सोनाम ल्होछार विराटनगरमा मनाइयो

 न्यूज विराट
सोनाम ल्होछार विराटनगरमा मनाइयो

विराटनगर । तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाएको छ । नेपाल तामाङ घेदुङ महानगर समिति विराटनगरले बिहीबार एक कार्यक्रम आयोजना सोनाम ल्होछार पर्व मनाएको हो ।
विराटनगरको जनन्दोलन चोकबाट निकालिएको र्यालीले नगर परिक्रमा गरि विराटनगर ७ हाटखोलमा पुगेर भव्य कार्यक्रम आयोजना गरि सम्पन्न भएको थियो । कार्यक्रममा तामाङ सामादुयका किशोरीलेहरुले नृत्य प्रस्तुत गरि थप रमाइलो गरे ।

तामाङ जातिको सोनम ल्होछार पर्वमा यस वर्षको पर्वमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

बाघ वर्ष सुरु
मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औं वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष सुरु भएको छ ।

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । ल्होछारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धानदाता टीका बताउँछन् ।

पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने गरेकामा यस वर्ष ओमिक्रोन भेरियन्टसहितको कोरोना महामारीका कारण औपचारिक कार्यक्रम राखिएको छैन । समितिका कार्यकारी निर्देशक वसन्त लामाले यस वर्ष स्वास्थ्य सुरक्षाका विधि अपनाएर बौद्ध क्षेत्रका चैत्यमा कार्यसमिति सदस्य, सल्लाहकार मात्र बसेर पूजापाठ गरी ल्होछार मनाउन लागिएको बताए ।

विगत वर्षमा बौद्ध क्षेत्रमा सोनाम ल्होछारका अवसरमा सांस्कृतिक झाँकीसहित बाजागाजाको ¥याली निकालिने गरिएको थियो । दिउँसो महेन्द्र बौद्ध माध्यमिक विद्यालय परिसरमा मूल समारोह समितिका तर्फबाट कार्यक्रम गर्ने गरिएकामा त्यो पनि स्थगित गरिएको जनाइएको छ ।

यसैगरी राजधानीको स्वयम्भू क्षेत्रका चैत्यमा आन्तरिक रुपमा मात्र पूजा पाठका कार्यक्रम गरी ल्होछार मनाइने बताइएको छ ।

सम्बन्धित समाचार

बालिकाको मृत्युपछि विराटनगर सिटी हस्पिटल तनावग्रस्त, लापरवाहीले मृत्यु भएको आफन्तको आरोप

विराटनगर । विराटनगरको सिटी हस्पिटलमा सर्पकले टोकेको एक जना बालिकाको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ ।मोरङको रतुवामाइ नगरपालिका – ४ झुकिर्याकी ६ वर्षीया इसिका कुमारी मुखियाको उपचारको क्रममा शुक्रबार साझमा मृत्युभएपछि अस्पताल तनावग्रस्त बनेको...

रोजगारी गुमाएकालाई सरकारले दिने छ रोजगारी

काठमाडौं, जेठ २-सरकारले कोरोना भाइरस र त्यसपछिको परिस्थितिको कारण रोजगारी गुमाएकोलाई नेपालमै रोजगारी दिने प्रतिबद्धता जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् । कोरोना भाइरसका कारण स्वदेशमै...

‘लकडाउन’मा पनि रोकिएन भैरहवा विमानस्थलको काम

बुटवल, ३० चैत-कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि घोषणा गरिएको ‘लकडाउन’का कारण अहिले सबै क्षेत्र प्रभावित छ । मानिसहरू घरभित्रै छन् । उद्योग, बजार, यातायात सबै बन्द छन् । विकास निर्माण पनि ठप्प छ । योजनाहरू...

एईईमा ४ जीपए ल्याउने शिरीन भट्टराईलाई बुढानीलकण्ठ स्कुलको सम्मान

विराटनगर । एसईईको परीक्षामा ४ जीपीए ल्याउने विद्यार्थी शिरीन भट्टराईलाई विराटनगर – २ स्थित बुढानीलकण्ठ अ. मा. वि. ले सम्मान गरेको छ । स्कुल परिसरमा मंगलबार एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । एसईईको...

सकियो नेकपा सचिवालय बैठक

काठमाडौं, २० मंसिर-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक केहीबेर अघि सकिएको हो । आजको बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पनि सहमागी भएका थिए...

काेराेनाका कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु

काठमाडौं, १ कात्तिक-नेपालमा पछिल्लो २४ घण्टामा १२ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।  शनिबार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा साे संख्यामा...

धरानमा पहिरोले पुरिएर दुई बच्चाको मृत्यु

विराटनगर, २ कात्तिक । सुनसरीको धरानमा मंगलबार पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ । अविरल वर्षाका कारण गएको पहिरोले पुरिएर एकै परिवारका एक बालिका र एक बालकको मृत्यु भएको हो । सुनसरी धरान उपमहानगरपालिका–...

कैलालीका कोरोना संक्रमितको चितवनमा मृत्यु

डडेल्धुरा, १३ असार-कैलालीका कोरोना संक्रमित १ जनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका- ७ का ५० वर्षीय पुरुषको बिहान ९ बजे चितवनको भरतपुर अस्पतालको आइसीयू कक्षमा मृत्यु भएको हाे । उनी क्यान्सरका बिरामी थिए। चितवनमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्