रिर्जभ एन्टिबायोटिक्स सबै फार्मेसीबाट बेच्न पाउनुपर्ने माग राख्दै स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र

 न्यूज विराट
रिर्जभ एन्टिबायोटिक्स सबै फार्मेसीबाट बेच्न पाउनुपर्ने माग राख्दै स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र

विराटनगर । नेपाल औषधि व्यवसायी संघ मोरङले सबै फार्मेसीबाट रिर्जभ एन्टिबायोटिक्स औषधिहरुको विक्री वितरणको माग गर्दै सोमवार स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई ज्ञापन पत्र बुझाएको छ ।
कोशी अस्पतालले संचालनमा ल्याएको ‘निःसन्तान क्लिनिक’ को उद्घाटन तथा अस्पताल निरिक्षणका क्रममा विराटनगर आएका स्वास्थ्यमन्त्री पौडेललाई भेटेर संघले ज्ञापन पत्र बुझाएको हो ।
संघका अध्यक्ष देशबन्धु ढकालको नेतृत्वमा गएको टोलीले स्वास्थ्यमन्त्री पौडेललाई गत फागुन २५ गते औषधि व्यवस्था विभागले रिर्जभ एन्टिबायोटिक्स औषधि अस्पताल भित्रका फार्मेसीलेमात्र विक्री वितरण गर्न पाउने निर्णयलाई सच्याई सबै फार्मेसीले विक्री वितरण गर्न पाउने व्यवस्था मिलाउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।
संघका अध्यक्ष देशबन्धु ढकालद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा औषधि व्यवस्था विभागले गरेको उक्त निर्णयले अस्पताल वाहिरका फार्मेसीहरुलाई विस्थापित गर्नुको साथै करोडौंको लगानी डुब्ने अवस्था आएकोले औषधि व्यवासायीलाई विस्थापित हुनबाट जोगाउन र लगानी सुरक्षित गर्न मन्त्री समक्ष आग्रह गरिएको छ । ज्ञापन पत्रमा भनिएको छ, ‘विभागले रिर्जभ एन्टिबायोटिक्स औषधि अस्पताल भित्रका फार्मेसीले मात्रै बिक्री वितरण गर्न पाउने गरि गरेको निर्णयले तमाम औषधि व्यवसायीहरुलाई चिन्तीत तुल्याएको छ । यस खालको निर्णयका कारण अस्पताल बाहिरका फार्मेसीहरू प्रत्यक्ष प्रभावित हुनुका साथै व्यवसायी यो पेशाबाट विस्थापित हुने र करोडौं लगानी डुब्ने खतरासमेत बढाएको छ ।’
संघले ज्ञापन पत्रमा भनेको छ , ‘विभागले कुनै वैज्ञानिक आधारबिना र एकतर्फी रूपमा निर्णय गरेको हुनाले यो गलत निर्णयलाई सच्याउन मन्त्रीले पहलकदम लिईदिनुहुन्छ भन्ने विश्वास लिएका छौंं । ’
त्यस्तै संघले औषधि व्यवसायी संघ सम्पूर्ण औषधि व्यवसायीहरुको हकहित र अधिकारका साथै सामाजीक कार्यमा २०३० सालदेखि निरन्तर कार्य गर्दै आएको संस्था भएकोले संघीय सरकार तथा प्रदेश सरकारले स्वास्थ्य नीति तथा ऐन कानुनहरु बनाउँदा वा कुनै छलफल ,गोष्ठिहरु गर्दा संघको प्रतिनिधित्व गराई नतिजामुखि बनाउनसमेत आग्रह गरेको छ । देशमा गणतन्त्र स्थापना भइसक्दापनि स्वास्थ्य क्षेत्रका विषयमा सरोकार राख्ने औषधि व्यवसायीहरुलाई पाखा राखेर बनाइने नीति ,नियम तथा ऐन,कानुनले ठोस नतिजा प्राप्त नुहने भन्दै ज्ञापन पत्रमा भनिएको छ , ‘ संघलाई वेवास्था गरेर बनाइने नीति तथा ऐन कानुनले समग्र स्वास्थ्य क्षेत्रको विकास गर्नेमा विश्वस्त छैनौं , सेवाभावको भावनाबाट विचलित नभई स्वास्थ्य जस्तो संवेदनशिल विषयमा ज्यानको समेत पर्वाह नगरि अग्रभागमा खटिएर जनतालाई सेवा पु¥याउने हामी औषधि व्यवसायीहरुलाई आगामी दिनमा नेपाल सरकार र त्यसमापनि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य ऐन, कानुनका साथै नीति नियम बनाउँदा स्वास्थ्य क्षेत्रको अभिन्न अंगको रुपमा रहेको नेपाल औषधि व्यवसायी संघ सँगपनि सल्लाह,सुझाव तथा परामर्श गरि सार्थक परिणाम निकाल्नकालागि आग्रह गर्दछौं । ’
ज्ञापन पत्र बुझ्दै मन्त्री पौडेलले यस विषयमा आफुले विभागसँग बुझेर समस्या समाधान गराउन पहल गर्ने प्रतिबद्धता जनाएका थिए । उनले भने, ‘ यस विषयमा आफुले विस्तृत नबुझेकोले अहिले नै गर्छु भनेर भन्न नसक्ने तर, व्यवसायी विस्थापित हुने र लगानी डुब्ने अवस्था आउन नदिन विभागसँग बुझेर आफुले ठोस प्रयास गर्छु ।’
संघका प्रदेश समिति अध्यक्ष धनराज काफ्लेसहित जिल्ला अध्यक्ष ढकालको नेतृत्वमा ज्ञापन पत्र बुझाउन गएको टोलीमा संघका वरिष्ठ उपाध्यक्ष हरिराज रेग्मी , महासचिव अरुण व्राम्हणलगायतको सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार

