पहिलो संबिधान सभाबाट संबिधान बन्न नसक्दा माओबादी कमजोर भयो : उपमहासचिव गजुरेल

 न्यूज विराट
पहिलो संबिधान सभाबाट संबिधान बन्न नसक्दा माओबादी कमजोर भयो : उपमहासचिव गजुरेल

विराटनगर । नेकपा माओबादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले पहिलो संबिधानसभाबाट संबिधान बन्न नसक्दा माआबोदी कमजोर बन्न पुगेको बताएका छन् । जनयुद्ध दिवसको अवसरमा विहिवार प्रेस सेन्टर प्रदेश समितिले विराटनगरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उपमहासचिव गजुरेलले पहिलो संबिधान सभाबाट संबिधान बन्न नसक्दा शक्त्तिशाली मओबादी पार्टी पनि विभाजित भएर कमजोर हुन पुगेको बताएका हुन् ।

नेता गजुरेलले पहिलो संबिधान सभाबाट संबिधान जारी हुन नसक्दा आम जनताले परिवर्तनको वास्तविक अनुभुति गर्न नपाउँदा दल र संबिधानप्रति गुनासाहरु बढन थालेको बताए । माओबादी केन्द्र कोशी प्रदेशका ईन्चार्ज समेत रहेका नेता गजुरेलले पहिलो संबिधान सभाले नयाँ संबिधान बनाउन सकेको आम जनताले परिवर्तनको अनुभुति गर्न पाउन सक्ने अवस्था आउनुपर्नेमा नसक्दा माओबादीले नोट अफ डिसेन्ट लेखेर दोस्रो सभाबाट संबिधान जारी गराउनु पर्ने बाध्यता आइपरेको बताए । उपमहासचिव गजुरेलले भने , ‘पहिलो सविधानसभाबाट संबिधान बनेको भए राम्रो संबिधान जारी हुने थियो जनताका गुनासाहरु पनि रहने थिएनन । तर नोट अफ डिसेन्ट लेखेर संबिधान जारी गर्नुपरयो । तर पनि हामीले संबिधान शंसोधनलाई सधै खुला राखेका छौ ।’
नेता गजुरेलले पछिल्लो समय माओबादी ३२ सिटमा खुम्चिएपछि सबैले हत्याराको आरोप लगाउने र जनयुद्धलाई जबरदस्ती हिँसा भनेर बदनाम गर्न थालेको बताए। उनले जनताको परिवर्तनका लागि त्याग र बलिदान सहित भएको जनयुद्धबारे प्रशंसा सहित गुनासो दुवै आउनु गलत होइन भने । उनले अझै पनि परिवर्तनलाई दिगो रुपले संस्थागत हुन नदिन घेराबन्दि भैरेहको बताए ।
राजनैतिक विश्लेषक कृष्ण पोखरेलले दश बर्ष भएको शसस्त्र जनयुद्ध परिवर्तनका लागि भएको क्रान्ति भएकोले त्यसलाई हिँसा भन्नु उचित हुदैन भने । उनले ७सालको क्रान्तिलाई पनि परिवर्तन भन्ने कि क्रान्ति भन्नेबारे विवाद रहेको स्मरण गर्दै जनयुद्धलाई पनि नरुचाउनेहरुले हिँसा भन्ने गरेको बताए । उनले अहिलेको राजनैतिक परिवर्तन माओबादी जनयुद्धकै उपलब्धि भएको भन्दै परिवर्तनलाई निर्धक्क सबै कार्यकर्ता र नेताहरुले जनयुद्ध भन्न आग्रह गरे । जनमुक्त्ति सेनाका घाइते लडाकु राम कार्कीले हजारौ नेपालीहरुले लडेर त्याएको परिवर्तन स्किावर गरेर सबैभन्दा अग्रभागमा रहेर भोग गर्ने अनि जनयुद्धलाई चाँही हिँसा भनेर बदनाम गर्नेहरु सफल नहुने भन्दै सबैले जनयुद्धलाई सम्मान गर्नुपर्नेमा जोड दिए। उनले अझै जनयुद्धका घाइतेहरुले पाउनुपर्ने उपचार र क्षतिपुर्ति नपाइरहेको भन्दै सके सम्मान गर्न तर अपमान नगर्न राज्य र सरकारसँग घाइते लडाकु कार्कीले आग्रह गरे । कानुन व्यवसायी कला त्रितालले अहिले महिला, दलित ,मधेशी , जनजाती र सिमान्तकृत समुदायले प्राप्त गरेको हक अधिकार र अवसर जनयुद्धकै कारण सफल भएको भन्दै जनयुद्ध दिवसमा गर्वगर्दै लुकेर हैन खुलेर आम रुपले मनाउनुपर्छ भनिन । नागरिक अगुवा दिनेश श्रेष्ठले परिवर्तनकारी जनयुद्धलाई अवमुल्यकन गर्ने काम राजनैतिक बेइमानी हो भन्दै बाम आन्दोलनमा प्ररणादायी भुमिका रहेकोबताए । पत्रकार महासंघ कोशी प्रदेशका पुर्व अध्यक्ष लीलाबल्लभ घिमिरेले जनयुद्ध जनताको पक्षभएको युद्ध हो भन्दै उपलब्धिबारे तल्लो तहसम्म बुझाउनुपर्नेमा जोडदिए । अधिकारकर्मी सोमराज थापाले देशको राजनैतिक परिवर्तनमा उल्लेखनिय योगदान गर्ने जनयुद्धलाई सधै हिँसा भनेर नकारात्मक रुपलेमात्र हेर्नु गलत हुन्छ भने ।

