अखिल क्रान्तिकारीले आगजनी घटनाको जनायो विरोध

 न्यूज विराट
अखिल क्रान्तिकारीले आगजनी घटनाको जनायो विरोध

विराटनगर । अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पस कमिटिले विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा स्थापना गरेको निर्वाचन कार्यालयमा भएको आगजनीको घटनाप्रति कडा विरोध जनाएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा अखिल क्रान्तिकारीका प्रतिनिधिहरूले यस घटनालाई गैरकानुनी र निन्दनीय बताएका छन् ।
चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको लागि स्थापना गरिएको निर्वाचन कार्यालयमा बुधबार नेबिसंघका विद्यार्थी नेताहरूले आगजनी गरेको आरोप लगाइएको छ। आगजनीका साथै नेबिसंघका विद्यार्थीहरूले निर्वाचन अधिकृत डा. शुशिल कुमार अधिकारीलाई कोठामा थुनेको समेत बताइएको छ। घटनापछि प्रहरीले आगजनीमा संलग्न विद्यार्थीहरूलाई नियन्त्रणमा लिएको जानकारी दिइएको छ।

स्ववियू सभापतिका उम्मेदवार तथा अखिल क्रान्तिकारी महेन्द्र मोरङ इकाइ क्याम्पस विराटनगरका अध्यक्ष रोहित यादवले भने, ‘क्याम्पस भित्र आगजनी र निर्वाचन अधिकारीलाई कोठामा थुन्नु यो गैरकानुनी हर्कत हो। हामी आजको यस प्रकारको घटनाको घोर निन्दा र भत्र्सना गर्दछौं।’

सम्बन्धित समाचार

विराटनगर महानगरको सेवा असोज २ गतेसम्म बन्द

विराटनगर, २८ भदौ–विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र नगर प्रहरीमा कोरोना देखिएपछि महानगरको सेवा बन्द गरिएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत इन्द्रमणी पोखरेललाई कोरोना पुष्टि भएपछि जोखिम बढेको भन्दै सोमवारदेखि महानगर बन्द गरिएको हो...

प्याब्ससन स्पोर्टस मिट : फुटबलमा सनरे र हरैचा मोडल स्कुल फाइनलमा

विराटनगर । प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत प्याब्सन प्रेसिडेन्ट कप फुटबल प्रतियोगितामा मोरङको रंगेलीमा रहेको सनरे बोर्डिङ स्कुल र हरैचा मोडल स्कुल फाइनलमा पुगेको छ । सनरे स्कुल जुनियरतर्फबाट र हरैचा मोडल सिनियर तर्फबाट फाइनलमा पुगेको...

रतुवामाईको मकैबारीमा महिलाको हत्यामा संलग्न पक्राउ, प्रेमीले हत्या गरेको खुलासा

विराटनगर, ४ असार । मोरङको कानेपोखरीकी सरिता सोरेनको हत्या उनकै प्रेमीले गरेको रहस्य बाहिर आएको छ । घटना घटेको करिब डेढ महिना पछि प्रहरीले सरिताको हत्यामा संलग्न ३१ वर्षीय रतुवामाई–६ का सुफल हस्दालाई पक्राउ गरेसँगै...

हाँस्य कलाकार शम्भुराज थापाको निधन

काठमाडौं, ५ भदौ । वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको कलाकार जीवन थापाले बताए । एक महिनाअघि कोरोना सक्रमित भएका थापालाई पाटन...

स्पार्क हस्पिटलको वार्षिकोत्सवमा रक्तदान र स्वास्थ्य शिविर, १ सय बढी विरामीले गरे परीक्षण

विराटनगर । विराटनगरमा रहेको स्पार्क नेचुरोप्याथी एण्ड फिजियोथेरापी हस्पिटलले सातौँ वार्षिकोत्सवको अवसर पारेर खुल्ला रक्तदान र स्वास्थ्य शविर आयोजना गरेको छ । हस्पिटल परिसरमा आइतबार स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजना गरेको हो । स्वास्थ्य...

प्रदेश-१ मा ८ हजारमा कोरोना परीक्षण

मोरङ, २३ वैशाख-प्रदेश-१ मा द्रुत परीक्षण विधि (आरडीटी) र ल्याबमा गरिने परीक्षणबाट आजसम्म ८ हजार ३५ जनाको नमुना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ...

कोरोना संक्रमणको डर हराउँदै गएकोमा स्वास्थ्य मन्त्रालयको चिन्ता

काठमाडौं, १५ असार-नेपालमा सबैले लकडाउन खुलेको महसुस गरेर भीडभाड गराएको प्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिन्ता व्यक्त गरेको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमित लगातार बढिरहेको समय सांस्कृतिक क्रियाकलापहरू विवाह, भोज, भतेर गरेर भीडभाड बढाएको...

केन्याविरुद्ध लगातार दोस्रो जितको खोजीमा नेपाल

नेपालले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा आज (शुक्रबार) केन्यासँग प्रतिस्पर्धा गर्दैछ । बिहीबार भएको पहिलो खेलमा नेपालले घरेलु टिम केन्यालाई पाँच विकेटले पराजित गरेको थियो । नेपाल लगातार दोस्रो जितको खोजीमा छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्