स्काउट क्याप उद्घाटन

 न्यूज विराट
स्काउट क्याप उद्घाटन

विराटनगर। विनायक बोर्डिङ सेकेण्डरी स्कुलको विनायक स्काउट ट्रुपद्वारा आयोजित स्काउट एक रात दुई दिनको क्याम्प २०८१ को आज उद्घाटन भएको छ।

स्काउटिङ मार्फत शान्ति र एकता भन्ने मूल नाराका साथ आयोजित यस क्याम्पको उद्घाटन प्रमुख अतिथि प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले गरे । स्काउटिङले युवाहरूलाई अनुशासन, एकता र सामाजिक सेवाको भावना सिकाउने अध्यक्ष श्रेष्ठले बताए। उनले स्काउट क्याम्पले विद्यार्थीहरूलाई नेतृत्व क्षमता विकास गर्न र सामाजिक जिम्मेवारी बोध गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

कार्यक्रममा प्याब्सन विराटनगरका उपाध्यक्ष अशोक लामा, समाजसेवी अमृत गुरुङ, सामाजिक अभियन्ता दीपक कर्णलगायतले स्काउटिङको महत्व र यसले समाजमा पार्ने सकारात्मक प्रभावबारे प्रकाश पारे।

३४ जना विद्यार्थी सहभागि रहेको क्याम्प आज राती क्याम फायर हुने छ । शनिबार विद्यार्थीहरूले विभिन्न स्काउटिङ गतिविधिहरूमा सहभागिता जनाउँने छन्।

विनायक स्काउट ट्रुपले आयोजना गरेको यस स्काउट क्याम्पले विद्यार्थीहरूमा आपसी सहयोग, एकता र अनुशासनको भावना विकास गर्ने लक्ष्य राखेको स्कुलका संस्थापक निर्देशक कमलेश ठाकसरले बताए ।

सम्बन्धित समाचार

अर्थमन्त्री डा.युवराज खतिवडाले दिए राजीनामा

काठमाडौं, १९ भदौ-अर्थमन्त्री डा.युवराज खतिवडाले राजीनामा दिएका छन् । अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् ।राजीनामा दिनुअघि उनलाई अर्थमन्त्रालयमा बिदाई गर्ने कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा सहभागी भएर उनले प्रधानमन्त्री...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनले गरायो बहिरा माध्यामिक विद्यालयका २०० विद्यार्थीलाई मिष्ठान्न भोजन

विराटनगर, ३ पुस । निरन्तर विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगरले २०० जनालाई भिष्ठान्न भोजन गराएको छ । क्लबले ‘भोकालाई खाना देउ’ अभियान अन्तर्गत विराटनगरस्थित विराट बहिरा माध्यामिक विद्यालयमा अध्ययनरत २०० सय...

पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त

एजेन्सी, २७ चैत । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव पारित भएको छ । शनिबार मध्यरातमा संसदमा भएको मतदानमा खानले विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका छन् । इमरान खान अविश्वासको मतबाट...

भारतमा दैनिक कोरोना संक्रमितको संख्या तीन लाखबाट घट्यो

एजेन्सी, ३ जेठ । कोरोना भाइरस महामारीको दोस्रो लहरबाट ठूलो मानवीय संकट झेलिरहेको भारतमा विगत २४ घण्टामा थप दुई लाख ८१ हजार ३६८ जना संक्रमित थपिएका छन् । यो संख्या गत अप्रिल २१ तारिख पछिकै सबैभन्दा...

अब इन्टरनेटविनै ह्वाट्सएप चल्ने

एजेन्सी, २४ कात्तिक । सोसल मेसेजिङ प्लाटर्फम ह्वाट्सएपले एक नयाँ फिचर प्रयोगकर्तामाझ ल्याउँदैछ । उक्त फिचरसँगै प्रयोगकर्ताले इन्टरनेटविना नै ह्वाट्सएप चलाउन पाउनेछन् । यसमा प्रयोगकर्ताले ह्वाट्सएपलाई कुनै डिभाइसमा जोड्नका लागि स्मार्टफोनमा अनलाइन राख्नु आवश्यक पर्ने...

बुढीगंगामा करेन्ट लागेर १ जनाको मृत्यु

विराटनगर, असार ७–मोरङ बुढीगंगा–५ दिपुटोल बस्ने २५ बर्षीय सन्तोष महतोको करेन्ट लागेर मृत्यु भएको छ । आज दिउसो साढे १ बजे बिराटनगर–६ स्थित स्टर्न कोल्ड स्टोरमा वेल्डिङ गर्ने क्रममा महतोको करेन्ट लागेर मृत्यु भएको छ...

मत बदर हुन नदिन विराटनगरमा नमुना मतदान

विराटनगर । अपाङगता भएका व्यक्तिहरूले बदरमत कम गर्ने लक्ष्य र मतदातालाई सहजताका लागि विराटनगरमा नमुना मतदान कार्य सम्पन्न भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्ने गरी नेत्रहिन...

करसम्बन्धी सरकारको भ्याकेट निवेदन सर्वोच्चद्वारा खारेज

काठमाडौं, १ असार-सर्वोच्च अदालतले लकडाउन खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था मिलाउन दिएको अन्तरिम आदेश खारेजीका विरुद्ध सरकारले ल्याएको भ्याकेट (पुनरावलोकन निवेदन) खारेज गर्ने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्