एमाले विराटनगरको अधिवेशन : पूर्व वडाअध्यक्ष मिन आचार्यको गुट परिवर्तन, संस्थापन पक्षलाई समर्थन

 न्यूज विराट
एमाले विराटनगरको अधिवेशन : पूर्व वडाअध्यक्ष मिन आचार्यको गुट परिवर्तन, संस्थापन पक्षलाई समर्थन

विराटनगर । नेकपा एमाले विराटनगर महानगर समितिको दोस्रो अधिवेशनको निर्वाचनलाई मध्यनजर गर्दै पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनमा ठूलो फेरबदल भएको छ। विराटनगर–५ का पूर्व वडाअध्यक्ष तथा एमाले नेता मिन कुमार आचार्यले गुट परिवर्तन गर्दै संस्थापन समूहलाई सघाउने घोषणा गरेका छन्।

यसअघि विनोद ढकालको नेतृत्वमा रहेको प्यानलमा सक्रिय रहेका आचार्यले अन्तिम समयमा संस्थापन पक्षको समर्थनमा उभिने निर्णय लिएका हुन्। उनले बुधबार हुने निर्वाचनमा संस्थापन पक्षका उम्मेदवारलाई सघाउने जनाउँदै सार्वजनिक रूपमा आफ्नो धारणा स्पष्ट पारेका छन्।

संस्थापन समूहबाट अध्यक्षमा रोहित कोइराला, उपाध्यक्षमा राम पोखरेल, सचिवमा नवराज काफ्ले, उपसचिवमा चन्द्रशेखर विश्वास, र महिला उपसचिवमा कला डाँगीको उम्मेदवारी घोषणा भइसकेको छ।

षड्यन्त्रपूर्वक उम्मेदवारी रोक्ने प्रयास
आज सार्वजनिक गरिएको विज्ञप्तिमा आचार्यले आफूलाई केन्द्रका नेताहरु युवराज बास्कोटा र विनोद ढकालको सल्लाहमा अध्यक्ष पदका लागि प्रतिनिधिको रूपमा चयन गरिएको उल्लेख गरेका छन्। तर पछिल्ला दिनहरूमा पार्टीभित्रैका केही व्यक्तिहरूले षड्यन्त्रपूर्वक आफूलाई उम्मेदवार बन्नबाट रोक्ने प्रयास गरेको आरोप लगाएका छन्।
उनले विनोद ढकाल, सागर थापा र वलराम गिरीको नेतृत्वमा रहेको समूहले आफ्नो विरुद्धमा भ्रामक र आधारहीन आरोपहरू लगाएर राजनीतिक र सामाजिक चरित्र हत्या गर्ने प्रयास गरिरहेको पनि बताएका छन्।
“सामान्य विषयलाई जघन्य अपराध सरह प्रस्तुत गरी मलाई उम्मेदवार बन्न नदिने प्रयासप्रति म गम्भीर आपत्ति जनाउँछु,” उनले जारी गरेको विज्ञाप्तीमा उल्लेख छ ।


आचार्यले आफूविरुद्ध नियोजित ढंगले गरिएको षड्यन्त्रलाई पार्टी विध्वंस गर्ने कार्यको संज्ञा दिँदै, अबदेखि आफू त्यस्ता गुटबाट पूर्ण रूपमा अलग भएको घोषणा गरेका छन्। उनले एमालेको संस्थापन पक्षमै अडिग रहने प्रतिबद्धता जनाउँदै पार्टीभित्रका सबै स्वाभिमानी नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई विध्वंसकारी प्रवृत्तिको बहिष्कार गर्न आह्वान गरेका छन्।

आचार्यको यो निर्णयले विराटनगरको एमाले राजनीतिमा महत्वपूर्ण मोड ल्याउने विश्लेषण गरिँदैछ। निर्वाचनको पूर्वसन्ध्यामा यस्तो गुट परिवर्तनले आगामी नेतृत्व चयनमा नयाँ समीकरण सिर्जना गर्न सक्ने अनुमान गरिएको छ।
अधिवेशनमा १९ वटा वडाबाट प्रत्यक्ष रूपमा चुनिएका २२० प्रतिनिधि, जनसंगठनहरूबाट ७९ प्रतिनिधि र थप मनोनित १५ प्रतिनिधि गरी कुल ३१५ मतदाता सहभागी हुनेछन्।

सम्बन्धित समाचार

पैसा फाल्दै हिँड्ने महिलाको पीसीआर परीक्षणमा देखिएन कोरोना

जनकपुरधाम, ७ वैशाख -जनकपुरधामको महावीर चोकमा पैसा फाल्दै भाग्ने दुवै महिलाको कोरोनो रिपोर्ट नेगेटिभ आएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको आरडीटी परीक्षणमा पोजिटिभ आएको तर पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको प्रादेशिक अस्पतालले जनाएको छ...

क्रिकेट खेलाडीले पाए एक वर्षको पारिश्रमिक

काठमाडौं, २५ भदौ-नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले आफ्नो एक वर्षको पारिश्रमिक पाएका छन् ।  उनीहरुले सन् २०१९ को पारिश्रमिक पाएका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका २२ खेलाडी तथा एक भिडियो एनालिस्टलाई...

काङ्ग्रेसकाे अनुगमन समितिद्वारा औषधि व्यावसायीसँग छलफल

काठमाडौँ, १६ साउन-नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा गठित कोरोना अनुगमन समितिले कोरोना भाइरस सङ्क्रमण महामारीको अवस्थामा औषधिको सहज उपलब्धता, समस्या र समाधानका विकल्प बारेमा नेपाल औषधि थोक व्यवसायी सङ्घसँग छलफल गरेको छ । ...

चीनले अनुदानमा दिएकाे ४० हजार पीसीआर टेस्ट कीटसहितका सामग्री सरकारलाई हस्तान्तरण

काठमाडाैं, २९ वैशाख-काेराेना भाइरस नियन्त्रण तथा राेकथामका लागि सहयाेग स्वरूप चीनले नेपालका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएकाे छ । सोमबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री भानुभक्त...

काठमाडौंमा अलपत्र मोरङ–५ का ३० जनाको सांसद मण्डलद्धारा उद्धार, विहानै आइपुगे विराटनगर

विराटनगर, बैशाख ११–मोरङ क्षेत्र नं. ६ का संघिय सांसद शिवकुमार मण्डलको पहलमा लक डाउनका कारण काठमाडौंमा अलपत्र परेकालाई उद्धार गरिएको छ । सांसद मण्डलको पहलमा उनको निर्वाचन क्षेत्रका ३० जनालाई काठमाडौंबाट उद्धार गरि विराटनगर ल्याइएको...

आईजीपी ज्ञवालीले लगाइदिए बढुवा भएका तीन जना एआईजीलाई फुली

३ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) लाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी नायव महानिरीक (डीआईजी) पदबाट एआईजीमा बढुवा भएका हरिबहादुर पाल, शैलेस थापा क्षेत्री र तारिणी प्रसाद लम्साललाई प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले...

कोशीको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त, भोली १ बजे शपथ लिने

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री कार्कीले पद तथा गोपनियताको शपथ भने आइतबार दिउँसो १ बजे लिने छन्...

संविधान संशोधनबारे छलफल गर्न कांग्रेस बैठक बस्दै

काठमाठौं, जेठ १७-नेपाली कांग्रेसले संघीय संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल गर्न पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो बस्ने बैठकमा संविधान संशोधन प्रस्तावलगायत समसामयिक विषयमा छलफल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्