एमाले महानगर अधिवेशन : ३०८ मत खस्यो, आजै रातीबाट गणना सुरु गर्ने

 न्यूज विराट
एमाले महानगर अधिवेशन : ३०८ मत खस्यो, आजै रातीबाट गणना सुरु गर्ने

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि आज भएको निर्वाचननमा ३०८ मत खसेको छ । ३१४ मतदाता रहेको महानगरमा ३ सय ८ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
आजै रातीबाट विराटनगर–१२ पाञ्चालीस्थित पार्टी कार्यालयमा गणना सरु गर्ने तयारी गरिएको छ । अहिले मुचुल्का उठाएर निर्वाचन कमिटिले उम्मेदवारसँग छलफल गरेपछि गणना सुरु गर्ने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन कमिटीले प्रतिनिधि विवरण प्रकाशनदेखि उम्मेदवारको अन्तिम नामावली प्रकाशनसम्मको प्रक्रियामा ढिलाई गरेका कारण बिहीबार विहानैदेखि हुने भनिएको निर्वाचन राती ७ बजेपछि सुरु भएको थियो ।

महानगर कमिटीको दोस्रो अधिवेशनले १०१ सदस्यीय कमिटी निर्वाचित गर्ने जनाइएको छ । मंगलबार अधिवेशनको उद्घाटन गरिएको थियो ।

अध्यक्ष पदमा वर्तमान अध्यक्ष रोहित कोइराला र सचिव बलराम गिरी नविनले प्यानल बनाएर प्रतिष्पर्धामा उत्रिएका छन् । अधिवेशनबाट पाँच पदाधिकारीसहित १६ पदमा मात्रै निर्वाचन हुन लागेको हो । अधिवेशनबाट निर्वाचित हुने ९७ जना मध्ये सदस्य पदमा ८१ जना भने सर्वसम्मत भइसकेको निर्वाचन समितिले जनाएको छ ।

अध्यक्षका दाबेदार कोइरालाले संस्थापन पक्षको प्रतिनिधित्व गरेको बताएका छन् । गिरीले भने १० औं जिल्ला अधिवेशनबाट निर्वाचित भएको जिल्ला कमिटीले समर्थन गरेको संस्थापन पक्षको उम्मेदवारका रुपमा आफुलाई अघि सारेका छन् ।

कोइराला पक्षबाट उपाध्यक्षमा राम पोखरेल, सचिवमा नवराज काफ्ले, उपसचिवमा चन्द्रशेखर विश्वास र कला डाँगी उम्मेदवार छन् ।

गिरी प्यानलबाट उपाध्यक्षमा सुवासकुमार न्यौपाने (सुरज), सचिवमा विज्ञान शर्मा चापागाँई, उपसचिवमा हमिद आजाद र हिमा मैनाली पोखरेल उम्मेदवार छन् ।

सम्बन्धित समाचार

बुढीगंगामा फेरि गाेली चल्याे

बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतदानका क्रममा आज पनि प्रहरीले हवाई फायर गरेकाे छ । मतदानकाे क्रममा विवाद चर्केपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेकाे हाे । बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लाेकेन्द्रबहादुर विष्टले अप्रिय घटना...

तीन किशोरीको उद्धार

इलाम, २३ पुस-भारत लैजाने क्रममा तीन किशोरीको उद्धार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो । सङ्खुवासभा मकालु गाउँपालिकाका...

भारतले सडक निर्माण गरेपछि कालापानी क्षेत्रमा बिओपी स्थापनाको तयारी

दार्चुला, २८ वैशाख-दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजिकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) तत्काल स्थापना हुने भएको छ । गत मंसिरमै नेपाल सरकारले बिओपी राख्ने निर्णय गरेको भए पनि लकडाउनका कारण ढिलाइ भएको थियो...

ग्रेडेड स्कुलमा नृत्य प्रतियोगिता, फाइनलमा १० जना छनौट

विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलमा नृत्य प्रतियोगिताको फाइनलमा १० जना छनौट भएका छन् । स्कुल परिसरमा बुधबार भएको छनौट चरणमा सहभागि भएका ७८ जनाबाट १० जना विद्यार्थी फाइनलमा छनौट भएका हुन् । प्रतियोगिताको फाइनल...

सुन्तोली आधारभुत विद्यालयको अभिभावक भेला

रामकुमारी राई कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित सुन्तोली आधारभुत विद्यालयको अभिभावक भेला सम्पन्न भएको छ । श्रोत व्यक्ति प्रेमकुमार कार्कीको उपस्थितिमा सोमबार विद्यालय परिसरमा आम भेला सम्पन्न भएको हो । विद्यालय व्यवस्थापन समितिका निवर्तमान...

प्रदेश १ मा १६ जना कोरोना संक्रमित थपिए

विराटनगर १ माघ । प्रदेश १ मा आज १६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८, झापा र सुनसरीमा ३–३, धनकुटा र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।...

देशभरकाे माैसम बदली, हिमपातसँगै वर्षाकाे सम्भावना

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा आजको मौसम सामान्यदेखि पूर्णतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसबाहेकका भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले जानकारी दिएका छन् । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी...

राष्ट्रिय टी–२० क्रिकेटको उपाधि आर्मीलाई

विराटनगर । प्रथम कोशी प्रदेश टी–२० क्रिकेट प्रतियोगिताकोे उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले जितेको छ ।आर्मीले शनिबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गर्दै उक्त उपाधि जितेको हो । उपाधीसँगै आर्मीले नगद...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्