आत्मारक्षाको लागि किशोरीलाई सेल्फ डिफेन्स तालिम

 न्यूज विराट
आत्मारक्षाको लागि किशोरीलाई सेल्फ डिफेन्स तालिम

विराटनगर । विराटनगरमा तीन दिने महिला सेल्फ डिफेन्स तालिम सुरू भएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना र समृद्ध समाज नेपालको समन्वयमा विराटनगरमा बिहीबारदेखि उक्त तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम ) ले गरे । कार्यक्रममा बोल्दै उनले किशोरीहरुलाई आत्मारक्षा र हिंसा रोक्नको लागि प्रदेशभरी यस्तो कार्यक्रम सुरु हुने बताए । कानुनी र संवैधानिक कुराहरुको बारेमा पनि विद्यार्थीहरुलाई जानकारी गराउने उनले बताए । कोशी प्रदेशको राजधानी विराटनगरबाट यस्तो कार्यक्रमको सुरुवात भएको उनले बताए । विस्तारै अरु जिल्लाहरुमा पनि सेल्फ डिफेन्स तालिम सुरु हुने सदस्य सचिव बस्नेतले जानकारी दिए । ‘हामीले दुई खण्डमा कार्यक्रम विभाजन गरिएको छ । यसैसँग जोडेर योगाको कार्यक्रम पनि छुट्टै गर्ने तयारी गरिएको छ । तराइमा धेरै महिला हिंसाको घटनाहरु हुने गरेको छ । हिंसा न्यूनिकरणको लागि स्कुलका विद्यार्थीहरुलाई समेटेर कार्यक्रम आयोजना गरिएको हो,’ सदस्य सचिव बस्नेतले भने ।


कार्यक्रममा प्रदेश खेलकुद विकास बोर्डको सदस्य थलुराज भण्डारी, जिल्ला खेलकुद विकास समिति मोरङका अध्यक्ष सुरज श्रेष्ठ, कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघका संस्थापक अध्यक्ष तथा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीले हिंसा रोकथाम र नियन्त्रणको लागि महिलाहरुलाई सेल्फ डिफेन्स तालिम आवश्यक रहेको बताए । उनीहरुले तालिमको सिकेको ज्ञान साथीहरुलाई पनि सिकाएर हिंसा रोकथाम र नियन्त्रण गरेर अगाडी बढनुपर्नेमा जोड दिए ।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै कार्यक्रम संयोजक तथा नेपाल खेलकुद महासंघको केन्द्रीय सचिवालय सदस्य शान्ता जोशीले सेल्फ डिफेन्स तालिमले किशोरीहरुलाई आत्मरक्षा र सक्षम बनाउने मात्रै नभएर आत्मविश्वास अभिवृद्धि गरी सामाजिक अपराध न्यूनीकरणमा ठूलो सहयोग पुग्ने बताइन् । ‘हिंसा न्यूनीकरणको लागि महिलाहरुलाई आत्मरक्षा तालिम जरूरी रहेको छ । आत्मरक्षा तालिम भनेको हिंसा जहाँ शुरू हुन्छ, त्यहीं अन्त्य हुनुपर्छ भन्ने हो । यसले पीडकलाई तुरुन्तै रोक्न सघाउँछ । कसरी आफूलाई हिंसाबाट बचाउने र स्वस्थकर जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले यो तीन दिने सेल्फ डिफेन्स तालिम हामीले आयोजना गरेको छौं,’ उनले भनिन् ।


कार्यक्रमको अध्यक्षता गरेकी समृद्ध समाज नेपालकी अध्यक्ष कला डाँगीले किशोरीहरुलाई आत्मरक्षा गर्न सक्षम बनाउने मात्रै नभएर आत्मविश्वास अभिवृद्धि गरी सामाजिक अपराध न्यूनीकरणमा लाग्नुपर्नेमा जोड दिइन् । तालिमबाट प्राप्त गरेका ज्ञानलाई व्यवहारमा लागू गर्दै साथीलाई समेत सिकेका कुरा बुझाउन उनले आग्रह गरिन् । आइतबारसम्म संचालन हुने उक्त तालिममा १३ वटा विद्यालयका एक सय बढी किशोरीहरुको सहभागि रहेको अध्यक्ष डाँगीले बताइन् ।
तालिमको प्रशिक्षकहरुमा सुजता बस्नेत, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट आएका प्रहरी निरीक्षकको टोली रहेका छन् ।

