एसबीएससी चित्रकलाको उपाधि पूर्वाञ्चल र माउन्ट मकालु स्कुललाई
बुधबार, ०७ फागुन, २०८१,
न्यूज विराट
विराटनगर । एसबीएससी जिल्ला स्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगिताको उपाधि विराटनगरको पूर्वाञ्चल विद्या सदन र रंगेलीको माउन्ट मकालु स्कुलले जितेको छ ।
संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था मोरङले प्रजातन्त्र दिवसको अवसर पारेर बुधबार विराटनगरमा आयोजना गरेको उक्त प्रतियोगितामा सिनियरतर्फ पूर्वाञ्चल विद्या सदन स्कुलकी जिया कुमारी मण्डल र जुनितयरतर्फका माउन्ट मकालु स्कुलका ओम कुमार मण्डलले उपाधि जितेका हुन् ।
त्यसैगरी १ देखि कक्षा ५ सम्म जुनियरतर्फको द्धितीय पथरीको एभरेष्ट स्कुलका आभा केरुङ र तृतीय रंगेलीको मिनिल्याण्ड स्कुलकी अनुस्का शाह घोषित भइन् । त्यसैगरी जुनियरतर्फको सान्तवना मोरङ पब्लिक स्कुलका नवराज मण्डल, ग्रेडेड स्कुलका सुभम श्रेष्ठ, स्टार स्कुलका सलोनी मालरी, कान्तिपुर स्कुलका विप्लव दास र जेभियर्स स्कुलका आनथ गुप्ता घोषित भए ।
त्यसैगरी कक्षा ६ देखि १० सम्मको सिनिरयतर्फको द्धितीय सुन्दरहरैचामा रहेको सुविजिमुर मेमोरियाल सेकेण्डरी स्कुलका सोजन लिम्बु, तृतीय विराटनगरको भगवती विद्या मन्दिरको नाजिया प्रविन र विराटनगरको सिद्धार्थ सिसु सदनको राशी बालमिकी घोषित भए । त्यस्तै सान्तवना ग्रेडेड स्कुलका कृतिका यादव, मिनिल्याण्ड स्कुलका निखिल शाह, मदरल्याण्ड एकाडेमीका ओम प्रसाद शर्मा, ग्रिनल्याण्ड स्कुलका सरस्वती शर्मा र माउन्ट मकालु स्कुलका गरिमा विश्वास भइन् । प्रतियोगिताको निर्णायकहरुमा श्रीनिवास पोखरेल र प्रनोद दत्त रहेका रहेका थिए । प्रतियोगितामा ६० बढी विद्यालयहरुको सहभागिता रहेको संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नगेन्द्र प्रसाद ढकालले जानकारी दिए । विद्यार्थीहरुमा रहेको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिता संस्थागत विद्यालय बचत तथा सहकारी संस्थाले प्रत्येक वर्ष प्रजातन्त्र दिवसको अवसर पारेर गर्दै आएको छ ।
प्रतियोगितामा बिजेता हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण जिल्ला शिक्षा समन्वय इकाइ मोरङका प्रमुख जिवन गड्तौला, विराटनगर शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराई,प्याब्सन मोरङका वरिष्ठ उपाध्यक्ष मोहन बुढाथोकी, उपाध्यक्ष बिष्णु डंगोललागयतले पुरस्कार वितरण गरेका थिए ।
विराटनगर । कोशी प्रदेशको निजामती सेवा ऐन संशोधनको मागसहित चार दिनदेखि आन्दोलनमा उत्रिएका लेखा अधिकृतहरूको आन्दोलनमा दल निकट कर्मचारी संगठनहरू पनिले साथ दिएका छन् ।आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै पाँच कर्मचारी संगठनले आन्दोलनमा एक्येबद्धता जनाएका...
कोरोना विषाणुको सङ्क्रमणबाट सतर्क रहन सन्देश प्रवाह होस् अथवा बन्दाबन्दीले घरभित्रै बस्न बाध्य भएको बेला नयाँनयाँ प्याक सुविधा उपलब्ध गराउन होस् देशका मुख्य दूरसञ्चार सेवा प्रदायक यतिबेला सक्रिय देखिन्छन् । कोरोनाका सम्भावित सङ्क्रमित पहिचान गर्न...
विराटनगर, ५ वैशाख । नेपाली कांग्रेस प्रदेश नं १ को कोषाध्यक्षमा राजेश गुप्ता चयन भएका छन । प्रदेश कार्यसम्पादन समितिको आइतबार बसेको वैठकले प्रदेश सदस्य समेत रहेका गुप्तालाइ कोषाध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको उपसभापति रमेशजंग...
काठमाडौँ । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) ले संसदमा दर्ता गर्ने तयारीमा रहेको विद्यालय शिक्षा विधेयकको विरोधमा प्रदर्शन गरेको छ । बिहीबार सो संगठनले राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । विधेयकमा भएका...
काठमाडौं, जेठ ५-नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा आज बिहान थप ९ जनामा संक्रमण पुष्टि भएको हो । आज पुष्टि भएकाहरूमा रौतहटको इशनाथ नगरपालि-२, ३, ६...
विराटनगर । विराटनगर महानगरपालिकाले शैक्षिक सत्र २०८१ का लागि संस्थागत विद्यालयहरुले शुल्क बढाउन नपाउने निर्णय गरेको छ । नगर शिक्षा समितिको बैठकले अघिल्लै शैक्षिक सत्रको शुल्कलाई निरन्तरता दिने निर्णय गरेको हो । शिक्षा समितिका अध्यक्ष...
विराटनगर । नेकपा एमाले संसदीय दलका नेता तथा पुर्वमुख्यमन्त्री हिक्मत बहादुर कार्कीले संविधान र कानुनको हुर्मत लिएर गैरसंवैधानिक रूपमा विश्वासको मत लिएको बताएका छन् । मुख्यमन्त्री उद्धव थापाले बैठकको सभाअध्यक्ष गरेका इस्राइल अन्सारी समेत मत...