प्रेस सेन्टर मोरङको नवनिर्वाचित कार्यसमितिको पदस्थापन

 न्यूज विराट
प्रेस सेन्टर मोरङको नवनिर्वाचित कार्यसमितिको पदस्थापन

विराटनगर । प्रेस सेन्टर नेपाल मोरङको पाँचौ जिल्ला अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ ।
विराटनगर – १४ गोदावारी पार्कमा शुक्रबार भव्य कार्यक्रमको आयोजना गरी पदस्थापन तथा वनभोज कार्यक्रम सम्पन्न भएको हो ।
विराटनगरमा माघ १० गते सम्पन्न भएको प्रेस सेन्टर मोरङको पाँचौ जिल्ला अधिवेशनबाट नवीन कर्णको अध्यक्षतामा १५ सदस्य समिति सर्वसम्मत चयन भएका थिए । समितिको उपाध्यक्षमा श्रीमन्त भट्टराई, सन्दीप राई, सचिवमा अनिल श्रेष्ठ, सहसचिव राकेश कर्ण, हुसेन शेख, राजेश राजवंशी र कोषाध्यक्ष प्रेम देवान रहेका छन् । त्यसैगरी सदस्यहरूमा नम्रता न्यौपाने, एलिसा रायमाझी, मोहन ढकाल, माधव काफ्ले, सुरन्जन लिम्बू, जय कामत, अर्जुन लिम्बू, मर्जिना खातुन रहेका छन् ।
नवनिर्वाचित कार्यसमितिहरुलाई प्रमाणपत्र माओवादी केन्द्र मोरङका इन्चार्ज कुलबहादुर साम्बा, प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष बिवेक गौतम, निर्वाचन समितिका सदस्य तथा प्रेस सेन्टर नेपाल प्रदेशका महासचिव गोकुल पराजुलीले वितरण गर्नुभएको थियो ।

सम्बन्धित समाचार

झापामा तीन जना मृत फेला प्रकरण: विदेश पठाउने भन्दै उठाएको पैसा फिर्ता गर्न नसक्दा सामूहिक आत्महत्या

विराटनगर, ७ भदौ । झापामा एकै परिवारका तीन जना मृत फेला परेकाको मुचुल्का प्रहरीले अझै उठाउन सकेको छैन । सोमबार बिहान कनकाई नगरपालिका–१ सिर्जना टोलमा आठ महिने बालिकासहित एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा मृत फेला...

२० महिनापछि भारतको मुम्बई र बैङ्लोर उडान

सिबी अधिकारी, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले २० महिनापछि भारतको मुम्बई र बैङ्लोरमा पुनः उडान सुरु गर्न लागेको छ । कोभिड–१९ महामारीका कारण स्थगन गरिएका दुवै गन्तव्यको उडान पुनः सञ्चालनमा आउने...

हिसान खेल : विराटनगरका ८ स्कुल विजयी

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत पुरुष फुटबलमा सगरमाथा र कान्तिपुर, क्रिकेटमा विभिएम र अरनिको तथा कवडीमा अर्किड, मोडर्न एरा, कान्तिपुर र ग्रिनल्याण्ड कलेज विजयी भएका छन् । शनिबार...

विराटनगरका प्रतिष्ठित व्यापारी घरानै तिर्दैन कर, डिपिएसले तिरेन महानगरको लाखौँ कर

विराटनगर । विराटनगरका प्रतिष्ठित व्यापारी घरनाका उद्योगीहरूले प्रदेश १ को राजधानी विराटनगरमा सञ्चालन गरेको दिल्ली पब्लिक स्कुल (डिपिएस) ले लाखौँ रुपैयाँ विराटनगर महानगरपालिकालाई सम्पत्ति कर नतिरेको पाइएको छ । विद्यार्थीबाट चर्को शुल्क लिने डिपिएसको नाममा...

विराटनगरका अधिकांश क्षेत्र डुबानमा, विमानस्थल जलमग्न

विराटनगर, ३ कात्तिक । अविरल वर्षाका कारण विराटनगरका अधिकांश क्षेत्र डुबानमा परेको छ । मोरङका विभिन्न खोला वस्तीमा पस्दा सयौं घरपरिवार विस्थापित भएका छन् । विराटनगरस्थित विमानस्थलमा बाढी पस्दा हवाई उडानसमेत अवरुद्ध भएको छ ।...

प्रचण्ड-माधव कम्युनिस्ट आन्दोलन ध्वस्त बनाउन जन्मेका हुन् : ओली

काठमाडौं, २६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाउन जन्मिएको टिप्पणी गरेका छन् । शनिबार बागलुङमा आयोजित कार्यक्रमलाई...

राउण्ड टेबल नेपाल बिसिआरटी १५ द्वारा ५० जना श्रमिकका परिवारलाई न्यानो कपडा वितरण

विराटनगर, ५ पुस । विभिन्न सामाजिक कार्यहरु निरन्तर गर्दै आइरहेको राउण्ड टेबल नेपाल बिसिआरटी १५ ले न्यानो कपडा वितरण गरेको छ । राउण्ड टेबल नेपाल बिसिआरटी १५ ले एक कार्यक्रमकाबीच मोरङको कटहरीस्थित सप्तकोशी सिमेन्ट उद्योगमा...

दाङका २ संक्रमित भारतको मुम्बइ र गोरखपुरबाट फर्किएका थिए

दाङ, जेठ ३-तुलसीपुर उपमहानगरपालिका–१७ र १८ बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेशनमा १३ जनाको उपचार भइरहेको छ । उक्त अस्पतालमा दाङका २, कपिलवस्तुका ३ र बाँकेका ८ जना रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सर्वेश शर्माले जानकारी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्