काठमाडौँ, ३०चैत । ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशनको चालू विश्व कार्यसमितीको बैठकमा नेपालको शिक्षक आन्दोलनको मुद्दाले प्रवेश पाएको छ ।
नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने बिश्व कार्यसमिती सदस्य तथा नेपाल ट्रेड युनियन कांगे्रसका महासचिव अजयकुमार राईले शिक्षकको मागप्रति सरकार उदासीन देखिएको भन्दै नेपालको शिक्षकले भोग्नुपरेका समस्याको बारेमा लण्डन बैठकमा कुरा उठाउनुभएको हो ।
उहाँले राज्य , राजनैतिक दलका केही नेताहरु श्रमिकहरु प्रति अनुदार रहेको बताउँदै हालै फागुन १ गते सर्वोच्च अदालतको बैँक वित्तिय संस्थाहरुमा अब बाट श्रम ऐन प्रभावित नहुने कुराले सार्वजनीक क्षेत्रको युनियन आन्दोलन समस्यामा पर्ने भएको बताउनुभयो ।
त्यस्तै, उहाँले गत वर्ष विद्यालय शिक्षा ऐन ल्याउने लगायतका विभिन्न मुद्धामा भएको सम्झौता सरकारले लागु नगरेकोले यस वर्ष पनि हजारौको संख्यामा शिक्षकहरुले काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएको कार्य समिती बैठकमा जानकारी गराउनुभएको थियो ।
उहाँले एजुकेशन ईन्टरनेशनल , ट्रेड युनियन कांग्रेस लगायत नेपालका सबैजसो युनियनहरुले ऐक्यबद्धता जनाई सकेको अवस्थामा सरकार गम्भिर नभएकोले श्रमिक तथा चालु शिक्षक आन्दोलनप्रति राज्यको दृष्टिकोण सकारात्मक नदेखिएको बताउनुभएको थियो ।
महासचिव राईले मुद्धा उठाउदै कार्य समितीलाई आवश्यक सहयोगको अपिल गर्नु भएको थियो भने मुद्धा उठाई सके पश्चात फेडेरेशनका अध्यक्ष पेडडी क्रुमलिन ले नेपालको श्रमिक आन्दोलन समस्यामा परेका जानकारी गराएकोमा धन्यबाद दिदै नेपाली श्रमिक , शिक्षक तथा बैंक बित्तिय क्षेत्रका श्रमिकहरु प्रति आई टि एफको सदभाव तथा सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्मरण रहोस बिस्व भर यातायात क्षेत्र मा दुइ करोड सदस्य रहि लण्डनमा मुख्यालय रहेको सो फेडेरेसन को बिस्व कार्य समितिमा सबै महादेश बाट करिब साट्ठि जना युनियनिष्ट हरु ले बिस्व कार्य समितिमा प्रतिनिधित्व गर्छन I