साहित्यिक रचना वाचन तथा सम्मान कार्यक्रम

 न्यूज विराट
साहित्यिक रचना वाचन तथा सम्मान कार्यक्रम

विराटनगर । खोटाङ सामाजिक सेवा मञ्चको आयोजनामा विराटनगरमा एक भव्य साहित्यिक रचना वाचन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा वरिष्ठ साहित्यकार बलराम पोखरेल प्रमुख अतिथिका रूपमा उपस्थित
रहेका थिए ।
कार्यक्रममा साहित्यकार भूषण ढुङ्गेल र कविराज न्यौपानेले शुभकामना मन्तव्य राखेका थिए । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित विगतका कविता महोत्सवमा पुरस्कृत इटहरी निवासी टिका आत्रेय र इनरुवा निवासी कृपाकरुणा पोखरेलले विशेष कविता वाचन गरेका थिए।
यसैगरी बाबुराम पोखरेल, यल.पी. पराजुली, केसु विरही, नवराज नवशिला लगायत चार दर्जनभन्दा बढी साहित्यकारहरूले आ–आफ्ना रचना प्रस्तुत गरेका थिए।
खोटाङ सामाजिक सेवा मञ्चले आफ्नो परम्परा अनुरूप यसपटक अग्रज साहित्यकार डा. सुशीला कोइराला भण्डारीलाई उननै निवासमा गएर विशेष सम्मान गरेको छ।
कार्यक्रममा लक्ष्मी रायमाझी खड्काले स्वागत मन्तव्य राख्नुभएको थियो भने लक्ष्मी पोखरेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

सम्बन्धित समाचार

साना उद्योगको उत्पादन प्रर्वद्धन गर्न प्रर्दशनी, स्थानीय उत्पादनमा आकर्षण

विराटनगर । घरेलु तथा साना उद्योगले उत्पादन गरेको बस्तुको प्रर्वद्धन गर्ने उद्देश्यले एक दिने प्रर्दशनी आयोजना गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले विराटनगरमा एक कार्यक्रम आयोजना गरी प्रर्दशनी गरेको हो ।...

जीवनोपयोगी शिक्षा दिनुपर्नेमा प्रधानमन्त्रीको जोड

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयहरूले जीवनोपयोगी र गुणस्तरीय शिक्षामा जोड दिनु पर्ने बताएका छन् । पुर्वाचल विश्व बिद्यालयको ११ औं दिक्षान्त समारोहलाई आइतबार सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।उनले विश्वविद्यालय र शैक्षिक...

विद्युतीय सवारी साधन आयातमा बढाइएको कर छुट हुँदैन : अर्थमन्त्री

काठमाडाैं, १९ जेठ-अर्थमन्त्री युवराज खतिवडाले विद्युतीय सवारी साधन आयातमा बढाइएको कर छुट गर्न सांसदहरूले गरेकाे प्रस्ताव अस्वीकार गरेका छन् ।बजेटमा अर्थमन्त्री खतिवडाले विद्युतीय सवारी साधन आयात गर्दा लाग्ने कर बढाएपछि  सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले त्यस्ताे कर...

काठमाडौंमा १५ हजार ८ सय ६३ जना सक्रिय संक्रमित

काठमाडौं, १८ कात्तिक-काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८ सय १९ जना पुरुष र ६ सय...

पोखरा महानगरले दियो कास्कीका ४ गाउँपालिकालाई पीपीई

पोखरा, २ वैशाख-पोखरा महानगरपालिकाले कास्कीका ४ वटै गाउँपालिकालाई स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री पीपीई प्रदान गरेको छ । पोखरा महानगरपालिकाले रूपा, मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकालाई १०/१० थान पीपीई मंगलबार प्रदान गरेको हो ।...

मौद्रिक नीति : कोरोना प्रभावित व्यवसायलाई विशेष सम्बोधन, शेयर धितो यथावत

काठमाडौं, साउन २९ । कोरोनाबाट असर परेको उद्योग व्यवसायलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज मौद्रिक नीति सार्वजनिक गर्दै कोरोनाको...

कोशी अस्पतालमा बेथीति : नाम तोकेर डाक्टरनै पढाउँछन् दोब्बर शुल्क असुल्ने डाइग्नोष्टिक सेन्टरमा विरामी

विराटनगर । विराटनगर– १२ बखरीका ३८ वर्षीय श्याम ऋषिदेवको सोमबार एक्कासी पिसाब रोकिएपछि कोशीको आकस्मिक कक्षमा लगिएको थियो । उपचारमा खटिएका थिए, मेडिकल अपिसर डाक्टर तुलसी गोइत । उनले विरामीको सामान्य स्वास्थ्य जाँच गरेपछि भिडियो...

बुद्धोदय सहकारीद्धारा राहत कोषबाट एक लाख वितरण

विराटनगर । विराटनगर – ३ स्थित बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाले एक जना सेयर सदस्यको परिवारलाई मृत्यु राहत कोषबाट राहत रकम एक लाख रुपैयाँ वितरण गरेको छ ।सेयर सदस्य बुढीगंगा गाउँपालिका – १ की...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्