जेभियर्स स्कुलले मनायो वार्षिकोत्सव र अभिभावक दिवस
शनिबार, २६ माघ, २०८१,
न्यूज विराट
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – २ मा रहेको जेभियर्स इङ्गलिस स्कुलको १० औं वार्षिकोत्सव एवम् अभिभावक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्कुल परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव र अभिभावक दिवस मनाएको हो ।
कार्यक्रमको प्रमुख अतिथि रहेका बुढीगंगा गाउँपालिका अध्यक्ष जित नारयण थापा मगरले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षासँगै सिपमुलक शिक्षा दिएर अगाडी बढनुपर्ने बताए । व्यवहारिक शिक्षासँगै विद्यार्थीहरुलाई नैतिक शिक्षा दिएर विद्यालयहरु अगाडी बढनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल परेश पोखरेलले विद्यार्थीहरुलाई प्रविधियुक्त शिक्षासँगै गुणस्तरीय शिक्षा दिएको बताए । गुणस्तरीय शिक्षा दिएको कारणले जेभियर्स स्कुलेल राष्ट्रलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गरेर अगाडी बढेको बताए । कार्यक्रममा विद्यालयकी अध्यक्ष सरिता रानामगर, संचालकहरु सी एम रिजाल, रेवन्त श्रेष्ठलागयतले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदानमा विद्यालयले कुनै पनि कसुर बाँकी नराखेको बताए । सोही अवसरमा विद्यालयले उत्कृष्ट विद्यार्थीहरुलाई पनि सम्मान गरेको थियो । यसरी सम्मानित हुने विद्यार्थीहरुमा दिया थापा मगर र कुशल विक रहेका छन् । कक्षा १२ मा अध्ययरत कुशलले २०८० सालको वार्षिक परीक्षामा उत्कृष्ट जिपिए ल्याउँदै बुढीगंगा गाउँपालिका भरीमा प्रथम भएका थिए । त्यसैगरी सोही विद्यालयमा अध्ययरत छात्रा दियाले एसईईको वार्षिक परीक्षामा ३.७० जीपिए ल्याएर उत्कृष्ट भएकी थिइन् । उनीहरुलाई कार्यक्रमको प्रमुख अतिथि बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारयण थापा मगरले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे । त्यसैगरी विद्यालयका खेल प्रशिक्षक प्रभाकर राना मगरलाई पनि सम्मान गरियो । प्रभाकरले खेलकुद क्षेत्रको विकासमा ठूलो योगदान पुर्याएको भन्दै सम्मान गरिएको विद्यालयका प्रिन्सिपल परेश पोख्रेलले जानकारी दिए ।
सोही अवसरमा विद्यार्थीहरुले नृत्य र गीत प्रस्तुत गरी सहभागि अभिभावक, अतिथि र शिक्षकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरे । नर्सरी देखि कक्षा ११ सम्म पढाइ हुने जेभियर्स स्कुलमा करिब १ हजार विद्यार्थीहरु अध्ययरत रहका छन् ।
विराटनगर, जेठ १८–नेपालमा बसोबास गर्ने विभिन्न जातजातिका आ–आफ्नै रीतिरिवाज र संस्कृति रहेका छन् । त्यसमध्येको एक हो बाँतर जाती । विशेष गरी तराईमा बसोबास गर्ने यो जातीको आफ्नै मौलिक परम्परा र संस्कृति रहेको छ ।...
काठमाडौं, फागुन २२–मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । त्रिवि शिक्षण अस्पतालमा बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको चिकित्सकहरुले बताएका छन् ।...
विराटनगर । विराटनगर १० मा रहेको कान्तिपुर स्कुलको क्यान्टिनमा आगलागी भएको छ । आज साँझ साढे ६ बजे स्कुलको क्यान्टिनमा आगलागी भएको हो । अहिले विराटनगर महानगरपालिकाबाट आएको दमकल, प्रहरी र स्थानीयले आगो नियन्त्रणको प्रयास...
दैलेख, ६ असार-कोरोना परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीको टोलीसहित दैलेखमा पीसीआर मेसिन आइपुगेको छ । संघीय सांसद रवीन्द्रराज शर्माको नेतृत्वमा काठमाडौंबाट मेसिनसँगै हिँडेको स्वास्थ्यकर्मी टोली शुक्रबार आइपुगेको हो । कोरोना संक्रमणको दर तीव्र बन्दै गएपछि...
विराटनगर, १६ साउन । विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउन र द ग्रीम प्रोजेक्टको साझेदारीमा क्लाइमेट समिट २२ आयोजना गरिएको छ । सोमबार विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जलवायु परिवर्तनका कारण परिरहेका...
विराटनगर, ९ मंसिर प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाईटीले १८ लाख ५८ हजार बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । मंगलबार सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई नेपाल रेडक्रस सोसाईटीकी केन्द्रीय उपाध्यक्ष शर्मिला कार्कीले १६ लाख...
विराटनगर । विराटनगर – ५ स्थित किड्स भिलेज स्कुल र बुढीगंगा गाउँपालिका – १ पुष्पलाल चोकमा रहेको मारिया किड्स मन्टेश्वरी स्कुलबिच गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा सहकार्य भएको छ ।अब दुवै विद्यालयले विराटनगरको शिक्षालाई प्रि–प्राइमरी...
जनकपुरधाम, १० चैत-कोरोना भाइरस संक्रमणको प्रभाव बढ्दै गएपछि जनकपुरधाम बजार बन्द हुने भएको छ । कोरोना संक्रमण भित्रिन नदिन भोलिदेखि जनकपुधाम बजार बन्दको जनकपुर उद्योग वाणिज्य संघले घोषणा गरेको हो । संघका पदाधिकारीको सोमबार बसेको...