गुरुङलाई हटाउने प्रस्ताव र अध्यादेश पार्टी विभाजनको पूर्वाभ्यास : प्रचण्ड-माधव समूह

प्रमुख सचेतक देव गुरुङलाई हटाउने प्रस्ताव र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पार्टी विभाजनको पूर्वाभ्यास रहेको प्रचण्ड-माधव समूहले ठहर गरेको छ । स्थायी कमिटी बैठक चलिरहेको अवस्थामा संवैधानिक नियुक्तिमा एकलौटी गर्नका लागि जारी भएको अध्यादेश र प्रमुख...

सीमा विवादबारे नेकपाका ६ सांसदले दर्ता गरे संकल्प प्रस्ताव

काठमाडौं, २८ वैशाख-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६ जना सांसदहरुले नेपाली सीमा मिचिएको विषयमा संसदमा संकल्प प्रस्ताव दर्ता गराएका छन् । सांसदहरु गणेश ठगुन्ना, दिपक प्रकाश भट्ट, गणेशकुमार पहाडी, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र...

अनलाइन बन्द गराउने काउन्सिलको निर्णय संविधान विपरितः अनलाइन पत्रकार संघ

१७ वटा अनलाईन बन्द गर्न शिफारिस गर्ने प्रेस काउन्सिलको निर्णयप्रति अनलाईन पत्रकार संघले आपत्ति जनाएको छ । उसले काउन्सिलको यो कामलाई गैरसंवैधानिक र स्वेच्छाचारी भन्दै आपत्ति पनि जनाएको छ । कोरोना संक्रमणका बिषयमा भ्रमपूर्ण समाचार...

पीसीआर मेसिन वीरगञ्जमा जडान गर्ने तयारीसँगै मुख्यमन्त्री राउतको आलोचना

प्रदेश–२ का लागि संघीय सरकारले पठाएको कोरोना संक्रमण परीक्षण गर्ने पीसीआर मेसिन वीरगञ्जमा जडान गर्ने तयारी भएको छ ।यसअघि प्रादेशिक अस्पताल जनकपुरधाममा जडान हुने भनिएको सो मेसिन मुख्यमन्त्री लालबाबु राउतको दबाबमा वीरगञ्जमा जडान गर्ने तयारी...

विराट गोल्डकप फागुन १९ गतेबाट, यस्ता छन् गोल्डकप खेल्ने १० टिम

विराटनगर । विराटनगरको ऐतिहासिक ९ औं संस्करणको विराट गोल्डकप यही फागुन १९ गतेबाट सुरु हुने भएको छ । विराटनगरको सहिद रंगशालामा सोमबार पत्रकार सम्मेलन गरी फागुन १९ देखि २८ गतेसम्म फ्लडलाइट्सको माध्यमबाट रात्रिकलीन फुटबल प्रतियोगिता...

तिब्बतले बाटाेमै राेकिदियाे चीनबाट नेपाल ल्याउँदै गरेकाे स्वास्थ्य सामाग्री

तिब्बत सरकारले चीनबाट नेपाल ल्याउन लागिएकाे स्वास्थ्य सामाग्री बीच बाटाेमै राेकिदिएकाे छ । कोरोना भाईरस (कोभिड–१९) परीक्षण, रोकथाम तथा उपचारका लागि चिनियाँ कम्पनीले उपलब्ध गराएकाे स्वास्थ्य समाग्रीको गुणस्तरमा प्रश्न उठेपछि तीब्बतले बाटाेमै राेकिदिएकाे हाे ।...

राधाकृष्ण रथयात्रा यसवर्ष पनि सामान्यरुपमा निकालिने

विराटनगर, १५ साउन । पछिललो समय विराटनगरमा फेरी कोरोना संक्रमण बढ्दै गएपछि यस वर्ष पनि राधाकृष्ण रथयात्रा सामान्यरुपमा निकालिने भएको छ । कोरोना संक्रमण फैलिने जोखिमका कारण विगत जस्तो तामझामसहित रथयात्रा ननिकालिने भएको हो ।...

६२८६ जनाको नमुना परीक्षण गर्दा १०५६ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ हजार २८६ जनाको पीसीआर परीक्षण गर्दा ३८६ महिला र ६७० पुरुषमा कोरोना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्