पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त

 न्यूज विराट
पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त

एजेन्सी, २७ चैत । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव पारित भएको छ । शनिबार मध्यरातमा संसदमा भएको मतदानमा खानले विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका छन् । इमरान खान अविश्वासको मतबाट पदमुक्त हुने देशका पहिलो प्रधानमन्त्री बनेका छन् ।

मतदानमा ‘अन्तिम बलसम्म’ संघर्षरत खानको विपक्षमा १७४ मत परेको थियो र प्रस्ताव बहुमतले पारित भएको थियो । नयाँ प्रधानमन्त्री चयनका लागि आइतबार दिउँसो २ बजे संसद बैठक बस्नेछ ।

यसअघि ६९ वर्षीय खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावलाई उपसभामुखले मतदानको दिन खारेज गरिदिएका थिए । आफूविरुद्धको प्रस्ताव खारेज भएपछि प्रधानमन्त्रीले तत्काल संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।

सर्वोच्च अदालतले बिहीबार एक फैसलामा संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंबैधानिक भएको ठहर गरेको थियो । सर्वोच्चको आदेशपछि विपक्षीले आक्रोशित बनेका थिए । केहीले प्रधानमन्त्रीलाई देशद्रोहको आरोप लगाएका थिए ।

खानको पार्टी पीटीआईका सदस्यहरूले उनी अन्तर्राष्ट्रिय षड्यन्त्रको शिकार भएको दाबी गरेका छन् । यसअघि खानले अमेरिकाले आफूविरुद्ध षडयन्त्र गरेको आरोप लगाएका थिए ।

सम्बन्धित समाचार

जनकपुरधाम उपमहानगरको मूलद्वारमा फोहोर फालेर विरोध

जनकपुरधाम, ६ साउन-जनकपुरधाम उपमहानगरपालिकाको मुख्य बजार नै फोहोरको ढंगुर बनेपछि स्थानीय युवाले नगरको फोहोर उठाएर उपमहानगरको मूल ढोकामा थुपारेका छन् । उनीहरूले नगर क्षेत्रको फोहोरहरू ट्याक्टरमा संकलन गरेर कार्यालय परिसर अगाडि थुपारेर विरोध प्रदर्शन गरेका...

प्रतिनिधिसभा विघटनबारे सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं, १० पुस-प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । साथै सर्वोच्चले प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयसँग प्रतिनिधिसभा विघटन निर्णयको सक्कल फाइल माग गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका दर्जनबढी रिटमाथि...

३ दिन हावाहुरीसहित वर्षा, सतर्कता अपनाउन मौसमविद्को अनुरोध

काठमाडौं, ६ वैशाख-स्थानीय वायुको प्रभावका साथै पश्चिमी वायुको प्रभावका कारण आगामी ३ दिनसम्म मौसम बदली गराउनुका साथै देशका कतिपय भू–भागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

ढुंगाले किचेर १ जनाको मृयु

विराटनगर, १६ मंसिर । संखुवासभा चिचिला गाँउपालिका ३ सोलाखानी स्थितमा ढुंगाले किचेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अरुण तेस्रो जलबिधुत आयोजनामा काम गर्ने कामदार भारत मध्य प्रदेश का ४५ बर्षिय मुगेरी लाल...

अमेरिकी सिनेटद्वारा चीनसँग जवाफ माग्ने प्रस्ताव पारित 

एजेन्सी, जेठ २-अमेरिकी सिनेटले चीन सरकारले विगर अन्य मुस्लिम अल्पसंख्यकमाथि मानवअधिकार उल्लंघनका घटना भइरहेको भन्दै त्यसको जवाफ मागेको छ । सिनेटले सर्वसम्मतिले सो प्रस्ताव पारित गरेको हो । अब यो प्रस्ताव तल्लो सदनमा छलफलका लागि...

आज १ हजार ३१३ जनामा कोरोना संक्रमण

काठमाडौं, ९ असोज-गत २४ घण्टामा नेपालमा एक हजार ३ सय १३ जना कोरोना संक्रमित थपिएका छन् । १२ हजार २ सय ६२ को पीसीआर गर्दा आज देशभर एक हजार ३ सय १३ संक्रमित थपिएका हुन्...

कानुनअनुसार एसईई हुन्छ

काठमाडौं, २८ वैशाख-गत ६ चैतका लागि तोकिएको उच्च माध्यमिक शिक्षा परीक्षा (एसईई ) कोरोना भाइरसका कारण अन्तिम समयमा स्थिगित भयो । ४ लाख ८२ हजार विद्यार्थी परीक्षाको प्रतीक्षामा छन् । कहिले परीक्षा हुने हो, अन्योल...

किम जोङ–उन कहाँ छन् अमेरिकालाई थाहा छैन : पोम्पेओ

एजेन्सी, बैशाख १८-उत्तर कोरियाली नेता किम जोङ उनको पछिल्लो अवस्थाबारे अमेरिकालाई जानकारी नरहेको विदेशमन्त्री माइक पोम्पेओले बताएका छन् ।  उनले किमलाई पछिल्ला केही दिनयता नदेखेको र उनको स्वास्थ्यका बारेमा आइरहेका खबरहरु र त्यसको वास्तविकताबारे नजिकबाट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्