हिसान कोशी क्रिकेटको उद्घाटन खेलमा अरनिको र ग्रिनल्याण्ड कलेज विजयी

 न्यूज विराट
हिसान कोशी क्रिकेटको उद्घाटन खेलमा अरनिको र ग्रिनल्याण्ड कलेज विजयी

विराटनगर । हिसान कोशीको आयोजना तथा हिसान मोरङको सम्योजकमा विराटनगरमा प्रथम कोशी प्रदेश स्तरिय अन्तर क्रिकेट प्रतियोगिता सोमबारदेखि शुरु भएको छ । विराटनगरको वैजनाथ क्रिकेट मैदानमा सोमबार भएको खेलमा विराटनगरको अरनिको कलेज र ग्रिनल्याण्ड कलेज विजयी भई सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो खेलमा अरनिको कलेजले इनरुवाको स्मल हेभेन एकाडेमीलाई ८३ रनको फराकिलो अन्तरले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय २५ रनको स्कोर बनाएको थियो । अरनिकोका जितमा महमद आलमले ३५ रन बनाउँदा अमन यादव २६ रनमा अविजित रहे । स्मल हेभेनका समिम मन्सुरीले ३ विकेट लिए । १ सय २६ रनको लक्ष्य पछ्याएको स्मल हेभेनले १३ दशमलव ३ बलमा सवै विकेट गुमाई ४२ रनमा सिमित भयो । स्मल हेभेनकालागि दुवे यादवले सर्वाधिक १२ रनको योगदान दिए । अरनिकोका प्लेयर अफ म्याच अमन यादवले ४ विकेट लिए ।

दोस्रो खेलमा ग्रिनल्याण्ड कलेजले दमकको आस्था कलेजलाई १ विकेटले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको आस्थाले निर्धारित २० ओभरको खेलमा १९ दहमल २ बलमा सवै विकेट गुमाई ९६ रनको स्कोर बनाएको थियो । आस्थाका भुपाल दैगालले सर्वाधिक २६ रनमा अविजित रहे । ग्रिनल्याण्डका का प्लेयर अफ म्याच गौरीशंकर माझीले ४ विकेट लिए ।

९७ रनको लक्ष्य पछ्याएको ग्रिनल्याण्डले १९ दशमलव ३ बलमा १ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो । ग्रिनल्याण्डको जितमा सन्दिप शर्माले सर्वाधिक २५ रनको योगदान दिए । आस्थाका सुयोग भट्टराईले ४ विकेट लिए । फागुन २८ गतेसम्म प्रतियोगितामा कोशी प्रदेशका मोरङ, सुनसरी र झापाका गरि ६ टिम सहभागि रहेको हिसान कोशीका अध्यक्ष ज्ञानबहादुर खडकाले बताए । सहभागि ३ जिल्लाबाट हिसान फाइनल खेलेका कलेजले प्रतियोगितामा सहभागि हुन पाउँने छन् । प्रतियोगिताको हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोख।ेल एम्पायर भास्कर अर्याललाई क्रिकेट बल दिएर उद्घाटन गरे ।

सम्बन्धित समाचार

कटहरीका १९ सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै

विराटनगर । मोरङको कटहरी गाउँपालिका भित्र रहेको सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाएर शिक्षण सिकाइ उपलब्धीमूलक बनाउन गाउँपालिका लागि परेको छ ।प्रविधिको उपयोग गर्दै विद्यालयको शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन गाउँपालिका भित्र रहेको १९ वटा सामुदायिक विद्यालयलाई प्रविधिको...

सुनसरीका दुई युवाले साईकल चढेर गरे अयोध्याको यात्रा, हिन्दु स्वयंसेवकद्धारा सम्मान

विराटनगर । सुनसरी दुहबीका विश्व हिन्दु परिषद, युवा विभागका दुई युवा अभिशेख कुमार मण्डल र ओम प्रकाश विकले साइकल चढेर भारतको अयोध्याको दर्शन गरेका छन् । उनीहरुले अयोध्या दर्शनको लागि ८ दिन अगाडि दुहबीबाट साईकलमा...

विराटनगरमा च्याम्पियनस कराते एकेडेमी संचालनमा

विराटनगर । विराटनगर ७ जलजला चोकको दाडेवाल गल्लीमा च्याम्पियनस कराते एकेडेमी संचालनमा आएको छ । कराते खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले एकेडेमी संचालनमा आएको हो । बालबालिकालाई आत्मरक्षा कला सिकाउनुका साथै उनीहरुलाई कुशल खेलाडी बनाउँदै अन्तर्राष्ट्रिय...

कांग्रेसको निष्कर्ष : गठबन्धन छुटाएर भएपनि एमसीसी अनुमोदन

काठमाडौं, माघ २७ । नेपाली कांग्रेसले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्नुपर्ने निश्कर्ष निकालेको छ ।ेबिहीवार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले एमसीसी देशको पक्षमा रहेको निश्कर्ष निकालेको नेता डा. शशांक...

जागरण अभियान चलाउने तेली अगुवाको प्रतिवद्धता

विराटनगर । तेली कल्याण समाजमा आवद्ध भएका अगुवाहरुले शहरदेखि गाउँसम्म जागर अभियान चलाउने प्रतिवद्धता जनाएका छन् । उनीहरुले सचेतना अभियानसँगै कानुन र नेतृत्व विकासको लागि जागरण अभियान सुरु गर्ने प्रतिवद्धता जनाएका हुन् । तेली कल्याण...

देशभर थपिए ४४९९ कोरोना संक्रमित, काठमाडौं उपत्यकामा मात्र २७२० संक्रमित

काठमाडौं ७ कात्तिक-पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४ सय ९९ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमूना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि भएको...

बुटवलमा १ सय ५ जनाले छाडे कांग्रेस

रुपन्देही । गठबन्धनसँग असन्तुष्ट रहेका बुटवलका १ सय ५ जना कांग्रेसका युवाहरूले सामूहिक राजीनामा दिएका छन् । बुटवल कांग्रेसको बलियो संगठन रहे पनि माओवादीलाई अनावश्यक स्थान दिएको भन्दै यसरी राजीनामा दिएको उनीहरूको भनाइ छ ।...

मन्त्री घिमिरेद्धारा योजनाको साप्ताहिक अनुगमन

विराटनगर, ३ साउन–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्नो निर्वाचन क्षेत्रमा साप्ताहिक रुपमा योजनाको अनुगमन अगाडी बढाएका छन् । हरेक साताको शनिबार उनले मोरङ निर्वाचन क्षेत्र नं. ४ (ख) मा निर्माण भईरहेका, सम्पन्न...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्