सवारी चालकको स्वास्थ्य परीक्षण : ११ जना लागूऔषध सेवन गरेको भेटियो
बुधबार, २० चैत, २०८१,
न्यूज विराट
विराटनगर । मोरङ बेलबारी नगरपालिका १ स्थित ट्राफिक प्रहरी पोष्ट बेलबारी अगाडिको पूर्व–पश्चिम राजमार्ग सडक खण्डमा सवारी चालकहरुको स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको आयोजना तथा कोशी प्रदेश प्रहरी अस्पताल इनरुवा सुनसरी र बिराट आखाँ अस्पताल विराटनगरको सहकार्यमा आयोजित उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ११५ जना चालक, सहचालक तथा स्थानीय व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षण अन्तर्गत रक्तचाप जाँच, आँखा परीक्षण गरिनुका साथै निःशुल्क औषधि वितरण गरिएको थियो । मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन लम्सालका अनुसार कार्यक्रममा ५५ जना विभिन्न सवारी साधनका चालकहरुको लागूपदार्थ सेवन (ला.प.से.) जाँच गरिएको थियो । जाँचका क्रममा ट्रक, टिफर, बस, याबु बहाक, स्कुल बस, ट्याक्टर, म्याजिक, कार र मोटरसाइकल चालकहरुको परीक्षण गरिएको थियो । ‘सार्वजनिक र निजी सवारी साधन चलाउने ५५ जनाको परीक्षण गर्दा ११ जनाले लागूऔषध सेवन गरेर सवारी चलाएको पाइएको छ,’ प्रहरी निरीक्षक लम्सालले बताए । यो संख्या परीक्षण गरिएका कुल चालकहरुको २० प्रतिशत भन्दा बढी हो, जुन निकै चिन्ताजनक अवस्था हो । कार्यक्रममा सहभागी चिकित्सकहरुले लागूपदार्थ सेवन गरेर सवारी चलाउँदा हुनसक्ने खतराका बारेमा चालकहरुलाई जानकारी दिएका थिए । साथै, उनीहरुले सवारी चलाउँदा निद्रा नलाग्ने गरी स्वस्थ्य रहन र आँखाको नियमित जाँच गराउनुपर्ने सल्लाह दिएका थिए । यस किसिमको कार्यक्रमले सवारी चालकहरुमा स्वास्थ्य प्रति सचेतना बढाउन र सडक दुर्घटना न्यूनीकरण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । ट्राफिक प्रहरी कार्यालयले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने योजना बनाएको जनाएको छ । ‘हामीले यस्ता कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्दै जानेछौं । सवारी चालकहरुको स्वास्थ्य परीक्षण गर्नुका साथै उनीहरुलाई सचेत गराउन आवश्यक छ,’ प्रहरी निरीक्षक लम्सालले थपे । प्रहरीले लागूपदार्थ सेवन गरेर सवारी चलाउने ११ जना चालकहरुलाई कानूनी कारबाहीको दायरामा ल्याएको जनाएको छ ।
विराटनगर । प्याब्सन लोकनृत्य प्रतियोगिता : सिद्धार्थ र बालप्रतिभा स्कुललाई उपाधिन जिल्ला स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि मोरङ सुन्दरहरैचास्थित सिद्धार्थ सेकेण्डरी स्कुल र बालप्रतिभा स्कुलले जितेको छ । प्याब्सन मोरङले विराटनगरमा आइतबार सम्पन्न गरेको जिल्ला स्तरीय...
काठमाडौं, १२ जेठ-प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिले एकल महिलाहरूले खाइपाइ आएको भत्ता कटौती नगर्न सरकारलाई निर्देशन दिएको छ । एकल महिलाले ६० वर्ष पुगेपछि मात्रै भत्ता पाउने प्रावधान सरकारले लागु गरेपछि समितिले चालु अधिवेशनबाट...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारबाही गर्ने भएको छ । मन्त्रालयले सूचना जारी गर्दै अक्सिजन जस्तो अत्यावश्यक विषय बिरामी वा आफन्तलाई नै लिएर आउनू भन्नै नहुनेमा कहीँकतै यस्तो गर्ने...
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटनलाई फेरि बदर गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरिदिएको...
सूचना तथा प्रशारण विभागले आस्था र पतञ्जली टेलिभिजनमा छापा मारेको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले निरीक्षणको लागि टोली पठाएको पुष्टि गरे । हमालले उक्त टोलीले दिने प्रतिवेदनको आधारमा निणर्य लिइने बताए । अनुगमन टोलीले...
विराटनगर । क्रिकेट प्रशिक्षकहरूको लागि आयोजना गरिएको दुई दिने क्रिकेट प्रशिक्षण तालिम शनिबार सम्पन्न भएको छ । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट वीइदआउट बाउनड्रीज बेलायतको संयुक्त आयोजनामा शुक्रबारदेखि उक्त तालिम विराटनगरमा भएको थियो । दक्ष...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको श्रम र रोजगार क्षेत्र कमजोर भएको बताएका छन् । उनले बैंकले प्रवाह गर्ने ऋणको नीतिगत व्यवस्था र कोभिडको असरले उद्योग र रोजगारदाताको क्षमता कमजोर भइरहेको बताए ।...
काठमाडौं, असार ७ । नेकपा एमालेले महाधिवेशन आयोजक कमिटीलाई अकैध घोषणा र कारवाही गरेका कर्णाली प्रदेशका ४ जना सांसदलाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध पुनरावेदन निवेदन (भ्याकेट) दर्ता गरेको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी...