अपाङ्गता अधिकार सुनिश्चित गर्न कोशी प्रदेशमा कार्यशाला सम्पन्न

 न्यूज विराट
अपाङ्गता अधिकार सुनिश्चित गर्न कोशी प्रदेशमा कार्यशाला सम्पन्न

विराटनगर । स्थानीय शासन प्रणालीमा अपाङ्गता समावेशीकरण परियोजना सम्बन्धी योजना निर्माण कार्यशाला आइतबार विराटनगरमा सम्पन्न भएको छ। राष्ट्रिय अपाङ्ग महासंघको आयोजनामा भएको यस कार्यक्रममा कोशी प्रदेशका विभिन्न अपाङ्गता क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ संघीय कार्यसमिति सदस्य तथा कोशी प्रदेशको वकालत समितिका संयोजक मदन कुमार बोहराले अपाङ्गता भएका व्यक्तिहरुका लागि निर्माण भएका नीति नियमहरुको प्रभावकारी कार्यान्वयनको आवश्यकता रहेको बताए। उनले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४ र नियमावली २०७७ निर्माण भए पनि अझै धेरै अधिकारहरू कार्यान्वयनमा नआएको औंल्याए।
कार्यशालामा ११ सदस्यीय वकालत समिति गठन गरिएको छ, जसको संयोजकमा मदन कुमार बोहरालाई चयन गरिएको छ। यो समितिले मौजुदा कानुनहरुको विश्लेषण गर्नुका साथै अपाङ्गता क्षेत्रमा कानुनबमोजिम छुट्टै नीति तथा कानुन निर्माणको लागि पैरवी गर्ने जिम्मेवारी पाएको छ।
अपाङ्ग महासंघ कोशी प्रदेशका व्यवस्थापक सरोज नेपालीले कार्यक्रममा बोल्दै प्रदेश तहमा अपाङ्गता मैत्री नीति निर्माण गरिनुपर्ने आवश्यकतामा जोड दिए। उनले १२ कक्षा पछिको शिक्षामा निरन्तरता, स्वास्थ्य बीमा सुनिश्चितता, समावेशी शिक्षा र सरकारी निकायहरूमा दोभाषेको व्यवस्था गरिनुपर्ने माग राखे।
कार्यक्रममा अपाङ्गता क्षेत्रमा काम गर्ने संघसंस्थाका करिब २० जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो। सहभागीहरुले सार्वजनिक भौतिक संरचनाहरू अपाङ्गता मैत्री बनाउनुपर्ने, स्वास्थ्य जाँचमा सहज पहुँच सुनिश्चित गरिनुपर्ने लगायतका विषयहरुमा जोड दिए।
यस कार्यशालाले अपाङ्गता भएका व्यक्तिहरुको समावेशीकरण र अधिकार सुनिश्चित गर्न स्थानीय र प्रदेश तहमा अपाङ्गता मैत्री नीति तथा कानुन निर्माणको आधार तयार गरेको छ। समितिले आगामी दिनमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्नका लागि प्रदेश सरकारसँग समन्वय गरी काम गर्ने योजना बनाएको छ।

सम्बन्धित समाचार

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण

काठमाडौं, २६ साउन-भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । उनले सामाजिक संजाल ट्विटरमा ट्विट लेख्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनले आज गरिएको अस्पताल भिजिटका क्रममा...

मन्दिर पुनः निमार्णको लागि विराटनगरमा महायज्ञ

विराटनगर । विराटनगर – १६ रानीको सलाइमिलभित्र एक हप्ताको महायज्ञ हुने भएको छ । श्री विराट भजन समूहको आयोजनामा फागुन ८ देखि १४ गतेसम्म महायज्ञ हुने भएको हो ।आयोजक समितिले विराटनगरमा शनिबार पत्रकार सम्मेलन गरि...

कोभिड–१९ रोकथाममा प्रभावकारी काम गर्न ध्यानाकर्षण

काठमाडौं, १६ असार-नेपाली काँग्रेसले कोभिड–१९ का सन्दर्भमा सरकारले गरेका र आगामी तयारीका विषयमा जानकारी लिने तथा पार्टीले बारम्बार उठाउँदै आएका विषयहरुमा सरकारको ध्यानाकर्षण गराएको छ । काँंग्रेसद्वारा गठित ‘कोभिड–१९ अनुगमन समिति’का संयोजक एवं पार्टीका सहमहामन्त्री...

कमल थापाको भने- ओली र देउवाका दाबी कीर्ते हुन्, खारेज गरेर चुनाव घोषणा होस्

राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री पदका लागि शेरबहादुर देउवा र केपी शर्मा ओलीले गरेको दाबी कीर्ते भएको बताएका छन् । शुक्रबार ट्वीट गर्दै अध्यक्ष थापाले दुवै दावी कीर्ते भएकाले त्यससलाई खारेज गरेर संविधान बमोजिम चुनाव घोषणा...

प्याब्सन स्पोर्ट्स मिट : बास्केटबलमा एभरेष्ट र बिकेभिएम सेमिमा

विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत शुक्रबार भएको बास्केटबलमा विराटनगरको एभरेष्ट र बिकेभिएम स्कुल विजयी भइ सेमिफाइलनमा पुगेको छ ।विराटनगरको एभरेष्टका खेलमैदानमा भएको प्रतियोगिताको पहिलो खेलमा एभरेष्टले सुन्दरहरैचना नगरपालिकामा रहेको ब्राइट फ्यिुचर...

चीनले कोरोना भाइरसको अनुसन्धान रिपोर्ट चोर्न खोज्यो : अमेरिका

एजेन्सी, जेठ १-अमेरिकाले चीनले कोरोना भाइरसविरुद्धको खोपको अनुसन्धान रिपोर्ट ह्याक गर्ने कोशिस गरिरहेको आरोप लगाएको छ ।अमेरिकी सुरक्षा एजेन्सी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी र संघीय जाँच एजेन्सी (एफबीआई) ले विज्ञप्ति जारी गर्दै चीनले अनुसन्धान रिपोर्टको...

कोरोना संक्रमणबाट पोखरामा एक जनाको मृत्यु

पोखरा,  २ भदौ-पोखरामा कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुने संक्रमित तनहुँकी महिला हुन् । उनको आज बिहान कास्की सेवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।   तनहुँ ब्यास-१ अम्रेनीकी...

तेस्रो संस्करणको मिल्स गोल्डकप फागुन २७ गतेबाट, बिजेतालाई २ लाख ११ हजार

विराटनगर । तेस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।फागुन २७ देखि चैत ४ गतेसम्म विराटनगरस्थित जुट मिलको खेल मैदानमा मिल्स गोल्डकप हुने भएको हो । प्रतियोगिताको बिजेता र उपबिजेता हुने टिमलाई यसपटक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्