भव्य भयो ग्रेडेड स्कुलको ३० औं वार्षिकोत्सव

 न्यूज विराट
भव्य भयो ग्रेडेड स्कुलको ३० औं वार्षिकोत्सव

विराटनगर । विराटनगरमा रहेको ग्रेडेड बोर्डिङ स्कुलले ३० औं वार्षिकोत्सव मनाएको छ । स्कुल परिसरमा शनिबार विभिन्न कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमको प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय समिति मोरङका प्रमुख जीवन गड्तौलाले विद्यार्थीहरुलाई सिप र संस्कारसहितको गुणस्तरीय शिक्षा दिएर विद्यालय अगाडी बढनुनपर्ने बताए । व्यवहारिक शिक्षासँगै विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाको खाचो रहेको उनले बताए । प्रविधिको विकाससँगै आजको आवश्यक रोजगारमुखी शिक्षा भएको उनको भनाई थियो ।
कार्यक्रममा विद्यालयका अध्यक्ष केशवलाल सिंह सुवालले स्थापनाकालदेखि ग्रेडेड स्कुलले गुणस्तरीय शिक्षा प्रदान गरेर देशको लागि योग्य जनशक्ति उत्पादन गरेर अगाडी बढेको बताए । त्यसैगरी विद्यालयका प्रिन्सिपल प्रेमलालसिंह सुवालले गुणस्तरीय शिक्षा प्रदानमा कुनै पनि कसुर बाँकी नराखेको बताए । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापहरुमा पनि विद्यालय अगाडी रहेको बताए । हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले विद्यार्थीहरुलाई भयरहित बातवरणमा सिप र संस्कारसहित रोजगारमुखी शिक्षा प्रदान गरेर अगाडी बढनुपर्ने बताए ।
कार्यक्रममा प्याब्सन मोरङका उपाध्यक्ष विष्णु डंगोल, नगर अध्यक्ष अर्जुन श्रेष्ठ, विभिन्न विद्यालयका प्रिन्सिपलगायतका उपस्थिती रहेको थियो । सोही अवसरमा विद्यार्थीहरुले सांस्कृतिक नृत्य, गीत प्रस्तुत गरी सहभागि भएका अभिभावक, अतिथि, शिक्षक र विद्यार्थीहरुलाई दिनभरी रमाइलो प्रदान गरे ।
त्यसैगरी विद्यार्थीहरुले विज्ञान प्रर्दशनी समेत गरेका थिए । उनीहरुले बनाएको विभिन्न बस्तुहरु प्रर्दशनीमा राखेका थिए ।

सम्बन्धित समाचार

सुक्खा पहाड खनेर निकालियो खानेपानी, फर्किए बसाइँ सर्ने गाउँले

खानेपानी अभाव भएपछि इलाम नगरपालिका–११ सोयाकमा पहाड खनेर पानी निकालिएको छ । सुक्खाग्रस्त क्षेत्रमा पानीको हाहाकार भएपछि बसाइँ सर्नेको सङ्ख्या बढेको थियो । नगरले डिप बोरिङमार्फत जमिन खनेर पानी निकालेपछि बसाइँ सर्ने फर्किन थालेका छन्...

रोटरी क्लब अफ विराटनगर डाउटाउनले मस्तिष्क पक्षघात पीडीत बालबालिकासँग मनायो ३० औं अन्तराष्ट्रिय अपाङ्गता दिवस

विराटनगर, १९ मंसिर । विभिन्न सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डानटाउनले अपाङ्गता भएका व्यक्तिहरुको ३० औं अन्तराष्ट्रिय दिवस मस्तिष्क पक्षघातबाट पीडीत भएका बालबालिकाहरुसँग मनाएको छ । मस्तिष्क पक्षाघातबाट पीडीत बालबालिकाहरुलाई विराटनगरस्थित पिटर प्यान...

काठमाडौंपछि सबैभन्दा बढी कोरोना परीक्षण जुम्लामा

जुम्ला, १ असार-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण भए/भएको पत्ता लगाउन पिसिआर परीक्षणको दायरा बढाउँदै गएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाडौंपछि सबैभन्दा बढी कोरोना परीक्षण जुम्लामा भएको...

सोमबार थप ३१४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ हजार ७६२ पुग्यो

काठमाठौं, २६ जेठ-सोमबार थप ३ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा सोमबार थप ३ सय १४ जनामा...

भव्य भयो अर्किड स्कुलको वार्षिक उत्सव

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले सबैको रोजाइमा परेको विराटनगरस्थित अर्किड स्कुलले वार्षिक उत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । शनिबार स्कुल परीसरमा दिनभरी विभिन्न कार्यक्रम आयोजना गरी वार्षिक उत्सव मनाएको हो ।...

छात्राहरुका लागि महिनावारी स्वच्छता सम्वन्धी सचेतना

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले छात्राहरुका लागि महिनावारी स्वच्छता सम्वन्धी सचेतनामुलक कार्यक्रम आयोजना गरेको छ । क्लबले जहदा गाउँपालिकास्थित बुधनगर स्कुलमा अध्ययनरत छात्राहरुका लागि महिनावारी स्वच्छता सम्वन्धी सचेतनामुलक कार्यक्रम आयोजना गरेको हो । ...

सूर्य थापाको टिप्पणी : सर्वोच्चको आदेश विरोधाभाषपूर्ण र आश्चर्यजनक

काठमाडौं, ९ असार । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्च अदालतले आफ्नै नजिरविपरीत आदेश दिएको बताएका छन् । मंगलबार सर्वोच्च अदालतले ओलीले गरेको मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा अन्तरिम आदेश दिँदै २० मन्त्रीलाई काम गर्न रोक...

‘प्राकृतिक भन्दा मानवीय कारणले विपद्को जोखिम बढ्दो’

विराटनगर,८ असार । प्राकृतिकले भन्दा मानवीय कारणले मुलुकमा विपद्को जोखिम वृद्धि भैरहेकोले यसतर्फ सबैले ध्यान दिनु पर्ने सहभागीहरुले सुझाव दिनु भएको छ। उहाँहरुले विपद कोष रकमलाई रोकथामका लागि प्रयोग गर्नुपर्ने धारणा राख्नु भयो । गृह...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्