गणतन्त्रभन्दा अझ उन्नत व्यवस्था जनताको चाहना : बिप्लप

 न्यूज विराट
गणतन्त्रभन्दा अझ उन्नत व्यवस्था जनताको चाहना  : बिप्लप

विराटनगर । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अर्थतन्त्रमा समस्या भएको भन्दै उनले संविधानमा अझै समानुपातिक प्रतिनिधित्वको अभाव रहेको बताएका छन् ।

प्रेस सेन्टर मोरङले बिहीबार विराटनगरमा आयोजना गरेको ‘वर्तमान राजनीति र समाजवादको यात्रा’ विषयक अन्तरसंवाद कार्यक्रममा विप्लवले यस्तो बताएका हुन् । उनले गणतन्त्रमा आएर पनि जनताका निराशा कायम रहेको बताए । गणतन्त्रभन्दा अझ उन्नत व्यवस्था जनताको चाहना भएको उनले बताए ।
‘एउटा सामन्तवादी युगको अन्त्य भयो । जनता सार्वभौम हुने क्रममा थिए । गणतन्त्र नआएको भए नेपाल अझै सय वर्ष सामन्तवादमै हुने थियो ,’ उनले भने ।
समाज विकासको चरित्र हेर्दा जति हुनुपर्ने थियो हुन नसक्दा केही असन्तुष्टि उजागर भएको उनले बताए । उनले सम्पत्ति माथिको अधिकार अझै जनतामा नआएकाले नेपाली राजनीति जानेर वा नजानेर चरम अन्तरविरोधमा रहेको बताए ।
‘सामन्तवादी व्यवस्था अन्त्य भए पनि पुँजी दलाल पुँजीपतिको नियन्त्रणमा हुँदा जनताले राहत पाएका छैनन्,’ उनले भने, “युवा पलायन त्यसको परिणाम हो । राज्यले नै विदेश जान प्रेरित गरिरहेको छ ।’
सरकार अस्थिर हुँदा सबै क्षेत्रहरू प्रभावित हुने गरेको र यो व्यवस्था नचलेको विश्लेषण हुने गरेको बताउँदै भने, ‘आलोचनात्मक राजनीति हावी छ । राजाको मठमन्दिर घुमाइ पनि सांस्कृतिक प्रभावका लागि हो । तर, नेपालमा पश्चगमन दुर्घटनामात्र हुनेछ ।’
जनताले समाजवाद खोजेको बताउँदै विप्लवले समाजवादी अर्थव्यवस्थाको अहिलेको आवश्यकता भएको सुनाए । “निकास जनताले जे चाहन्छन् त्यही हुने हो, नेपालमा पश्चगमन दुर्घटनामात्र हुनेछ,” उनले भने,“गणतन्त्रप्रति अधिकांश दल सकारात्मक छन् । यसको रक्षाका लागि सबै कम्तीमा एक ठाँउमा देखिन्छन् ।”
माओवादीले आफूलाई जति रूपान्तरण गर्छ उति नै जनतालाई सुविधा हुने उनले दाबी गरे । नेपाली विशेषतायुक्त समाजवादी गणतन्त्र आवश्यक रहेको सुनाउँदै विप्लवले माओवादीकै कमजोरीबारे समेत विश्लेषण आवश्यक रहेको बताए ।

सम्बन्धित समाचार

‘प्याब्सन विराट’ फुटबल टुर्नामेन्ट पुस १ गतेबाट सुरू, ३० वटा विद्यालयको सहभागि

विराटनगर । दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट हुने भएको छ । प्याब्सन विराटनगरको अयोजनामा पुस १ देखि ८ गतेसम्म विराटनगरस्थित सहिद रङगशालामा प्याब्सन विराट फुटबल टुर्नामेन्ट हुने भएको हो । प्याब्सन विराटनगरले बुधबार...

प्रादेशिक बहिरा क्रिकेट प्रतियोगिताको उपाधि मोरङलाई

विराटनगर । बहिरा क्रिकेट संघ मोरङको आयोजनामा विराटनगरको गिरिजाप्रसाद क्रिकेट मैदान भापा वैजनाथपुरमा भएको कोशी प्रदेश स्तरिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधि मोरङले जितेको छ । मोरङले आइतबार भएको फाइनल खेलमा सुनसरीलाई ७ विकेटले पराजित गर्दै...

२५ माघदेखि मोरङमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने

मोरङ, माघ २२–२५ माघदेखि मोरङमा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि फागुन दोस्रो सातासम्म औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए । मोरङमा...

नेइमारमाथिको रंगभेदी टिप्पणीबारे छानविन हुने

एजेन्सी, १ असोज-फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) का स्ट्राइकर नेइमारमाथि दुई खेलमा प्रतिबन्ध लगाइएको छ । मार्सेलीसँग भएको खेलका क्रममा विवाद गरेपछि रातो कार्ड पाएका नेइमारमाथि दुई खेलको प्रतिबन्ध लागेको हो। उनले आफूमाथि...

मोरङ व्यापार संघ ट्रेड एक्स्पो शुक्रबारबाट, प्रधानमन्त्रीले उद्घाटन गर्ने

विराटनगर । मोरङ व्यापार संघ ट्रेड एक्स्पो २०२३ –को आज शुक्रबारबाट सुरु हुने भएको छ । विराटनगर २ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गमा पुस ६ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने एक्स्पो मोरङ व्यापार...

क्वारेन्टाइन रहेका १२ सय बढीलाई घर फिर्ता

बुटवल, ३ वैशाख-प्रदेश–५ मा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्टकै आधारमा १ हजार २ सय बढी क्वारेन्टाइनमा रहेकालाई घर पठाइएको छ ।प्रदेश–५ मा मंगलबारसम्म १२ सय ७ जनाको आरडीटी किटको माध्यमबाट स्वाब परिक्षण गर्दा सबैको रिपोर्ट...

मोरङको जहदाबाट ११ सय ३ केजी गाँजा दुई जना पक्राउ

विराटनगर । प्रहरीले मोरङको जहदा गाउँपालिकाबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। जहदा गाउँपालिका ७ मुसहरी टोलबाट प्रहरीले कुल १ हजार १ सय ३ केजी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश...

प्रदेश १ मा ४८४ जनामा कोरोना संक्रमण

विराटनगर, ११ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ६९ जनाको पीसीआर परीक्षण गर्दा २९७ र ९४५ जनाको एन्टिजेन परीक्षण गर्दा १८७ जनामा कोरोना संक्रमण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्