इक्युवालिटि कप क्रिकेटको उपाधिकालागि मोरङ र सप्तरी भिड्ने, फाइनल विहिबार हुने
बुधबार, २० चैत, २०८१,
न्यूज विराट
विराटनगर। नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिताको अन्तिम लिग खेलमा विजयी हुँदै मोरङ शिर्ष स्थानमा रहेको छ । मोरङले सप्तरीलाई ७ विकेटले पराजित गर्दै अपराजित हुँदै शिर्ष स्थानमा रहेको हो । यस अघिनै मोरङ र सप्तरी फाइनलको यात्रा तय गरेका छन् ।मोरङ खेलेको तीनै खेलमा जित हा पार्दै ६ अंक जोडेको छ भने सप्तरीले ३ मा २ खेलमा जित हात पार्दै ४ अंककासाथ दोस्रो स्थानमा रहेको छ ।
टस जितेर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ४ विकेट गुमाई ८१ रन जोडेको छ । सप्तरीकी साक्षी यादवले सर्वाधिक अविजित ४२ रन जोडीन् । मोरङकी निरु राजवंशीले १ विकेट लिँदा फुलकुमारी राजवंशी र बन्धना राजवंशी र क्रितीषा राजवंशीले १–१ विकेट लिइन् ।
८२ रनको लक्ष्य पछ्याएको मोरङले १० दशमलव ५ बलमा ३ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । मोरङको जितमा प्लेयर अफ द म्याच टिका साहले ४१ रन बनाउँदा प्रिन्साा राना मगरले अविजित १५ रनको योगदान दिइन् । टिकाले ३० बलमा ६ चौका प्रहार गरिन् । सप्तरीकी दिपा रामले २ विकेट लिइन् ।
यस अघि भएको पहिलो खेलमा सिरहाले इलामलाई १ सय ३३ रनको पराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको छ । दुवै टिमले लगातार खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । सिरहाले ३ खेलमा १ मा जित हात पार्दै २ अंक बटुलेको छ भने इलामले तीनै खेलमा पराजित भएको छ ।
टस हारेर ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९५ रनको विशाल योगफल तयार पारेको थियो । सिरहाकी प्लेयर अफ द म्याच सरस्वती चौधरीले अविजित ७८ रन बनाउँदा मिना महतोले २६ रनको योगदान दिइन् । चौधरीले ६२ बलमा १० चौका प्रहार गरिन् । इलामकी मुना राई, टिकामाया तामाङ, प्रयंका राई र रञ्जना लिम्बुले समान १–१ विकेट लिएकी थिइन् ।
१ सय ९६ रनको विशाल लक्ष्य पछ्याएको इलामले १६ दशमलव ४ बलमा सवै विकेट गुमाई ६२ रन बनाएको थियो । इलामकी दिपा लिम्बु सर्वाधिक ११ रन बनाइन् । सिरहाकी अनु यादवले ३ विकेट लिँदा प्रसिद्का खडकाले पनि ३ विकेट लिइन् । प्रतियोगितालाई म्यारिलीबोन क्रिकेट क्लब फाउण्डेशन र क्रिकेट विथआउट बाउण्ड्रीजको सहयोगमा क्रिकेटमा महिलाको सहभागिता अभिवृद्धि अभियान अन्तर्गत इक्युवालिटि कप क्रिकेट आयोजना भएको हो ।
विराटनगर । कोशी प्रादेशिक क्रिकेट सँघ कोशी प्रदेशको आयोजनामा प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिताको सोमबार भएको खेलमा सुनसरी र इलाम विजयी भएको छ । वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा सुनसरीले झापालाई ४ विकेटले पराजित गरेको छ...
विराटनगर, १ पुस । विराटगरमा उपचारका लागि आउने सर्बसाधारणलाई कमिशन दिने औषधी पसल र अस्पतालमा पठाउने चार जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–१९ का ४६ वर्षीय विनोद राय, विराटनगर–५ का ६०...
विराटनगर। प्रदेश १ को चर्चामा रहेको निर्वाचन क्षेत्रमध्येको एक हो, मोरङ ४ । जहाँ एमालेका केन्द्रीय सदस्यीय बिनोद ढकाललाई चुनौती दिँदै सत्ता गठबन्धनबाट चुनावी मैदानमा छन्, माओवादी केन्द्रका नेता अमनलाल मोदी । राजनीतिमा आफ्नो स्थान...
एजेन्सी, असार १९-ब्राजिलमा कोरोनाभाइरसबाट एकैदिनमा ४८ हजारभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार अबेर दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा ४८ हजार १ सय ५ जना सक्रमित भएका हुन् । यो सँगै...
प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज (मंगलबार) प्रधानमन्त्री निवास बालुवाटारमा चियापान कार्यक्रमको आयोजना गरेका छन् । ओलीले बोलाएको उक्त चियापानमा माधव नेपाल पक्ष भने सहभागी नहुने भएको छ । हिजो एमाले...
विराटनगर, ३१ साउन । कोरोना महामारिका कारण विगत दुई वर्षदेखि स्थगित विराटनगरको ऐहिाँसिक रथयात्रा यसपटक निकाल्ने तयारी गरिएको छ । विराटनगरमा यसपटक निकाल्न लागिएको एसियाकै दोस्रो ठूलो रथ यात्राको सम्पूर्ण तयारी पूरा हुँदै छ ।...
प्रहरी सेवामा रहेर काम गर्न चाहनेका लागि माैका आएकाे छ । प्रहरी प्रधान कार्यालयकाे मानवस्राेत विकास विभागले जनपदतर्फकाे सहायक निरीक्षक (असई) पदमा ४ सय ४३ जना मागेकाे हाे । प्रहरी जवानका रूपमा काम गर्न चाहने थप २ सय...
विराटनगर, ४ माघ । नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखाको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुदैछ । विराटनगरमा जारी मतदानमा नेपाल चिकित्सक संघमा १२ सय ८१ जना सदस्यहरुले मतदान गरिरहेका छन । निर्वाचनमा डा.कैलाश कुमार...