प्रादेशिक बहिरा क्रिकेट प्रतियोगिताको उपाधि मोरङलाई
आइतबार, ३१ चैत, २०८१,
न्यूज विराट
विराटनगर । बहिरा क्रिकेट संघ मोरङको आयोजनामा विराटनगरको गिरिजाप्रसाद क्रिकेट मैदान भापा वैजनाथपुरमा भएको कोशी प्रदेश स्तरिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधि मोरङले जितेको छ ।
मोरङले आइतबार भएको फाइनल खेलमा सुनसरीलाई ७ विकेटले पराजित गर्दै मोरङले उपाधि जितेको हो । टस जितेर ब्याटिङ गरेको सुनसरीले निर्धारित २० ओभरमा सवै विकेट गुमाई ९८ रनमा सिमित भयो । सुनसरीका निरज श्रेष्ठले २७ रन बनाउँदा रोहन खडकाचले ११ रन बनाए । मोरङका मनोज राँयले ३ विकेट लिँदा वैजनाथ चौधरीले २ विकेट लिए ।
९९ सय रनको सामान्य लक्ष्य पछ्याएको मोरङले १७ दशमलव ३ बलमा ३ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो । मोरङको जितमा वैजनाथ चौधरीले ३१ बनाउँदा अजय कर्णले २३ रनको योगदान दिए । सुनसरीका रोहन खडकाले २ विकेट लिँदा विवेक चन्दले १ विकेट लिए ।
फाइनल खेलको प्लेयर अफ फाइनल मोरङका अलराउण्डर खेलाडी वैजनाथ चौधरी भ एभने प्लेयर अफ सिरिज र उत्कृष्ट बलर पनि मोरङकै वैजनाथ चौधरी घोषित भए । त्यस्तै उत्कृष्ट ब्याटर पनि मोरङकै अजय कर्ण भए । चैत्र २८ गतेदे िभएको प्रतियोगितामा मोरङ, सुनसरी र झापाका गरि ४ टिम सहभागि रहेको थियो राउण्ड रोविनको आधारमा खेलाएको प्रतियोगितमा करिव १२ लाख खर्च हुने अनुमान आयोजकले लगाएको छ ।
विजयी तथा अन्य खेलाडीहरुलाई प्रमुख अतिथि मोरङ जिल्ला खेलकुद विकाश समितका अध्यक्ष सुरज श्रेष्ठ, कोशी प्रदेश खेलकुद बार्डका कार्यलय प्रमुख कालीदास भट्टराई, बहिरा क्रिकेट संघका केन्द्रीय सचिव अरविन्द चौधरी, विराट बहिरा मावि व्यवस्थापन समितिका अध्यक्ष डा. मिना जोशी र बहिरा क्रिकेट संघका अध्यक्ष मोहन तिवारीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङका अध्यक्ष देशबन्धु ढकाललेले छठ पूजाका क्रममा सडकमा दण्ड प्रणाम गर्दै यात्रा गरेका छन् । यो उनको दोस्रो पटकको दण्ड प्रणाम यात्रा हो ।दण्ड प्रणाम यात्राका लागि उनी...
विराटनगर, असार १०–प्रदेश नं. १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुशियैतले लकडाउनको मारमा परेका उद्योगद्यन्दा तथा कलकारखानाहरुको व्यवस्थापनका लागी प्रदेश सरकारले सहजीकरण गर्ने बताएका छन् । प्रदेश नं. १ प्रदेशसभा बजेट...
विराटनगर । आकर्षक तलब र सेवा सुविधा दिने भन्दै दलालको फन्दामा परी भारत लैजान लागेको तीन जना किशोरीको उद्धार गरिएको छ । प्रहरी र साना हात नामक संस्थाले नेपाल –भारत सीमा क्षेत्रबाट तीन जना किशोरीको...
विराटनगर । नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार पाँच महिना २१ दिनमा ढलेको छ । शुक्रबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत गुमाएसँगै एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको हो । संविधानको धारा १६८...
विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगिताको उपाधि भारत विहारको राहुल ११ नरपथगञ्जले जितेको छ । विराटनगरको जुट मिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा एनबिएससी त्रिकेट क्लब विराटनगरलाई तीन विकेटले हराउँदै नरपथगञ्जले उपाधि...
काठमाडाैं, १४ भदौ-कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २४ घण्टाभित्र ४ महिला र १० पुरुष गरी १४ जनाको कोरोना संक्रमणबाट मृत्यु...
विराटनगर । धनकुटा नगरपालिका ९ मूलघाटस्थित तमोर नदीको पुलबाट आइतबार बिहान एक वृद्धको खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ८० वर्षीय हर्कबहादुर साम्पाङ रहेको प्रहरीले जनाएको छ । बिहान पौने ११ बजे पुलबाट...
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा प्राथमिक तहस्तरीय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । अन्तर‘हाउस प्रतियोगिताको पहिलो दिन कक्षा २ र ३ का हाउसहरुमा प्रतिष्पर्धा भएको थियो । जसमा मेचि हाउस प्रथम भएको...