कोशी पर्यटन वर्ष २०८२ : मस्कट, नारा र लोगो सार्वजनिक

 न्यूज विराट
कोशी पर्यटन वर्ष २०८२ : मस्कट, नारा र लोगो सार्वजनिक

विराटनगर । कोशी पर्यटन वर्ष २०८२ को लागि मुख्य नारा, लोगो र मस्कट सार्वजनिक भएको छ । पर्यटन वन तथा वातावरण मन्त्रालयले बुधबार एक कार्यक्रम आयोजना गरी नारा, लोगो र मस्कट सार्वजानिक गरेको हो ।

कोशी प्रदेश सरकारले महत्वका साथ प्रचार गरेको पर्यटन वर्ष २०८२ को आगामी चैत २७ गते तेह्रथुमको तिनजुरे क्षेत्रबाट प्रधानमन्त्री केपि शर्मा ओलीले उद्घाटन गर्ने जनाइएको छ । कोशी प्रदेश भ्रमण वर्षका लागि आवश्यक पूर्वाधार र संरचना तयारी गर्ने उद्देश्यले पर्यटन वर्ष २०८२ मनाउन लागेको हो । त्यसका लागि चालू वर्ष २०८१–८२ को बजेटमा १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । विनियोजन गरिएको उक्त रकम तीन महिनाको अवधिमा कसरी खर्च हुन्छ भन्ने प्रश्न भने सरोकारवालाले उठाउने गरेका छन् ।

यद्यपि मन्त्रालयले सार्वजनिक सूचना प्रकाशन गरी आह्वान गरेपछि प्राप्त भएको विभिन्न छ वटा प्रस्तावहरुबाट उत्कृष्ट लोगो र मस्कट भने स्वीकार गरेको छ । मन्त्रालयका सचिव विशाल घिमिरेका अनुसार कोशी प्रदेशको हिमाली क्षेत्रमा पाइने हाब्रेको मस्कट प्रयोग गर्ने निर्णय गरेको छ भने नेपाली राष्ट्रिय झण्डाको कभरमा विश्वमा कोशी टप्पुमामात्र पाइने अर्नाको प्रतिकसँगै सगरमाथा, पहाड, तराई, कोशी नदी र सुन्दर प्राकृतिक सम्पदा झल्काउने प्रतिकहरु प्रयोग गरी लोगो निर्माण गरिएको छ । ‘कोशीको गौरव हिमालको सान, पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने नारा पनि तय गरिएको छ । मुल नारा भने ‘रमणीय कोशी’ रहेको छ । मन्त्री मण्डलले कोशी प्रदेशको प्रमुख चार धार्मिक गन्तव्यहरू र पर्यापर्यटन, पैदलमार्गहरुलाई विशेष जोड दिएर पर्यटन प्रवद्र्धन गर्न चाहेको बताए । उनले वराह क्षेत्र, हलेसी, पाथीभरा र रामधुनीलाई प्रवद्र्धन गरेर ठूलो संख्यामा धार्मिक पर्यटकहरु ल्याउन सकिने सम्भावना रहेको बताए । केही महिनाअघि मात्र बराह क्षेत्रमा बागेश्वर बाबा भ्रमणका लागि आउँदा १५ लाख भन्दा बढी पर्यटकहरु त्यहाँ पुगेको मन्त्री मण्डलको अनुमान छ । मन्त्री मण्डलले रामधुनी र हलेसीमा पनि त्यस्तै सम्भावनाहरु रहेको बताए ।

मन्त्रालयका सचिव विशाल घिमिरेले मन्त्रालयले प्रवद्र्धनको क्षेत्रमा विभिन्न ढंगले काम गरिरहेको बताए । उनले पर्यटन क्षेत्रका व्यवसायीहरुसँग छलफल अन्तरक्रिया, भारतीय फुटबल खेलाडी तथा नेता भाइचुङ भुटियालाई आमन्त्रण गरेर छलफल गर्नेदेखि प्रवद्र्धनका लागि अनेकौं प्रयास भइरहेको तर त्यसलाई मिडियामार्फत जनताका बीचमा लैजान नसकेको बताए । उनले आफूहरु पर्यटन प्रवद्र्धनको क्षेत्रमा नयाँ भएको र नीतिगत सुधारको दिशामा अघि बढिरहेको भन्दै अब प्रवद्र्धनमा विशेष जोड दिने पनि बताए । छलफल कार्यक्रममा कोशी प्रदेश पर्यटन पर्यटन वर्ष २०८२ को सचिवालयका सहसंयोजकद्वय कृष्ण साह र भविस कुमार श्रेष्ठले पर्यटन वर्षको तयारीका क्रममा भइरहेका कामहरुका बारेमा जानकारी दिएका थिए ।


