विराटनगर । मोरङको लेटाङ्ग फुटबल क्लब पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा बुधबार भएको अन्तिम क्वाटरफाइलन खेलमा आयोजक लालि गुँरास स्पोर्टिङ क्लब रानी मिल्स एरियालाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै लेटाङ्ग सेमिफाइलनमा पुगेको हो । निर्धारित समयसम्म १–१ गोलको बराबरी भएपछि खेलको निर्णाय टाइब्रेकरबाट भएको हो । टाइब्रेकरमा लेटाङ्गका पुजन चौधरी, तेजन गुरुङ, सौगात राई र सुजन तिलवाले गोल गरे । आयोजकका विवेक राई र कैलाश बस्नेतले गरेको प्रहार लेटाङका गोल रक्षक पूर्ण चेम्जुङ्गले उत्कृष्ट बचाइ गरिदिए । टाइब्रेकमार दुई गोल सेभ गर्ने पूर्ण खेलको म्यान अफ द म्याच घोषित भए । आयोजकको तर्फबाट टाइब्रेकरमा आशिष लावती र रमेश चौधरीले मात्रै गोल गरे । जितसँगै लेटाङले शुक्रबार दोस्रो सेमिफाइलनमा घरेलु टिम पेमा युवा स्पोर्टिङ क्लबसँग फाइनल यात्राको लागि प्रतिस्पर्धा गर्नेछ । लेटाङको जितसँगै मिल्स गोल्डपको सेमिफाइनलको समिकरण पनि पूरा भएको छ । यसअघि मंगलबार पहुना टोली भारत बिहारको वाइएससी खोखाझील कटिहारलाई ४–० गोलले पराजित गर्दै सुनसरी इटहरीको टीएफसी तालतलैया सेमिफाइलनमा पुगिसकेको छ । फ्युजन फुटबल क्लब उदयपुरले सप्तरीको प्रोगेसिभ युवा क्लबलाई १–० गोलले हराउँदै सेमिफाइलनको यात्रा सुरक्षित गरेको छ । पेमा स्पोर्टिङ क्लबले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरलाई २–० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको छ । अन्तिम क्वाटर फाइलन खेल प्रतिस्पर्धात्मक भएको थियो । खेल सुरू भएको ४ औं मिनेटमा आयोजक लागि गुँरासले अग्रता लिएको थियो । भुवन बस्नेतले चलाखी पूर्ण तरिकाले जाली चुमाउदै टिमलाई अग्रता दिलाए । आशिष लावतीले निकालेको क्रस पासलाई भुवनले पोस्टको दिशा दिएका थिए । आयोजकले अग्रता लिएको १३ मिनेट बित्न नपाउँदै लेटाङले गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको १६ औं मिनेटमा लेटाङका अनोप मगरले निकालेको पासलाई सागर तिवारीले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् । बराबरीमा आएपछि खेल रोमान्चक बन्यो । दुवै टिमका खेलाडीहरुले निर्धारित समयमा गोल गर्ने थुप्रै अवसर खेर फाल्दा खेल टाइब्रेकरतर्फ धकेलियो । त्यसपछि टाइब्रेकरमा लेटाङले जित निकाल्न सफल भयो । बिहीबारको पहिलो सेमिफाइलन खेल गाइघाटको फ्यूजन फुटबल क्लब र इटहरीको टीएफसी तालतलैयाबीच हुनेछ ।
विराटनगर, २४ फागुन । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को एकतालाई बदर गरेसंगै मोरङ जिल्ला कार्यालयमा पूर्वएमालेहरूले नेकपा एमालेको बोर्ड राखेका छन् । विराटनगरको पाञ्चालीमा रहेको पार्टी कार्यालयमा बोर्ड राख्न संस्कृति, पर्यटन तथा...
नेपालमा थप २ हजार ९ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा....
कञ्चनपुर, ४ कात्तिक-हात्तीको आक्रमणबाट ज्यान गुमाएका शुक्लाफाँटा नगरपालिका–१२ डिलाशैनी टोलका दम्पती ५५ वर्षका ध्वजबहादुर कार्की र ४५ वर्षका मथुरा कार्कीका परिवारलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले राहत रकम उपलब्ध गराउने भएको छ । मृतकका परिवारलाई जनही रु...
विराटनगर । जाडोमा मादक पदार्थ सेवन (मापसे) खाएर सवारी साधन चलाउने भएको मोरङ ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।विरामी बोक्ने एम्बुलेन्स, विद्यार्थी बोक्ने स्कुल बस र यात्रु ओसार–पसार गर्ने सिटी सफारीका सवारी चालकहरुले मादक...
चितवनमा मृत भेटिएका पुरुषको गोली हानी हत्या गरिएको खुलेको छ । भरतपुर महानगरपालिका–१७ सिमलडाडा नहरमा बिहीबार बिहान एक पुरुष मृत भेटिएको थिए । मृतकको सनाखत हुन भने बाँकी रहेको चितवन प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।...
प्रदेश १ मा कोरोना भाइरसको आशङ्कामा थ्रोट स्वाबबाट रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) परीक्षण र रगतको नमूनाबाट ¥यापिड डाइग्नोष्टिक टेस्ट(९आरडिटी) गरिएका २ सय ८२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । थ्रोट स्वाबअन्तर्गत सङ्कलित २...
रुपन्देही, १ असार-प्रदेश ५ ले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । प्रदेश मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले आगामी आर्थिक वर्षका लागि चालूको...
हेटौँडा, १० जेठ-चितवनका कोरोना भाइरस (कोभिड–१९) संक्रमित दम्पति भारतबाट आएको खुलेको छ । भरतपुर महानगरपालिका–६ केशरबाघका ७४ वर्षीय वृद्ध र ७३ वर्षीया वृद्धालाई शुक्रबार कोभिड–१९ संक्रमणको पुष्टि भएको थियो । बागमती प्रदेशको सामाजि विकास मन्त्रालयले...