हिमालय दर्शन कलेजमा शेफ प्रतियोगिता, विराट विक्टोरियाले जित्य उपाधि
शुक्रबार, २३ फागुन, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजले अन्तर–कलेज शेफ प्रतियोगिता आयोजना गरेको छ । कलेज परिसरमा शुक्रबार शेफ प्रतियोगिता गरेको हो । उक्त प्रतियोगिताको प्रथम विराट विक्टोरिया मेमोरियल स्कुल, द्धितीय सुकुना सेकेण्डरी स्कुल र तृतीय ब्राइट फ्यिूचर सेकेण्डरी स्कुल भएको छ । प्रतियोगिताको प्रथम, द्धितीय र तृतीय हुने विद्यालयले क्रमशः नगद २५ हजार, १५ हजार र १० हजार रुपैयाँ र ट्रफि हात पारे । कलेज प्रमुख भरत सापकोटाका अनुसार विराटनगरका १० वटा कलेजबाट ४० जना विद्यार्थीहरूले प्रतियोगितामा सहभागिता जनाएका थिए। प्रत्येक कलेजबाट चार–चार जना विद्यार्थीहरूको समूहले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको निर्णायकहरूमा सेफ एसोसिएसन नेपालका पूर्व अध्यक्ष श्री राम अधिकारी र नेथमको बिएचएम कोर्डिनेटर विपिन नेपाल रहेका थिए । ‘हामीले हस्पिटालिटी क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्न र उनीहरूलाई व्यावहारिक अनुभव प्रदान गर्न यो प्रतियोगिता आयोजना गरेका हौं,’ कलेज प्रमुख भरत सापकोटाले भने । ‘आज विद्यार्थीहरूले देखाएको कौशल र सिर्जनशीलता अत्यन्त प्रभावशाली थियो,’ उनले भने । प्रतियोगितामा विद्यार्थीहरूलाई साढे दुई घण्टाको समयावधि दिइएको थियो, जसमा उनीहरूले स्थानीय सामग्रीहरूको प्रयोग गरेर अद्वितीय परिकारहरू तयार गरे । निर्णायक मण्डलले स्वाद, प्रस्तुति, सिर्जनशीलता र समयको प्रभावकारी प्रयोगलाई मूल्याङ्कनको आधार बनाएर उत्कृष्ट विद्यालय छनौट गरिएको निर्णायक श्री राम अधिकारीले बताए । मेरिल्याण्ड कलेजका निर्देशक शैलेन्द्र शिवाकोटीले यस्ता प्रतियोगिताहरूले विद्यार्थीहरूलाई रोजगारी बजारमा प्रवेश गर्नुअघि व्यावहारिक अनुभव प्रदान गर्ने बताए । विजेता टिमका सदस्य विद्यालयले हाम्रो लागि अविश्वसनीय अनुभव रहेको बताए । हामीले सिकेका सिद्धान्तहरूलाई व्यवहारमा उतार्न पाउँदा धेरै आत्मविश्वास बढेको विद्यार्थीहरु बताउँछन् । हिमालय दर्शन कलेजका कार्यक्रम संयोजक अन्जु भुजेलले आगामी दिनमा यस्ता प्रतियोगिताहरू नियमित रूपमा आयोजना गरिने बताइन् । ‘हामी विद्यार्थीहरूलाई उद्योगको मापदण्ड अनुरूप तयार गर्न प्रतिबद्ध छौं,’ उनले भनिन्, ‘यस्ता प्रतियोगिताहरूले व्यावसायिक सञ्जाल विस्तार गर्न र सिकाइलाई मजबुत बनाउन मद्दत गर्छन् ।’
विराटनगर । नारदमुनि÷पवित्रादेवी लुइँटेल स्मृति कोषद्वारा स्थापित झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार २०७८ बाट विराटनगरका पत्रकार अभकुमार राई पुरस्कृति हुने भएका छन् । मंगलबार बसेको कोषको बैठकले नेपाल पत्रकार महासंघ मोरङका कोषाध्यक्ष तथा मकालु टेलिभिन...
काठमाडौं, १ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७९ साल आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज...
कोलोम्बो, १८ मङ्सिर-घातक भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन श्रीलंकामा पनि देखिएको छ । पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको यस भाइरसका संक्रमित श्रीलंकामा पनि देखिएको बताइएको हो । श्रीलंकाको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको...
विराटनगर । विराटनगर – १६ मा रहेको गौतम बुद्ध स्कुलमा गौतम बुद्ध स्पोर्ट्स मिट सुरु भएको छ । स्कुल परिसरमा बिहीबारदेखि दुई दिने स्पोर्ट्स मिट सुरु भएको हो ।स्पोर्ट्स मिट सुरु हुनुभन्दा अगाडी विद्यार्थीहरुले वृहत...
विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटललाई विगत दुई दशकदेखि सफल नेतृत्व प्रदान गर्दै आएकी अस्पतालका कार्यकारी निर्देशक अनिशा विष्टले अन्तर्राष्ट्रिय रुपमा सम्मान प्राप्त गरेकी छिन् । उनलाई मलेसियामा आयोजित एक कार्यक्रममा मानार्थ विद्या...
विराटनगर, चैत ११–कतारबाट एक हप्ता अगाडी नेपाल आएका दुई जना युवामा विराटनगर स्थित कोशी अञ्चल अस्पतालले कोरोना भाइरस (कोभिड—१९) को संक्रमण आशंका गरेको छ । चैत ३ गते कतारबाट नेपाल आएका २५ वर्षिय नेपाली दुइ...
काठमाडौं, १७ मंसिर-१५ मंसिर मध्याह्न काठमाडौंको सडकमा चर्को नारा उर्लियो, ‘राजा आऊ, देश बचाऊ ।’ यो नारा विराटनगर, बुटवल, धनगढी, पोखरा, हेटौँडा हुँदै काठमाडौं भित्रिएको हो । यी सबै सडक आन्दोलनमा राजनीतिक दलहरूको घोषित संलग्नता...
विराटनगर । भरौल भेट्रान्स क्लब सुनसरी विराटनगरमा जारी १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा बुधवार भएको खेलमा मिल्स भेट्रान्स क्लब ‘ख’ विराटनगरलाई...