विराटनगरमा उपचारका लागि आउने सर्वसाधारणलाई कमिशन दिने फार्मेसी र अस्पतालमा पठाउने चार बिचौलीया पक्राउ - News Birat

विराटनगरमा उपचारका लागि आउने सर्वसाधारणलाई कमिशन दिने फार्मेसी र अस्पतालमा पठाउने चार बिचौलीया पक्राउ

न्यूज विराट

विराटनगर, १ पुस । विराटगरमा उपचारका लागि आउने सर्बसाधारणलाई कमिशन दिने औषधी पसल र अस्पतालमा पठाउने चार जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर–१९ का ४६ वर्षीय विनोद राय, विराटनगर–५ का ६० वर्षीय रामा सुनुवार, सोही ठाउँका ४५ वर्षीय दिलिप साह र विराटनगर महानगरपालिका–१२ का ३९ वर्षीय शिव कुमार कामत रहेका छन् ।

विराटनगरमा उपचारका लागि आएका सर्वसाधारणलाई उनीहरुले आफ्नो सम्पर्कमा भएका अस्पतालमा ‘चिकित्सक राम्रो छ’ भन्दै जबरजस्ती बाध्य पारेर लैजाने र आफुलाई कमिशन दिने फार्मेसीमा औषधी किन्नसमेत वाध्य गराएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका व्यक्तिहरुले विचौलीयाको काम गदै सर्वसाधारणलाई दुख दिँदै आएका थिए । पक्राउ परेका बिचौलीयहरुको विषयम थप अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले बताए । मोरङ प्रहरीले साथै यस्तो किसिमको ब्यवहारबाट कोही पनि पीडित भए वा थाहा थाहा पाएको खण्डमा प्रहरीलाई खबर गर्न समेत आग्रह गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles