कोशी खेलकुद महोत्सवको तयारी पूरा, एक दर्जन खेल समावेश

 न्यूज विराट
कोशी खेलकुद महोत्सवको तयारी पूरा, एक दर्जन खेल समावेश

विराटनगर । प्रथम कोशी खेलकुद महोत्सव – २०८१ को तयारी पूरा भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आइतबार पत्रकार सम्मेलन गर्दै फागुन १३ गते देखि १८ गते सम्म संचालन हुने खेल महोत्सवको तयारी पूरा भएको जानकारी गराएको हो ।
खेलकुद महोत्सवमा कोशी प्रदेशका १४ वटै जिल्लाका खेलाडीको सहभागिता हुने कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) ले जानकारी दिए । नियमित खेलकुद प्रतियोगिताले खेलाडीको प्रतिभामा निखार ल्याउने उनले बताए । खेल गतिनै खेलाडीको प्रगति हो भन्ने मान्यता साथ खेलकुद विकास बोर्डले प्रतियोगिताहरु गर्दै आएको बस्नेतले बताए ।
कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईले प्रदेश सरकारले खेलकुदलाई प्राथामिकतामा राखेको बताए । कोशी प्रदेशलाई १० औं राष्ट्रिय खेलकुद प्रतियोगितामा अधिक पदक जित्न सहयोग पुग्ने उद्देश्यले यो खेलकुद महोत्सवको गरिएको बताए । राईले नियमित खेलकुद प्रतियोगिताले खेलाडीको जीवन निर्वाहमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘खेलाडीले खेलेरै जीवनयापन गर्न सक्ने अवस्था सिर्जना गर्न सबैपक्ष लाग्नु पर्दछ,’ उनले भने ।
महोत्सवमा प्रदेशस्तरीय महिला फुटबल , महिला तथा पुरुष दौड , महिला तथा पुरुष कब्बड्डी , भेट्रान बाघचाल , महिला तथा पुरुष टेबलटेनिस , महिला तथा पुरुष बुद्धिचाल , महिला तथा पुरुष कराते , महिला तथा पुरुष तेक्वान्दो र पुरुष सफ्टटेनिस र डोरीतान लगायतको खेलकुद प्रतियोगिता समावेश छन् । महोत्सव आयोजना गर्न झन्डै १ करोड ७८ लाख खर्च हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार

पर्यटन केन्द्रित १३ औँ चितवन महोत्सव

चितवन, ४ मङ्सिर-तेह्रौँ संस्करणको चितवन महोत्सव पर्यटन केन्द्रित हुने भएको छ । पुस २५ गतेदेखि नारायणी नदी किनार नारायणगढमा सुरु हुने महोत्सव पर्यटनलाई केन्द्र बिन्दुमा राखेर गर्न लागिएको आयोजकले जनाएको छ । कोभिड महामारीका कारण...

आम्दानी घटेका सबै प्रकृतिका श्रमिकको कष्टकर जीवनप्रति दुःखी छुः प्रधानमन्त्री ओली

काठमाडौं, १९ वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण उद्योग/व्यवसाय बन्द हुँदा आम्दानी घटेका कार्यरत श्रमिककाे कष्टकर जीवनप्रति आफू दुःखी भएको बताएका छन् । १३१औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री...

ओलीको कदमविरुद्ध सवै एक जुट हुनुपर्छ:बाबुराम भटटराई

विराटनगर, २४ माघ । प्रधानमन्त्री केपी शर्माओलीले अहिलेको परिवर्तन पहिला देखि नै नचाहेकाले संसद विघटन गरेर यो व्यावस्था लाई तहसनहस बनाएको जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भटटराईले बताएका छन्...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३१५ संक्रमित थपिए, ३५० डिस्चार्ज

विराटनगर, २१ कात्तिक–प्रदेश १ मा ३१५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय २३, सुनसरीमा ८९, झापामा ७६, तेह्रथुममा छ, इलाम, धनकुटा र भोजपुरमा तीन÷तीन, उदयपुरमा दुई, ताप्लेजुङ, ओखलढुङ्गा र संखुवासभामा एक÷एक र...

बास्केटबलको उपाधि विकेभीएम र अरनिलाई

विराटनगर । पाँचौ संस्करणको विद्यालयस्तरीय विराटनगर बास्केटबल प्रतियोगिताको उपाधि बिकेभिएस र अरनीको स्कुलले जितेको छ । एभरेष्ट स्कुलको बास्केटबल कोर्टमा आइतबार सम्पन्न भएको फाइनलमा पुरुषतर्फ विकेभीएम र महिलातर्फ अरनिको स्कुलले उपाधि जितेको हो ।पुरुषतर्फको फाइनल...

नेपालमा कोरोना परीक्षणको संख्या ४ हजार नाघ्यो

काठमाडौं, २९ चैत=कोरोना भाइरस संक्रमणको आशंकामा गरिएको नमुना परीक्षणको संख्या ४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ४ हजार ४ सय २६ जनाको कोभिड-१९ सम्बन्धी नमुना परीक्षण गरिएको छ । मन्त्रलायलको...

कोरोनाबाट नेपालमा थप १ जनाको मृत्यु

काठमाडौं, ८ साउन-पर्साको वीरगञ्जमा ६ साउनमा मृत्यु भएका ७० वर्षीय वृद्धमा कोरोना भाइरस पोजिटिभ देखिएको छ । नारायणी अस्थाई कोभिड अस्पताल गण्डकको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएका वीरगञ्ज महानगरपालिका-६ का ती वृद्धको कोरोना परीक्षण गर्दा...

आज १ हजार ५ सय ७३ जनामा कोरोना संक्रमण

काठमाडौं, ११ असोज-गत २४ घण्टामा नेपालमा १ हजार ५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार १ सय २३ को पीसीआर गर्दा आज १ हजार ५ सय ७३ जनामा कोरोना पुष्टि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्