विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा विराटनगरमा तीन दिने ढाका कपडा महोत्सव बिहीबारदेखि सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित यस महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गरे ।
महोत्सवमा कोशी प्रदेशका १४ वटै जिल्लाका महिला उद्यमीहरूले तयार गरेका मौलिक ढाका सामग्रीहरूको प्रदर्शनी गरिएको छ । महोत्सवमा ३० भन्दा बढी स्टलहरू राखिएका छन्, जहाँ विभिन्न प्रकारका ढाका कपडा, पोशाक, झोला, टोपी, साडी, लुङ्गी लगायतका सामग्रीहरू प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन् । महोत्सवको पहिलो दिनमै सयौं आगन्तुकहरूको उपस्थिति रहेको थियो । बिक्री प्रदर्शनीका साथै महोत्सवमा ढाका बुनाइ सम्बन्धी प्रशिक्षण कार्यक्रम, फेसन शो र अन्तरक्रिया कार्यक्रमहरू पनि समावेश गरिएको छ । महिला उद्यमशीलता प्रवद्र्धन गर्ने लक्ष्य नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश महिला उद्यमी विकास समितिको संयोजनमा आयोजित यस महोत्सवलाई प्रदेशको सामाजिक विकास मन्त्रालयले सहकार्य गरेको छ । महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले महोत्सवको उद्देश्य बारे बताउँदै भने, ‘नेपाली ढाका उद्योगलाई प्रवद्र्धन गर्दै कोशी प्रदेशका महिला उद्यमीहरूको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने, ढाका कपडाको व्यवसायिक सम्भावना बढाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने यस महोत्सवको मुख्य लक्ष्य हो,’ उनले भने,‘ स्थानीय स्तरमा महिला उद्यमशीलतालाई प्रोत्साहन गर्दै स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न यस प्रकारका कार्यक्रमहरू निरन्तर रूपमा आयोजना गरिनेछन् ।’ राउतले ढाका कपडालाई मुलुकमा अनिवार्य प्रयोग गर्ने वातावरण सिर्जना गर्न सरकारले नीतिगत व्यवस्था गर्नुपर्नेमा पनि जोड दिए । महोत्सवमा विभिन्न प्रकारका ढाका उत्पादनहरू प्रदर्शनमा राखिएका छन् । टोपी, कोट, सर्ट, साडी, कुर्ता, झोला, पर्स, मनिपर्स, रुमाल, टाई, बेल्ट, मोजा, जुत्ता, चप्पल लगायत दैनिक प्रयोगका सजावटका सामानहरू पनि प्रदर्शनीमा राखिएका छन् । महोत्सवका संयोजक सरु केसीले विभिन्न जिल्लाका मौलिक डिजाइन र बुट्टाहरूलाई प्रदर्शन गर्ने प्रयास गरेको बताइन् । विशेष गरी युवा पुस्तालाई ढाका कपडाप्रति आकर्षित गर्न फेसन शो र नवीन डिजाइनका पोशाकहरू प्रदर्शन गरिएको उनले जानकारी दिइन् ।
काठमाडौंको बबरमहलमा विज्ञापन बोर्डको कार्यालय स्थापना भएको छ । सरकारले विज्ञापन क्षेत्रको सम्पूर्ण कार्यलाई अनुगमन तथा नियमन गर्ने गरी ल्याइएको कानुन बनेको लामो समयपछि कार्यालय स्थापना गरेको हो । बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत...
तनहुँ, २८ असोज-व्यासनगरपालिका–१ गल्बुबेसीका रामनाथ मिश्रले पछिल्लो सयम मह र मौरी बिक्री गरेर राम्रो आम्दानी गर्दै आउनुभएको छ । उहाँले सीप र जाँगर भए धन कमाउन धेरै लगानी र जमिन चाहिदैँन भन्ने गतिलो उदाहरण प्रस्तुत...
विराटनगर । विराटनगर ५ त्रिमूर्ति मार्गमा अवस्थित तेजस्वी बचत तथा ऋण सहकारी संस्थाले शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । यस कार्यक्रममा २४ जना व्यक्तिहरूले रक्तदान गरेको संस्थाकी सचिव मिना खनालले जानकारी दिइन्। कार्यक्रममा संस्थाका...
नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १०९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप...
विराटनगर । नेपाल प्रेस यूनियन मोरङको अध्यक्षमा बेदराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न भएको निर्वाचनको मत परिमाण अनुसार पौडेलले ६७ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धाी सुशिला पाठकले ६१ मत...
विराटनगर । मोरङको जहदा गाउँपालिका–३ मा नहरले बगाउँदा बेपत्ता भएका एक जना युवक मृत फेला परेका छन् । नहरले बगाएर बेपत्ता भएका भारतको बिहार सिनुवारी घर भइ जहदामा बस्दै आएका २० वर्षीया गणित राजवंशी शव...
विराटनगर । प्याब्सन स्पोर्ट्स मिट २०८० को नतिजा सार्वजनिक गर्दा त्रुटि भएको भन्दै नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मोरङले विज्ञप्ति निकाल्दै सच्याएको छ । माघ २९ गते सम्पन्न स्पोर्ट्स मिटको पुरस्कार वितरणका क्रममा मानव...
काठमाडौं, फागुन १४–हिंसा भड्काउन उक्साएको आरोपमा दिल्ली उच्च अदालतले सत्तारूढ भारतीय जनता पार्टीका नेता कपिल मिश्रासहित तीन जनाविरुद्ध एफआईआर दर्ज गर्न प्रहरीलाई निर्देशन दिएको छ । पछिल्लो घटनाक्रम र कारबाहीप्रति असन्तुष्टि जनाउँदै अदालतले भाजपाका नेता...