राशिफल

विराटनगर विमानस्थलमा ‘कन्भेयर बेल्ट प्रणाली’ सञ्चालन

 न्यूज विराट
विराटनगर विमानस्थलमा ‘कन्भेयर बेल्ट प्रणाली’ सञ्चालन

विराटनगर । विराटनगर विमानस्थलले हवाई यात्रुको सुविधा अभिवृद्धि गर्ने योजना अनुरुप आजदेखि आगमन कक्षमा कन्भेयर बेल्ट प्रणाली( व्यागेज ह्याण्डलिङ्ग सिस्टम) सञ्चालनमा ल्याएको छ । मोफसलका विमानस्थलमा पहिलो पटके उक्त्त जडान गरिएको र यसको लागत दुई करोड तीन लाख ५१ हजार रहेको छ ।

उक्त्त प्रणालीले प्रतिघण्टा दुई हजार चार सय देखि चार हजारसम्म व्यागको स्वचालितरुपमा हवाई यात्रुको स्थानमा सेवा पु¥याउने छ ।
नेपाल नागरिक उड्डयन सेवा निर्देशनालयका उप महानिर्देशक हंशराज पाण्डेले आज विराटनगर विमानस्थलमा प्रणालीको उद्घाटन गर्दै यसबाट हवाई यात्रुले सहज र सरल रुपले सेवा प्राप्त गर्नुका साथै समय बचत हुने बताए ।

उड्डयन कार्यालयका व्यापार विभागका निर्देशक जगनार्थ निरौला, ,हवाई सुरक्षा विभागकाका देवचन्द्रलाल कर्ण, विराटनगर विमानस्थलका निर्देशक रिन्जी शेर्पा लगायतले यस क्षेत्रका विमानस्थलमा विश्वका आधुनिक प्रविधि जडान गरिएकोले हवाई यात्रा सुरक्षित रहेको सबैलाई विश्वास दिलाए । विराटनगर विमानस्थल प्रयोग गरी सन् २०२२ मा सात लाख ५९ हजार ३५७ जना हवाई यात्रुहरु आगमन र प्रस्थान गरि आफ्नो गन्तव्यतर्फ गरेका कार्यालयले जनाएको छ ।
उक्त्त अवधिमा आगमनतर्फ तीन लाख ७७ हजार ९८१ र प्रस्थानतर्फ तीन लाख ८२ हजार २७६ जना यात्रुहरुले विमानस्थल प्रयोग गरेका छन् ।
यस्तै सोही अवधिमा आगमनतर्फ छ हजार ७६६ र प्रस्थानतर्फ छ हजार ७६५ गरि जम्मा १३ हजार ५३१ विभिन्न कम्पनीका हवाई जहाजहरुले उडान भरेका छन् ।

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...