विराटनगर । नेकपा एमालेका मोरङका पुराना नेता एवं व्यवसायी तुलसी पोखरेल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा एमाले मोरङको जिल्ला कमिटि सदस्य र सल्लाहकार रहिसकेका पोखरेल जनयुद्ध दिवसकै दिन बिहीबार माओवादीमा प्रवेश गरेका हुन् ।
पोखरेललाई बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अविर माला लगाएर पार्टीमा स्वागत गरे । पोखरेल २०३९ सालबाट एमालेमा आवद्ध रहेका थिए । उनले २०४४ सालमा एमालेको पार्टी सदस्यता लिएका थिए । एमाले राजनीतिक दर्शन र बिचारबाट बिचलित भएको तथा त्यस पार्टीबाट परिवर्तन सम्भव नहुने ठहर गर्दै आफु माओवादी पार्टी प्रवेश गरेको उनले बताए । कानुन व्यवसायीसमेत रहेका पोखरेल सामाजिक क्षेत्रमा पनि सक्रिय रहेका छन् । कानुन व्यवसायीसमेत रहेका पोखरेल खोटाङ समाजको सल्लाहकार रहेका छन् ।
विराटनगर । विराटनगर १३ मलायरोडमा रहेको जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर हस्पिटलमा आँखाको मोतियाबिन्दुको सफल शल्यक्रिया भएको छ । १५ शैय्याको यो हस्पिटलमा आँखाको सम्पूर्ण उपचार सेवा हुने गरेको छ । अस्पतालले विरामीहरुको आँखाको...
काठमाडौं, ८ असार-कर्णाली राजमार्गअन्तर्गत खाँडाचक्र नगरपालिका-३ को गल्लीमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । आइतबार राति भएको अविरल वर्षाका कारणले कर्णाली राजमार्गमा पहिरो गएको हो । पहिरोका कारणले कर्णाली राजमार्ग अवरुद्ध भएको र...
विराटनगर । विराटनगर विमानस्थलले हवाई यात्रुको सुविधा अभिवृद्धि गर्ने योजना अनुरुप आजदेखि आगमन कक्षमा कन्भेयर बेल्ट प्रणाली( व्यागेज ह्याण्डलिङ्ग सिस्टम) सञ्चालनमा ल्याएको छ । मोफसलका विमानस्थलमा पहिलो पटके उक्त्त जडान गरिएको र यसको लागत दुई...
काठमाडौं, २७ साउन-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीन घिमिरेलाई कोरोना संक्रमण भएको छ । सोमबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले गरेको सामूहिक परीक्षणका क्रममा उनमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो । उनी संक्रमण...
एजेन्सी, १७ पुस । भारतको जम्मू-कश्मीरमा रहेको माता वैष्णो देवीको मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा मन्दिरमा मेला लागेको थियो । कटराका सामुदायिक स्वास्थ्य केन्द्रका चिकित्सा अधिकारी डा....
विराटनगर, २९ असोज–प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार र विराटनगरमा तीन कोरोना संक्रमितको मृत्यु भएको हो । धारास्थित बीपी कोइराला स्वास्थ्य...
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – बाँसबारी चोकमा बस पल्टिँदा १८ जना घाइते भएका छन् । सिराहादेखि विराटनगरतर्फ आइरहेको बा ४ ख ७४५० नम्बरको बस दुर्घटना हुँदा १८ जना घाइते भएका हुन् । सिराहाबाट यात्रु...
एजेन्सी, चैत १३-भारतको महाराष्ट्रमा कोरोना भाइरस संक्रमित एक परिवार पूर्ण रूपमा निको भएको छ । परिवारका चार सदस्यमध्ये तीन जनामा कोरोनाको संक्रमण भएको थियो । अस्पतालबाट उनीहरू बुधबार साँझ ४ बजे घर फर्किएका छन् ।...