बालुवाटारको चियापानमा नेपाल पक्ष नजाने - News Birat

बालुवाटारको चियापानमा नेपाल पक्ष नजाने

न्यूज विराट

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज (मंगलबार) प्रधानमन्त्री निवास बालुवाटारमा चियापान कार्यक्रमको आयोजना गरेका छन् ।

ओलीले बोलाएको उक्त चियापानमा माधव नेपाल पक्ष भने सहभागी नहुने भएको छ । हिजो एमाले मुख्यालय धुम्बाराहीमा ओली र नेपाल समूहबीच छलफल भएको थियो । उक्त छलफलमा कुनै समझदारी भने भएन ।

छलफलका क्रममा ओलीले नेपाल–खनाल समूहले चैत ४ र ५ गतेका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला रोक्न भनेका थिए । तर, नेपालले त्यसलाई अस्वीकार गरेका थिए ।

यता नेपाल समूहले भने आज दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ । चैत ४ र ५ गतेका लागि बोलाइएको राष्ट्रिय भेलाका सन्दर्भमा जानकारी दिन सानेपास्थित हेरिटेज गार्डनमा पत्रकार सम्मेलन आयोजना गरिएको योगेश भट्टराईले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles