तेली कल्याण समाजमा स्वास्थ्यकर्मी संगठित, अध्यक्षमा डाक्टर दिलिप कुमार साह
बुधबार, ०७ फागुन, २०८१,
न्यूज विराट
विराटनगर । तेली कल्याण समाज नेपालले स्वास्थ्यकर्मीहरुको छुट्टै तदर्थ समिति गठन गरेको छ । विराटनगरमा भएको संघको प्रथम अधिवेशनले उक्त समिति गठन गरेको हो । समितिको अध्यक्षमा विराट मेडिकल कलेजमा कार्यरत नेफ्रोलोजिष्ट डाक्टर दिलिप कुमार साह रहेका छन् । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा वैद्यनाथ साह, उपाध्यक्षहरुमा डा. अम्बिका साह र हरीशंकर साह, सचिवमा सज्जन साह, सहसचिव तेज नारायण साह, कोषाध्यक्षमा जगत लाल साह, सहकोषाध्यक्ष रञ्जन कुमारी साह रहेका छन् । सदस्यहरुमा नरेश कुमार साह, विजय कुमार साह, जय नारायण साह, डा. अमित प्रताप साह, डा. सचिदानन्द साह, दिविशा साह, शारदा भवानी, सुमन साह, मनोज कुमार साह र डा. अरविन्द साह रहेका छन् । मधेशी सामुदायमा थुप्रै स्वास्थ्यकर्मीहरु हुनु गर्वका विषय भएको बताउदै आफ्नो कुल बंशको गरिमा कायम राख्न, संस्कार, संस्कृति र पहिचान जोगाउन लाग्नुपर्ने तेली कल्याण समाजका अध्यक्ष डा. बालकृष्ण साहले बताए । नवनिर्वाचित अध्यक्ष डा. दिलिप कुमार साहले आफ्नो समाजको उत्थान तथा सेवाका निमित्त आफू र आफ्नो समिति सदैव सकृय रहने बताए । कार्यक्रममा तेली कल्याण समाज, झापा जिल्ला सल्लाहकार डा. सुर्य नारायण साह, मोरङ जिल्ला सहसचिव सन्तोष साह, सदस्यहरु गणेश कुमार साह, शत्रुधन साह, विराटनगर अध्यक्ष सञ्जय कुमार साह, लगायतको सहभागिता रहेको थियो ।
विराटनगर, असार ९–मदन जयन्तीको अवसर पारेर मोरङमा जिल्ला व्यापीरुपमा बृहत वृक्षारोपण गरिने भएको छ । जननेता मदन भण्डारीको ६९ औँ जयन्तिमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मोरङले जिल्लाका सवै पालिकाहरुमा ‘वृक्षारोपण गर्रौ, वातावरणको सुधार गरौ’ भन्ने नाराका...
काठमाडौं, १५ कात्तिक-पछिल्लो २४ घन्टामा मुलुकभर दुई हजार ५०८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ हजार दुई सय ७९ मा पीसीआर परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।...
विराटनगर, २४ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना संक्रमण भएको छ । ३४७ जनाको पीसीआर परीक्षण गर्दा १९ र १०१ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा संक्रमण देखिएको सामाजिक विकास...
एजेन्सी, बैशाख १७-कोरोना भाइरस (कोभिड-१९) संक्रमण धेरै फैलिने देशहरूमध्ये छिमेकी राष्ट्र भारत १५औँ स्थानमा पुगेको छ । विश्वभर ३१ लाख ३९ हजार ४ सय ७१ जनामा कोरोनाको संक्रमण देखिएकोमा भारतमा ३१ हजारभन्दा बढीमा संक्रमणकाे पुष्टि...
नेकपा सचिवालय बैठकले स्थायी कमिटी बैठकबाट समस्या समाधान गर्ने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पार्टीभित्रको समस्या स्थायी कमिटी बैठकबाट समाधान गर्ने निर्णय गरेको हो । स्थायी कमिटी बैठक भोलि...
विराटनगर । ठूलो परिमाणमा सुन र चाँदीसहित पक्राउ परेका केएल दुगड ग्रुपका लेखापाल विनोद कुमार मुरारकासहित तीन जना धरौटि रकम बुझाएर रिहा भएका छन् । रजास्व अनुस्न्धान कार्यालय इटहरी सुनसरीले मंगलबार तोकेको ८० लाख ४०...
विराटनगर, २४ साउन । विराटनगरको रोडशेष चोकस्थित एक गीत गजलमा प्रहरीले छापा मारेर एक दर्जन जुवाडेलाई पक्राउ गरेको छ । विराटनगर– १२ रोडशेष चौकदेखि थोरै दक्षिणमा रहेको सरगम गीत गजलमा प्रहरीले छापा मारेर १२ जना...
एजेन्सी, साउन १८-भारतको पञ्जाव राज्यमा पछिल्लो समय विषाक्त मदिरा सेवन गर्ने ८० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरूमा पञ्जाव प्रान्तका उत्तरी क्षेत्रका ३ जिल्लाका व्यक्तिहरू रहेका छन् । प्रहरीले अवैध मदिरा...