पाँचौ मिल्स गोल्डकप : बिहारलाई हराउँदै टिएफसी सेमिफाइलनमा

 न्यूज विराट
पाँचौ मिल्स गोल्डकप : बिहारलाई हराउँदै टिएफसी सेमिफाइलनमा

विराटनगर । सुनसरी इटहरीको टीएफसी तालतलैया पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ ।
मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा मंगलबार भएको खेलमा पहुना टोली भारत बिहारको वाइएससी खोखाझील कटिहारलाई ४–० गोलले पराजित गर्दै टीएफसी सेमिफाइलनमा पुगेको हो ।

जितको लागि टीएफसीका सनिस लिम्बु, करण सुनवार, निश्चल लामा र निवस फुयलले गोल गरे । जितसँगै फाइनल यात्राको लागि टीएफसीले बिहीबार पहिलो सेमिफाइलन उदयपुरको फ्युजन फुटबल क्लब गाईघाटसँग प्रतिस्पर्धा गर्नेछ ।
एकपक्षीय खेल पस्किएको टीएफसीले खेलअवधीभर कटिहारलाई पुरै दबावमा राखेको थियो । खेलको ३७ औं मिनेटमा टीएफसीका सनिस लिम्बुले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफसम्म १–० गोलले अग्रता लिएको टीएफसीले दोस्रो हाफपछि थप आक्रमक बन्यो । दोस्रो हाफपछि टीएफसीले थप तीन गोल गर्यो । ७४ औं मिनेटमा करण सुनवारले गोल गर्दै अग्रता दोब्बर बनाए । दोस्रो गोल गरेको तीन मिनेट बित्न नपाउँदै निश्चल लामाले ७७ औं मिनेटमा गोल गर्दै अग्रता तेब्बर बनाए । खेलको अतिरिक्त समयमा निवस फुयलले गोल गर्दै टिमको जित सुनिश्चत गरे । खेलको प्लेयर अफ म्याच टिएफसीका कप्तान सविन घिमिरे घोषित भए । उनले नगद २ हजार १ सय रुपैयाँ पाए । बुधबारको खेल आयोजक लालि गुँरास स्पोर्टिङ क्लब रानी मिल्स एरिया विराटनगर र लेटाङ्ग फुटबल क्लब मोरङबीच हुनेछ ।

सम्बन्धित समाचार

पाँच दलीय गठबन्धन तोडेर होइन, कायमै राखेर एमालेले चुनाव जित्छ:ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले बहुमत प्राप्त गर्ने दाबी गरेका छन् । स्थानीय तहको निर्वाचनको तयारीबारे सातै प्रदेशमा हुन लागेको प्रशिक्षण कार्यक्रमको शुक्रबार भर्चुअल रूपमा शुभारम्भ...

बाँदर नियन्त्रण गर्न सरकारसँग ओखलढुंगाका सांसदको माग

ओखलढुंगा–बाँदरले हदै सम्मको दुख दिन थालेपछि सांसद यज्ञराज सुनुवारले बाँदर नियन्त्रणका लागि सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको आईतबार बसेको बैठकको शून्य समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद सुनुवारले बाढी पहिरो खडेरी र भूकम्प जस्ता विपद्ले...

झी पुचःको ‘सुदर्शन–कपिला सिरपा’ कास्कीको नेवा खलःलाइ प्रदान गरिने

विराटनगर । नेपाल भाषा तथा सांस्कृतिक संघ (झी पुचः) ले यसपटकको ‘सुदर्शन–कपिला सिरपा’ नेवा खलः कास्कीलाई प्रदान गरिने भएको छ ।विराटनगरमा एक कार्यक्रमको आयोजना गरि झी पुचःले नेपाली भाषा एवं संस्कृतिको क्षेत्रमा अनवरत रुपमा क्रियाशील...

आयातको विवरणमै कैफियत, अग्रवालद्वारा भन्सार छलेर २५ करोड कुम्ल्याउने प्रयास

संकटका बेला कोरोना संक्रमणबाट बच्न सरकारले चार्टर गरेर चीन पठाएको विमानमा सेटिङ मिलाएर आफ्नो व्यक्तिगत सामान ल्याउन सफल भएका शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवालले ५ करोड लगानी गरेर २० हजार थान थर्मल गन नेपाल भित्र्याएका...

नयाँ स्थानमा विराटनगरको गुद्री बजार सञ्चालन

विराटनगर, चैत २३–विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको गुद्री बजार आइतबारदेखि देखि पूर्ण रुपमा खाली भएको छ । गुद्री बजारलाई विराटनगर महानगपालिकाले तीन महिना अगावै देखि खाली गर्न गरेको प्रयासलाई गुद्री बजार सञ्चालकहरुले बेवास्ता गर्दै आएका थिए...

गोप्य सहमतिका साक्षीसहित बालुवाटारमा ओली–प्रचण्ड छलफल

काठमाडौं, १९ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल सुरु भएको छ । पार्टीको विवाद समाधानको प्रयासस्वरुप दुई अध्यक्षबीच बालुवाटारमा छलफल सुरु भएको...

सुर्खेतमा थपिए १५ कोरोना संक्रमित, मृतक युवकको रिपोर्ट नेगेटिभ 

सुर्खेत, १५ जेठ-पछिल्लो २४ घण्टामा सुर्खेतमा थप १५ संक्रमित फेला परेका छन् । यो सँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ३८ पुगेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण...

पार्टी फुटाएर समाजवाद आउँदैन : केपी ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाएर समाजवाद नआउने टिप्पणी गरेका छन् । आफ्नै पार्टीको नेतृत्वमा रहेको कम्युनिष्ट सरकारलाई ढालेर अर्को दलको नेतृत्वमा सरकार बनाउनेले मुलुकमा समाजवाद ल्याउन नसक्ने ओलीको भनाइ थियो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्