय ६८ बोकाबली प्रदान गरिएको हो ।  जिल्ला प्रशासन...

कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो, एकै दिन ४४८ जना संक्रमण पुष्टि

काठकाडाैं, ३० जेठ-नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा एकैदिन थप ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. जागेश्वर गौतमले...

हिंसात्मक झडपमा परी अफगानिस्तानमा १७५ जनाको मृत्यु

एजेन्सी, १७ कात्तिक-अफगानिस्तानमा भएको हिंसात्मक झडपमा परी कम्तीमा १७५ विद्रोहीहरूको मृत्यु भएको छ ।  देशको कान्दहार प्रान्तमा भएको झडपमा परी मृत्यु भएकामध्ये केही तालिवान विद्रोहीका कमाण्डरसमेत रहेको जनाइएको छ । घटनाका बारेमा थप विवरण संकलन...

प्रधानमन्त्रीको सल्लाहमै गभर्नर हटाइएको हो:प्रचण्ड

कैलाली । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माबीच सल्लाह भएको बताएका छन् । आज धनगढी विमानस्थलमा प्रेस सेन्टरले आयोजना गरेको...

तेक्वान्दोको ग्रेडिङ्ग दमकमा सुरु, प्रदेश भरीको १३१ खेलाडीको सहभागि

विराटनगर । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको आयोजनामा कालो पेटि प्रथम डान, कालो पेटि दोस्रो डान र कालो पेटि तेस्रो डान ग्रेडिङ्ग (परीक्षा) कार्यक्रम सुरु भएको छ । झापाको दमकमा उक्त कार्यक्रम शुक्रबारदेखि सुरु भएको हो...

सुनसरीको पकलीमा चार जना सवार मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु

विराटनगर । सुनसरीको पकलीमा चार जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शुक्रबार राति ११ बजे भएको दुर्घटनामा मोटरसाइकलमा सवार चार जनामध्ये तीन जनाको मृत्यु भएको हो ।सख्त घाइते भएका एक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्