मन्दिर पुनः निमार्णको लागि विराटनगरमा महायज्ञ

 न्यूज विराट
मन्दिर पुनः निमार्णको लागि विराटनगरमा महायज्ञ

विराटनगर । विराटनगर – १६ रानीको सलाइमिलभित्र एक हप्ताको महायज्ञ हुने भएको छ । श्री विराट भजन समूहको आयोजनामा फागुन ८ देखि १४ गतेसम्म महायज्ञ हुने भएको हो ।
आयोजक समितिले विराटनगरमा शनिबार पत्रकार सम्मेलन गरि विराकटनगर १६ मा रहेको नवनिर्मित श्री राधाकृष्ण मन्दिर एव सामुदायिक भवनको पुन निमार्ण र अक्षय कोष स्थापनाको लागि एक हप्ताको महायज्ञ लगाउन लागिएको संयोजक राम थापाले जानकारी दिए ।
एक हप्तासम्म सुरु हुने महायज्ञको कथा बाचन कुवेर सुवेदीको मुखारविन्दुबाट हुने भएको छ । सुवेदीको कौशलताले भक्तजनलाई मन्त्र मुग्ध बनाएर कथा वाचन गर्ने आयोजकको भनाई छ । महायज्ञमा दैनिक ३ हजार देखि ४ हजारसम्म भक्तजन आउने अपेक्षा गरिएको छ । तेही अनुसार महायज्ञको लागि सलाइ मिलको प्राङ्गणमा तयारी गरिएको विराट भजन समूहकी अध्यक्ष उमा जोशीले जानकारी दिइन् । महायज्ञ सम्पन्न गर्न करिब १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । शिवरात्रीको अवसर पारेर आयोजना गर्न लागेको महायज्ञको फागुन ८ गते विहान विराटनगरमा कलशयात्रा निकाल्ने तयारि गरिएको छ । विहान दैनिक पुजा अर्चना तथा भागवत पाठ हुनेछ । दिउँसो ११ बजेदेखि दिउँसो ३ बजेसम्म कथा वाचन, साझमा दिप प्रज्वलन, आरती भजन किर्तन हुने भएको छ । समापनको दिन शिव शंकर भगवानलाई १००८ नाम मन्त्र उच्चारण साथै १००८ बेलपत्र अर्चना एवं पूर्णाहुती यज्ञ विसर्जन गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचार

४२.७ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किए

काठमाडौं, २२ असार-नेपालमा कोभिड–१९ का जम्मा सङ्क्रमितमध्ये ४२.७ प्रतिशत सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ६...

एमालेले बोलायो महाधिवेशन आयोजक समितिको बैठक

काठमाडौ, १३ असार । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक बोलाएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको स्थायी कमिटी बैठकले यही असार १६ गते महाधिवेशन आयोजक समितिको बैठक बोलाएको हो...

विराटनगर आएर लिङ्देनले भने–संसदीय निर्वाचनको अहिलेदेखि तयारी गर्नुपर्छ

विराटनगर,१४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी संसदीय निर्वाचनका लागि अहिलेदेखि तयारी शुरु गर्नुपर्ने बताउनु भएको छ। राप्रपा केन्द्रीय प्रशिक्षण विभागद्वारा आज यहाँ आयोजित प्रदेश नं १ स्तरीय दुई दिन प्रशिक्षक...

विराटनगरका मासु पसलले तोकिएको मापदण्ड पूरा गरेन, ३ सय मासु पसलमा आधा मात्रै दर्ता

विराटगगर । कोशी प्रदेशको राजधानी रहेको सहर विराटनगरमा सञ्चालित अधिकांश माछा–मासु पसलले तोकिएको मापदण्ड पूरा नगरेको पाइएको छ । विराटनगर महानगरपालिकाले मंगलबार गरेको अनुगमनको क्रममा यस्तो भेटिएको हो । तोकिएको मापदण्डमध्ये पसलभित्रको सरसफाईमै कमजोरी देखिएको...

नमुना विद्या मन्दिर स्कुलले मनायो अभिभावक दिवस

विराटनगर । विराटनगर–८ स्थित नमुना विद्या मन्दिर आवासीय माध्यमिक विद्यालयले ३१ औं अभिभावक दिवस मनाएको छ । शनिबार हाटखोला स्थित आरोहण गुरुकुलमा नमुना विद्या मन्दिरले ३१ औं अभिभावक दिवस मनाएको हो । अभिभावक दिवसको अवसरमा...

गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण थप

पोखरा, २० जेठ-गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ । नयाँ संक्रमित स्याङ्जा र पर्वत जिल्लामा हुन् । स्याङ्जाको चापाकोट नगरपालिका घर भई सोही नगरपालिकाको क्वारेन्टाइनमा रहेका २२, २६, ३२, ४० बर्षका ४...

सप्तरीमा पनि १ जनालाई देखियो कोरोना संक्रमण

काठमाडौं, २९ वैशाख-नेपालमा कोरोना भाइरसका संक्रमित संख्या १२१ पुगेको छ । सोमबार दिउँसो थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यसअघि सोमबार बिहान मात्रै १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।...

चीनसँगको तनावबीच अचानक लेह पुगे मोदी

एजेन्सी, असार १९-भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहान अचानक लेह पुगेका छन् । मोदीले १५ जुनमा भारत र चीनका सेनाबीच भएको झडपपछिको अवस्थाबारे मोदीको उपस्थितिमा समीक्षा हुने बताइएको छ । १५ जूनको राति चिनियाँ सेनासँगको भिडन्तका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्