ओखलढुंगा प्रहरीलाई सफलता, प्रदेश प्रहरीले दिएको लक्ष्य भन्दा बढी फरार प्रतिवादी पक्राउ

 न्यूज विराट
ओखलढुंगा प्रहरीलाई सफलता, प्रदेश प्रहरीले दिएको लक्ष्य भन्दा बढी फरार प्रतिवादी पक्राउ

विराटनगर । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले लक्ष्य भन्दा बढी फरार प्रतिवादी पक्राउ गरी कानुनी दायरमा ल्याउन सफल भएको छ । चालु आर्थिक वर्षको पाँच महिनामा ओखलुढंगा प्रहरीले ६० जना फरार प्रतिवादी पक्राउ गरि अदालतमा उपस्थिती गराएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय बिरानगरका कार्यालय प्रमुख डिआइजी राजन अधिकारी र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका कार्यालय प्रमुख डिएसपी कृष्ण खड्काबीच आर्थिक वर्ष २०८१-०८२ को लागि भएको कार्यसम्पादन संझौता बमोजिम ५९ जना फरार प्रतिवादीहरु पक्राउ गर्नुपर्ने बार्षिक लक्ष्य दिएको थियो । प्रदेश प्रहरीले दिएको लक्ष्य भन्दा एक जना बढी त्यो पनि पाँच महिनामा ६० जना पक्राउ गर्न सफल भएको डिएसपी खड्काले बताए । पक्राउ परेका फरार प्रतिवादीहरु मध्ये गाली बेईज्जती मुद्धाका ६, कुटपिट ५, बालयौन दुरुपयोग २, अभद्र व्यबहार – २२, हाडनाता करणी १, चोरी २, कर्तव्य ज्यान २, केही सार्वजनिक अपराध २, बाली लटुपिट ४ , सवारी ज्यान २ जना फरार प्रतिवादी फक्राउ गरेको हो । त्यसैगरी कुटपिट लुटपिट २, लुटपिट २, जबरजस्ती करणी उधोग १, लिखित बदर १, बैकिङ कसुर १, लिखित बेईजती १, नक्कली प्रमाण पत्र (भष्टचार) १, बन पैदावार हानि–नोक्सनी १, बहु–बिबाह १ गरी जम्मा १९ वटा कसुर (मुद्धा) का प्रतिवादीहरु पक्राउ गरिएको डिएसपी खड्काले बताए ।
फरार प्रतिवादीहरु ओखलढुंगा जिल्ला अन्तर्गत तथा काठमाण्डौ समेतबाट पक्राउ गरी अदालत समक्ष पेश गरिएको प्रहरीले जनाएको छ ।
फरार प्रतिवादीहरु मध्ये मोलुङ गाउँपालिका ६ बस्ने हाडनाता जबरजस्ती करणी मुद्धामा १० बर्ष १ महिमा २२दिन कैद सजाय र ३ लाख ३० हजार रुपैयाँ जरिवाना भएका फरार प्रतिवादी समेतलाई पक्राउ गरी पेश गरिएको थियो । सबै पक्राउ परेका फरार प्रतिवादीहरुबाट जम्मा ४७ बर्ष ४ महिना ७ दिन कैद सजाय र ८ लाख ९५ हजार ७६६ रुपैयाँ जरिवाना असुल गरिएको छ ।
जिल्लामा समग्र शान्ति सुरक्षा कायम राखेर अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानमा प्रहरी परिचालन हुदै कानून प्रतिको आडभरोसा कायम राख्न र पीडितलाई न्यायको अनुभुति दिलाउन लागि परेको डिएसपी खड्काले बताए । ‘पीडक पक्षलाई कानूनवाट भाग्न वा वच्न सकिदैन भन्ने डर पैदा गर्न संचालित फरार अभियुक्त पक्राउ अभियानलाई मोरङ प्रहरीले प्राथमिकतामा राखी काम गर्दै आईरहेको छ,’ डिएसपी खड्काले भने ।

सम्बन्धित समाचार

ग्रिनल्याण्ड कलेजले गर्यो कक्षा १२ का विद्यार्थीहरुलाई विदाई

विराटनगर । विराटनगर – ९ मा रहेको ग्रिनल्याण्ड कलेजले कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गरेको छ । कलेजले शुक्रबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी विज्ञान तथा व्यवस्थापन संकायका ११ औं ब्याचको ६ सय ५० जना...

मेलम्ची खानेपानी आयोजनाका ८ कामदार सम्पर्कविहीन, ७६ को हेलिकोप्टरमार्फत उद्धार

वर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् । तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार बेपत्ता भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । नेपाल प्रहरी,...

अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख जना नाघ्यो

अमेरिकामा कोराना संक्रमितको संख्या ३ लाख नाघेको छ ।पछिल्ला १ दिन २३ हजार ४ सय ६४ जना नयां संक्रमित पुष्टि भएपछि संक्रमितको संख्या ३ लाख ६ सय २५ पुगेको हो । त्यस्तै अहिलेसम्म अमेरिकाम मृत्यु...

तिहार र छठपछि फेरि लकडाउन गर्ने तयारी

काठमाडौं, २६ कात्तिक-सरकारले तिहार र छठपछि फेरि लकडाउन गर्ने तयारी गरेको छ । बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित काठमाडौं उपत्यकाका महानगर र नगरपालिकाका प्रमुखहरूको संयुक्त बैठकले तिहार र छठपछि...

कोशी अस्पतालमा बेथीति प्रकरण, आफु निकटको चिकित्सक नियुक्त गर्न खोलिएको विज्ञापन स्थगित

विराटनगर । चौतर्फी विरोध भएपछि विराटनगरस्थित कोशी अस्पतालमा आफु निकटको चिकित्सक नियुक्त गर्न आव्हान गरिएको विज्ञापन स्थगित गरिएको छ । अस्पताल प्रशासनले बुधबार सूचना जारी गरि फागुन ११ गतेको लागि लिने भनिएको अन्तर्वार्ता अर्को सूचना...

निर्वाचन घोषणा गरिएकै मितिमा हुन्छ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरिएकै मितिमा निर्वाचन हुने बताइएका छन् । नेकपा चितवनद्वारा आयोजित जनसभामा उनले घोषित निर्वाचन मिति तलमाथि नपर्ने बताए । कतिपयले निर्वाचन हुँदैन भनेर भ्रम फिजाएको बताउँदै उनले भने, 'यो चुनावको...

जसपाका केन्द्रीय सदस्यहरुलाई सम्मान

विराटनगर, २७ कात्तिक–जनता समाजवादी पार्टी मोरङले जिल्लाबाट जनता केन्द्रीय कमिटीमा चयन भएकाहरुलाई बिहीबार स्वागत, बधाई तथा सम्मान कार्यक्रम गरेको छ । पार्टीका युवा नेता उमेश यादवले केन्द्रीय समितिमा चयन भएकाहरुलाई स्वागत गरेका हुन् । गत...

२४ घण्टामा थप ५२५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४ हजार ९५७ पुग्यो

काठमाडौं, २९ साउन-पछिल्लो २४ घण्टाको अवधिमा थप ५२५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । देशभरका ३८ वटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५२५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्