सरकारले पर्यटन वर्षको दौरानमा भारतसँगको चार मुख्य नाकामा पर्यटन सूचना केन्द्र स्थापना गरी तथ्यांक संकलनलाई व्यवस्थित गर्ने श्रेष्ठले विश्वास व्यक्त गरे । पर्यटन वर्षको तयारीकै सन्दर्भमा सरकारले ५०० पर्यटन सहयोगी (भोलेन्टियर्स)हरु तयार गरिरहेको र उनीहरुले बजार प्रबद्र्धन गर्ने सहसंयोजक साहले बताए ।
कोशी प्रदेशमा प्रमुख पर्यटकीय गन्तव्यहरु १४ वटा रहेका छन् । नयाँ विकास गरिनुपर्ने पर्यटकीय क्षेत्र १६ वटा रहेको जनाइएको छ । २०८० साल चैतमा चतराधाममा आयोजना भएको महाकुम्भ मेलामा स्थलभार्गबाट लाखौं भारतीय पर्यटक आएको अनुमान प्रदेश सरकराको छ । साथै कोशी प्रदेशमा वार्षिक ४८ हजारको हाराहारीमा तेस्रो मुलुकका पर्यटक भित्रिने गरेका छन् । सन् २०२२ मा कोशी प्रदेशमा पर्वतारोहीको संख्या करिब १५ सयको हाराहारीमा पुगेको थियो ।
प्रदेशमा तारे स्तरका होटल १२ वटा, पर्यटकीयस्तरका होटल ३६ वटा छन् भने निजी र सामुदायिक गरी कूल १०५ वटा होमस्टेहरु रहेको पर्यटन मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

विराटनगरको अरनीको स्कुल देशभरीमै टप ट्वान्टीमा पर्न सफल

विराटनगर । विराटनगरस्थित अरनिको आवासीय सेकेण्डरी स्कुल देशभरीको टप ट्वान्टी भित्र पर्न सफल भएको छ । जुकेशन समाचारले गरेको सर्वेक्षण अनुसार अरनिको स्कुल देशभरीको ‘टप थटीन’ भित्र पर्न सफल भएको हो । एजुकेशन समाचारले हालै...

भारतमा अलपत्र नेपालीका लागि पूर्वमन्त्री विष्टले पठाए सहयोग

काठमाडौं, १२ जेठ-पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको पहलमा भारतमा कोरोना महामारीका कारण अलपत्र परेका नेपालीका लागि राहत वितरण गरिएको छ । विष्टले पठाएको आर्थिक सहयोगबाट ‘द वर्नईन नेपाल युथ क्लब, दिल्ली’...

फार्मास्यूटिकल एसोसिएसन कोशीले मनायो विश्व फार्मेसी दिवस, फर्मासिस्टको दरबन्दी बढाउन माग

विराटनगर । नेपाल फार्मास्यूटिकल एसोसिएसन कोशी प्रदेशले विश्व फार्मेशी दिवस मनाएको छ । विराटनगरमा बुधबार एक कार्यक्रम आयोजना गरी विश्व फार्मेशी दिवस मनाएको हो । विराटनगरमा प्रभातफेरी, रक्तदान तथा अन्तरक्रिया कार्यक्रम गरी हर्षोल्लासका साथ दिवस...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २९४ जना डिस्चार्ज हुँदा १३५ संक्रमित थपिए

विराटनगर, १९ मंसिर–पछिल्लो २४ घण्टामा प्रदेश १ मा २ सय ९४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा २ सय ९३ जना होमआईसोलेसन र १ जना विराट मेडिकल कलेजबाट डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज...

भन्सार जाँचपास प्रक्रियालाई सहज बनाउन माग

विराटनगर । भन्सार जाँचपास सम्बन्धी प्रक्रिया थप सहज र झन्झटरहित बनाउन यहाँका उद्योगी व्यवसायीहरुले सरकारलाई सुझाब दिएका छन् । ७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर विराटनगर भन्सार कार्यालयले विराटनगरमा आइतबार आयोजना गरेको कार्यक्रममा यहाँका...

पत्रकार बन्जाराका परिवारका सदस्यमा देखिएन कोरोना

काठमाडौं, ३ जेठ-नेपाल पत्रकार महासंघ पर्साका सभापति श्याम बन्जाराको परिवारका सदस्यको कोरोना भाइरस (कोभिड-१९) रिपोर्ट नेगेटिभ आएको छ । उनले सामाजिक संजाल फेसबुकमार्फत् आफ्ना परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएइका हुन् । उनले आफ्नो...

‘रअ’ प्रमुख मोदीको विशेष दूतको रूपमा नेपाल आएका हुन् : ईश्वर पोखरेल

काठमाडौं, ११ कात्तिक-उपप्रधानमन्त्री मन्त्री ईश्वर पोखरेलले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा प्रधानमन्त्री केपी ओलीसँग भेट तथा संवादका लागि आएका बताएका छन् । उनले नेपाल सरकारको...

संवैधानिक परिषद्ले गरेन कुनै निर्णय

अध्यादेश जारीपछि मंगलबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले रिक्त रहेका संवैधानिक नियुक्तिबारे छलफल गरे पनि कुनै निर्णय भने गरेन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा विभिन्न आयोगमा नियुक्तिबारे छलफल भएको थियो । आजको बैठकमा संवैधानिक नियुक्तिबारे...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्