श्रीकृष्ण गौ सेवा सदनमा म्याट वितरण

 न्यूज विराट
श्रीकृष्ण गौ सेवा सदनमा म्याट वितरण

बढ्दो जाडोबाट बच्न विराटनगरको श्रीकृष्ण गौ सेवा सदनमा म्याट वितरण गरिएको छ । जतुवास्थित श्रीकृष्ण गौ सेवा सदन जतुवा र पंचाली मन्दिर गौशालामा रोटरी क्लब अफ विराटनगर डाउनटाउनले ११५ गाईलाई पुग्नेगरी म्याट वितरण गरेको हो ।

गौशाला व्यवस्थापन समितिले चिसो मौसमका कारण आवश्यक न्यानो सामग्रीको कमी भएको जानकारी गराएपछि क्लबले यो सहयोगको पहल गरेको अध्यक्ष मञ्जु अग्रवालले जानकारी दिइन् ।

सम्बन्धित समाचार

‘ब्याक टु स्कूल’ अभियान

विराटनगर, ६ असोज । निरन्तर विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउन ले ‘विद्यालय फर्क’ अभियान सञ्चालन गरेको छ । विभिन्न समस्या र अभिभावकहरुमा जनचेतनाका कारण विद्यालय छाडेका बालबालिकाहरुका लागि क्लबले विद्यालय...

जिवन विकास गोल्ड कप हुँदै, उद्घाटन खेलमा पशुपति र हातिबन्धा युवा क्लब भिड्ने 

विराटनगर । मोरङको जहदा गाउँपालिका – ३ मा जीवन विकास गोल्ड कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबको आयोजनामा असोज ८ देखि १५ गतेसम्म गोल्ड कप  हुने भएको हो । ...

पत्रकार नवोदितसहित विभिन्न क्षेत्रमा योगदान पु¥याउने सम्मानित

विराटनगर । नेपाली कांग्रेस विराटनगर १२ नम्बर वडा समितिले कवि एवं पत्रकार मीनकुमार नवोदितसहित विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ ।वडाका बासिन्दा नवोदित नेपाल प्रेस युनियनको कोशी प्रदेश अध्यक्षमा निर्वाचित भएकाले सम्मान गरिएको...

महानगरका महिला कर्मचारीलाई ‘महिनावारी कप’ वितरण

विराटनगर, २५ मंसिर । विराटनगर महानगरपालिकामा कार्यरत महिला कर्मचारीहरुलाई महिनावारी कप वितरण गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले एक कार्यक्रम गरी महानगरमा कार्यरत ४४ जना महिला कर्मचारीहरुलाई मुफ्त महिनावारी कप वितरण गरेको हो...

तमु लोसारको पुर्वसन्ध्यामा विराटनगरमा दीप प्रज्वलन

विराटनगर । तमु लोसारको पुर्वसन्ध्यामा तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद महानगर इकाइले दीप प्रज्वलन गरेको छ । विराटनगरस्थित जनआन्दोलन चोकमा आइतबार साझमा दिप प्रज्जवलन गरेको हो ।गुरूङ सामुदायले मनाउने तमु लोसारको अवसरमा सोमबार...

शिक्षादीप कलेज अतिरिक्त क्रियाकलापमा पनि अगाडी, कविता प्रतियोगितामा मानसी पोखरेल भइन प्रथम

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावको मन जितेको विराटनगरस्थित शिक्षादीप कलेज अतिरिक्त क्रियाकलापहरुमा पनि अगाडी रहेको छ । zविद्यार्थीको प्रतिभा उजार गर्ने उद्देश्यले शिक्षादीप कलेजले अतिरिक्त क्रियाकलाप पनि गर्दै आएको छ ।...

क्षतीपूर्ती माग्दै मुख्यमन्त्री अगाडी पत्रकार ठाकुरको प्रर्दशन

विराटनगर । गत कार्तिक १७ गते सप्तकोशीमा डुबेर घाइते बनेका पत्रकारको उपचार खर्च सहितको क्षतिपूति दिनुपर्ने माग राख्दै पत्रकारले प्रर्दशन गरेका छन् । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज नेपाल पत्रकार महासंघ कोशी प्रदेशको तेस्रो...

सेबोनको निर्णयले नियामक निकाय नै रुष्ट, बजार घटाउन खोजिएको लगानीकर्ताको आरोप

काठमाडौं, २ असार । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गरेको निर्णयप्रति लगानीकर्ता मात्र होइन नियामक निकाय पनि रुष्ट बनेका छन् । मंगलबार सेबोनले लगानीका लागि जोखिमयुक्त ५१ कम्पनीको नामावली सार्वजनिक गरेसँगै लगानीकर्ताका संगठन र नेप्सेले नै उक्त...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्