सम्बन्धित समाचार

यति एयरलाइन्सको जहाज विमान विराटनगर विमानस्थलमै रोकियो

विराटनगर, १३ साउन । उड्न लागेको विमानमा समस्या देखिएपछि यति एयरलाइन्सको जहाज विराटनगर विमानस्थलमै रोकिएको छ । आज विहान साढे सात बजेतिर ६० जना यात्रु लिएर काठमाडौंका लागि उड्न लाग्दा जहाजमा खराबी देखिएपछि जहाज विमानस्थलमै...

आज १३४३ संक्रमित थपिए, २१११ जना डिस्चार्ज

नेपालमा बिहिबार १ हजार ३ सय ४३ जनामा कोरोना पुष्टि भएको छ । ९ हजार २ सय ८९ को पीसीआर गरिएकोमा आज १ हजार ३ सय ४३ जनामा कोरोना पुष्टि भएको हो । योसहित संक्रमितको...

लक डाउनलाई थप कडाईका साथ कार्यान्वयन गर्दै प्रदेश सरकार

विराटनगर, चैत २८–प्रदेश नं. १ मा सरकारले लकडाउनलाई कडाइका साथ कार्यान्वयन गर्दै हाटबजार मेला तथा जमघट बन्द गर्ने र राहत वितरणलाई प्रभावकारी बनाउने भएको छ । शुक्रबार बसेको प्रदेश क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले लकडाउन र...

प्रेस युनियन मोरङले पत्रकारलाई बाँड्यो सुरक्षा सामाग्री

विराटनगर, चैत १९-नेपाल प्रेस युनियन मोरङले जिल्लामा कार्यरत सञ्चारकर्मीहरुलाई सुरक्षा सामाग्री वितरण गरेको छ । विश्वमा कोरोनाको महामारी फैलीरहेका दैनिक समाचार संकलनमा खटिइने सञ्चारकर्मीहरुको सुरक्षालाई मध्यनजर गर्दै बुधबार सामाग्री वितरण गरिएको हो । अध्यक्ष कुमार...

चिनियाँ प्रतिनिधिमण्डलले भेट्यो बाबुराम भट्टराईलाई

काठमाडौं, १३ पुस-नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईसँग आज साँझ ६ बजे चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ...

नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडपपछि रूकुम पश्चिममा निषेधाज्ञा

रूकुम पश्चिममा साँझ ५ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । मंगलबार नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप भएर स्थिति तनावग्रस्त  बनेपछि जिल्ला प्रशासन कार्यालय मुसीकोट रूकुम पश्‍चिमले निषेधाज्ञा जारी गरेको हो । पूर्वमा घारी खोला, पश्चिममा...

मिथिलामा ‘गोधन’ पर्व मनाइँदै

महोत्तरी, १९ कात्तिक-दीपावली (तिहार) पर्वको चौथो अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन आज महोत्तरीसहितका मिथिला क्षेत्रमा गोधन पर्व मनाइँदै छ । बस्तीका आपस्त बन्धुबान्धव, परिवारका घरमूली, महिला एक ठाउँमा जम्मा भई मङ्गल गीत गाउँदै यो पर्व...

संघीय संसदका प्रवक्ता पाण्डे कोरोना संक्रमणमुक्त

काठमाडाैं, २९ साउन-संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता डा. रोजनाथ पाण्डे कोरोना भाइरस (काेभिड-१९) संक्रमणमुक्त भएका छन् । उनलाई २२ साउनमा कोरोना संक्रमण पुष्टि भएकाे थियाे । पछिल्लाे परीक्षणमा आफ्नो रिपाेर्ट नेगेटिभ आएको उनले बताए...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्