निर्वाचन घोषणा गरिएकै मितिमा हुन्छ : ओली

 न्यूज विराट
निर्वाचन घोषणा गरिएकै मितिमा हुन्छ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरिएकै मितिमा निर्वाचन हुने बताइएका छन् । नेकपा चितवनद्वारा आयोजित जनसभामा उनले घोषित निर्वाचन मिति तलमाथि नपर्ने बताए ।

कतिपयले निर्वाचन हुँदैन भनेर भ्रम फिजाएको बताउँदै उनले भने, ‘यो चुनावको घोषणा चुनाव गर्नका लागि होइन, अल्मल्याउनका लागि गरिएको हो भनेर भनेका छन्, तिनीहरू अल्मलिँदै गरुन् । चुनाव हुन्छ, भनेकै मितिमा, तोकिएकै मितिमा, घोषणा गरिएकै मितिमा हुन्छ, तपाईँहरू ढुक्क रहनुहोस् ।’

अब कुनै गल्ती नगरीकन जनताको निम्ति काम गर्ने, देशका निम्ति काम गर्नेलाई छान्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने, ‘चुनावमा साइनो सम्बन्ध देशभित्र भएका, देश र जनताको आदेश र हितमा काम गर्नेलाई छानेर पठाउनुपर्छ ।’ नाभी विदेशमा गाडिएकाहरू र नाभी अन्तै जोडिएकालाई अब चुनावमा छान्न नहुने उनको भनाइ थियो ।

देशको, राष्ट्रियताको र स्वाधिनताको सही अर्थमा रक्षा आफू र आफ्नो पार्टीले गर्ने भन्दै उनले भने, ‘निरंकुश राजतन्त्र, पञ्चायती तानाशाही र कुनै पनि अवस्थामा घुँडा टेकिएन । नेल, हत्कडी लगाएर गोलघरमा थुन्दा घुँडा टेकिएन, अब घुँडा टेक्नुपर्ने अवस्था छैन । स्वाभिमानलाई माथि उठाइन्छ ।’

नयाँ युगमा नेपाल प्रवेश गरेको भन्दै प्रधानमन्त्री ओलीले अगाडि भने, ‘एउटा नयाँ युगको प्रारम्भ भएको छ, अनेक क्षेत्रमा नयाँ युगको प्रयोग गरेका छौँ, आत्मविश्वासका साथ देश विकास गर्ने महान् अभियानमा जुटेका छौँ ।’

माडीको अयोध्यापुरीमा राम मन्दिर निर्माणका लागि गुरुयोजना बन्दै गरेको भन्दै उनले भने, ‘रामको भव्य प्रतिमूर्ति तयार भइसकेको छ, सीताको बनिरहेको छ, अब लक्ष्मण र हनुमानको पनि बन्छ ।’ अर्को सालको रामनवीमा राम जन्मभूमि अयोध्यापुरीमा भव्य ढङ्गले प्राणप्रतिष्ठा गर्ने उनले बताए । अयोध्यापुरी अब विश्वका हिन्दूहरू, संस्कृतविद्हरू, पुरातत्वविद्हरू, सभ्यताविद्हरूको गन्तव्य स्थान हुने प्रधानमन्त्री ओलीको भनाइ छ । उनले भने, ‘यो पर्यटकीयस्थल बन्नेछ, धेरै तीर्थालुको गन्तव्य बन्नेछ ।’

नवलपरासीको दाउन्नेबाट मकवानपुरसम्मको चार हजार ७८८ वर्गकिलोमिटर क्षेत्रलाई समेटेर चितवन भ्यालीको रूपमा विकास गरिने उनले जानकारी दिए । यसका लागि गुरुयोजनासहित काम अघि बढ्ने उनको भनाइ छ । उनले निकुञ्जको संरक्षणसँगै वन्यजन्तु र मानवबीचको द्वन्द्वलाई कम गर्ने पनि बताए ।

सम्बन्धित समाचार

मेरील्याण्ड कलेजका सर्वोत्कृष्ट विद्यार्थी साह र भगत सम्मानित

विराटनगर । गुणस्तरीय शिक्षामा प्रदान गरी व्यवस्थापन शिक्षामा अब्बल सावित भएको विराटनगरस्थित मेरील्याण्ड कलेजका सर्वोत्कृष्ट दुई जना विद्यार्थी सम्मानित भएका छन् । हिसान मोरङले हिसान स्पोर्टस मिटको समापनको दिन मेरील्याण्ड कलेज टप गर्ने दुई जना...

नेपालमा एकैदिन २१४ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप २१४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २१४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८...

कोशीको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

विराटनगर । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाले नियुक्त भएका छन्। सभामुखको हस्ताक्षर प्रयोग गरी सरकार गठन गरेको कारण २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार दोस्रो पटक मुख्यमन्त्री...

विराटनगरमा आज ७१ संक्रमित थपिए ?

विराटनगर, १४ असार । मंगलबार विराटनगरमा ७१ जना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ११ जना पुगेको विराटनगर महानगरपालिकाले जनाएको छ । विराटनगरमा हालसम्म ७ हजार ८ सय...

सत्तारुढ पाँच दलको गठबन्धन हुँदा पनि एमाले उम्मेदवार दुई तिहाइ मतले विजयी

नवलपुर, पुस२० । नवलपुरमा स्थायनीय तहको झल्को दिनेगरी भएको खानेपानी संस्थाको चुनावमा सत्तारुढ गठबन्धन पराजीत भएको छ । सत्तारूढ दलहरू सबै एकातिर र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एकातिर हुँदा पनि खानेपानीको चुनावमा एमाले उम्मेदवार...

विराट नर्सिङ होमका ४ स्वास्थ्यकर्मीमा कोरोना

विराटनगर, साउन १२-विराट नर्सिङ होमका थप चार जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । गत बुधबार अस्पताल सञ्चालकलाई संक्रमण पुष्टि भएको थियो । उनको सम्पर्कमा पुगेका ५८ जनाको पीसीआर परीक्षण गरिएकोमा चारजना स्वास्थ्यकर्मीमा कोरोना...

शनिबारदेखि भेडेटारमा व्यवसायीक रुपमा ‘जिप फ्लाईङ’

विराटनगर, फागुन २२–यही शनिबारदेखि धरान–४ स्थित भेडेटारबाट देविथानसम्म जिप फ्लाइङको व्यवसायिक रुपमा सुरुवात हुने भएको छ । करिब ७ महिना अघिदेखी वल्र्ड वाइड ग्रुप नेपाल प्रा.लि.धरान–४ ले निर्माण सुरु गरी जिप फ्लाइङको सुरुवात गर्न लागेको...

एमालेलाई आक्रमण र उपेक्षा गरेर कोशी प्रदेशको पुनःनामकरण असम्भव : मन्त्री राजभण्डारी

विराटनगर । कोसी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले एमालेलाई आक्रमण र उपेक्षा गरेर कोशी प्रदेशको पुनःनामकरण असम्भव भएको बताएका छन् । पहिचानवादीसँग वार्ता गर्न प्रदेश सरकारले आह्वान गर्दै समिति बनाएपनि पहिचानवादीले बेवास्ता गरेको भन्दै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्