सम्बन्धित समाचार

जातीय विभेदको आरोपमा महिला पक्राउ

सोलुखुम्बु, १ जेठ-जातीय विभेद गरेको आरोपमा सोलुखुम्बुमा १ महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जिल्लाको सोलुदूधकुण्ड नगरपालिका-११ तिङ्लाका ३१ वर्षीया सङ्गीता राईलाई रहेकी छिन् । सोही ठाउँका २८ वर्षीय मीनबहादुर नेपालीमाथि जातीय विभेद गरेको...

मोविलाइजेशन रकम २० प्रतिशत कायम गर्न निर्माण व्यवसायीहरूको माग

विराटनगर, ७ चैत । मोविलाइजेशन रकम २० प्रतिशत कायम गर्न निर्माण व्यवसायीहरूले माग गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघ प्रदेश १ को १३ औं साधारणसमा निर्माण व्यवसायीहरूले मोसिवलाईजेशन शुल्कमा एकरुपता ल्याइ २० प्रतिशत बनाउन...

संघीय निजामती ऐन एक महिनाभित्रै संसदमा पेश हुन्छ : मन्त्री मोदी

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले अबको एक महिनाभित्रै संघीय निजामती ऐन संसदमा पेश हुने बताएका छन् ।मोरङको बेलबारीमा मंगलबार लोहन्द्र खोलाको पुल उद्घाटन गर्न आयोजित कार्यक्रममा बोल्दै मोदीले उक्त कुरा बताएका...

एनसीडिए मोरङको अध्यक्षमा देशबन्धु ढकाल निर्वाचित, कसले कति पाए मत ?

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए ) मोरङको अध्यक्षमा देशबन्धु ढकाल भारी मतअन्तरले निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको संघको दोस्रो जिल्ला अधिवेशनबाट ९२ मत अन्तरले हराउँदै अध्यक्षमा ढकाल निर्वाचित भएका हुन्...

प्रदेश सरकारलाई स्वास्थ्य सामाग्री र उपकरण हस्तान्तरण

विराटनगर, ३ कात्तिक–युएनडीपीले ७५ लाख बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बैजनाथपुर आईसोलेसन केन्द्रलाई स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण...

मिस एण्ड मिस्टर रौनियार २०७७ को प्रदेशस्तरिय पहिलो अडिसन विराटनगरमा सम्पन्न

विराटनगर, २४ माघ । मिस एण्ड मिस्टर रौनियार २०७७ को प्रदेशस्तरिय पहिलो अडिसन विराटनगरमा सम्पन्न भएको छ । आयोजक एमि इन्टरटेन्टमेन्ट प्रालि, काठमाण्डौले आज विराटनगरस्थित रौनियार सेवा सदनमा आयोजना गरेको कार्यक्रमकाबीच अडिसन सम्पन्न भएको हो।...

चुनाव जित्नुअघि नै बाइडेनले सुरु गरे ट्रान्जेसन वेबसाइट

एजेन्सी, २० कात्तिक-राष्ट्रपति निर्वाचनको अन्तिम परिणाम आउनुअघि नै जो बाइडेनले आफ्नो ट्रान्जिसन वेबसाइट सुरु गरेका छन् । बीबीसीका अनुसार बाइडेनले ‘बिल्ड ब्याक बेटर’ नामबाट ट्रान्जिसन वेबसाइट सुरु गरेका हुन् । यसमा लेखिएको छ, ‘देश जुन...

कालापानी हाम्रै होः सभापति देउवा

काठमाडौं, ३१ वैशाख-बालुवाटारमा भएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतसँगको सिमाविवादमा सरकारले पहल गर्न सुझाव दिएका छन् । उनले आज भएको छलफलमा सुगौली सन्धिमा जुन कुरा प्रष्ट छ त्यहि हुनुपर्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्