नेपाल औषधि व्यवसायीद्वारा मुख्यमन्त्रीलाई बुझाए ज्ञापनपत्र

 न्यूज विराट
नेपाल औषधि व्यवसायीद्वारा मुख्यमन्त्रीलाई बुझाए ज्ञापनपत्र

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई नेपाल औषधि व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेश र मोरङले ज्ञापन पत्र बुझाएको छ । विभिन्न माग राख्दै एनसीडिए मोरङले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पुगेर संघका पदाधिकारीहरूले महत्वपूर्ण माग र सुझावहरू राखेका हुन् ।
स्वास्थ्य क्षेत्रका विषयमा सरोकार राख्ने औषधि व्यवसायीहरूलाई ऐन, कानून र नीति निर्माणको प्रक्रियामा सहभागि गराउनुपर्ने संघले माग राखेको छ । त्यसैगरी
स्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन र कानुन निर्माणमा संघलाई सम्मिलित गराउनुपर्ने, नीतिगत निर्णयहरूमा परामर्श र सहभागिता प्रदान गराउनुपर्नेलागयतको माग राखेको संघका अध्यक्ष देशबन्धु ढकालले बताए ।
नेपाल औषधि व्यवसायी संघले आफ्नो ज्ञापन पत्रमार्फत स्वास्थ्य क्षेत्रमा औषधि व्यवसायीहरूको महत्वपूर्ण भूमिकालाई पहिचान गर्न र भविष्यका नीतिगत निर्णयहरूमा उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न मुख्यमन्त्रीसमक्ष आग्रह गरेको छ । संघका कोशी प्रदेश अध्यक्ष धनबहादुर काफ्ले, मोरङका अध्यक्ष देशबन्धु ढकालको नेतृत्वमा कार्यसमितिका सदस्यहरूले मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई विस्तृत ज्ञापन पत्र बुझाएका हुन् ।

सम्बन्धित समाचार

कटहरीको तरकारी संकलन गरिने

विराटनगर, बैशाख ६–लक डाउनका कारण बारीमै तरकारी कुहिन थालेको सवत्र गुनासो पछि मोरङको कटहरी गाउँपालिकामा उत्पादित तरकारी संकलन गरिने भएको छ । प्रदेश १ को भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयमा सामाजिक विकास मन्त्री जीवन...

एमालेनिकट प्रेस चौतारीमा संस्थापनइतरले पाएनन् उम्मेदवारी फारम

विराटनगर । मतदानको समय नराखी निर्वाचन तालिका सार्वजनिक गरेको प्रेस चौतारी नेपालले नयाँ नेतृत्वको लागि उम्मेद्वारी दिने फारम तोकिएका व्यक्तिहरूलाई मात्रै उपलब्ध गराएको छ ।निर्वाचन आयोगका अध्यक्ष गणेश खनालले आज दिउँसो मतदानको समय नदिइ जारी...

संसद बैठक बस्दै, केपी ओलीले सम्बोधन गर्ने

प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । बिहान ११ बजे बस्ने बैठकको सुरुमै ओलीले सरकारले जेठ १० गते प्रस्तुत गरेको आगामी...

कांग्रेस सभापतिमा ६ जनाकाे उम्मेदवारी

काठमाडौं, २५ मंसिर । कांग्रेस सभापति पदमा ६ जनाकाे उम्मेदवारी परेकाे छ । काठमाडाैंमा जारी १४औँ महाधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत सभापति पदका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहित शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दिएका हुन्...

मन्त्री कार्कीद्धारा फ्लड लाइटको अनुगमन

विराटनगर, २१ पुस-प्रदेश १ का सामाजिक विकास एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले सहिद मैदान विराटनगरमा जडान गरिएको फ्लड लाइटको अनुगमन गरेका छन् । फ्लड लाइट जडान कार्य अन्तिम चरणमा पुगेपछि मन्त्री कार्कीले...

कांग्रेसले सागका स्वर्ण विजेतालाई सम्मान गर्ने

काठमाडौं, ६ साउन-नेपाल कांग्रेस केन्द्रीय खेलकुद विभागले नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने भएको छ । विभागको ५ साउनमा बसेको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा विभाग...

कोशीका मुख्यमन्त्री कार्कीको शपथ आज २ बजे , सानो मन्त्रिमण्डल गठन गर्ने तयारी

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज (आइतबार) दुई बजे शपथलगत्तै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन्। पहिलो चरणमा एकजना कार्कीका तर्फबाट र कम्तीमा एकजना एमालेका तर्फबाट मन्त्रिमण्डलमा सामेल गराइनेछ। आइतबार...

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

विराटनगर, ३१ वैशाख-झापाको दमक नगरपालिका– ५, हरिओम कोलिनीको भित्री सडकखण्डमा टिपरको ठक्करबाट  १ साइकलयात्रीको मृत्यु भएको छ । बुधबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ५५२४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्