‘ब्याक टु स्कूल’ अभियान

 न्यूज विराट

विराटनगर, ६ असोज । निरन्तर विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउन ले ‘विद्यालय फर्क’ अभियान सञ्चालन गरेको छ । विभिन्न समस्या र अभिभावकहरुमा जनचेतनाका कारण विद्यालय छाडेका बालबालिकाहरुका लागि क्लबले विद्यालय फर्क अभियान सञ्चालन गरेको हो ।

क्लबले गत वर्ष सञ्चालन गरेको ब्याक टु स्कुल परियोजनालाई यसपटक पनि निरन्तरता दिएको हो । जसका लागि क्लबले विराटनगरकै बखरी आधारभूत विद्यालयका ३० जना विद्यार्थीहरूलाई घरबाट स्कूलसम्म जान र आउनको लागि, यातायात सुविधा प्रदान गर्दै आएको छ ।

विराटनगरस्थित खार्जीको ज्योति आधारभूत विद्यालयमा पनि ‘ब्याक टु स्कूल’ अभियान क्लबले सञ्चालन गरेको हो ।

क्लबकी अध्यक्ष रेखा राठी, सेवा परियोजना प्रमुख सन्तोष तोदी र रोटर्याक्ट्सले खर्जी गाउँका सबै घर–घरमा विद्यार्थी विशेष गरी छात्राहरूको संख्या पत्ता लगाउन र पढाई छाड्नुको कारण पत्ता लगाउन सर्वेक्षण गरेका थिए ।

त्यसपछि क्लबले अभिभावकहरूसँग भेटघाट गरिशिक्षाको महत्वबारे प्रकाश पारेका थिए । सो अबसरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनका का पूर्व अध्यक्ष सन्तोष जैनले अभिभावकहरुलाई शिक्षाको महत्वबारे बताए । सोही अभियान मार्फत क्लबले विद्यालय छाडेका बालबालिकालाई विद्यालयमा फर्काउन सफल भएको छ ।

सम्बन्धित समाचार

तेस्रो मेयर कप : सुनवर्षी वडा नम्बर ८ बिजय

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा जारी तेस्रो मेयर कप नकआउट क्रिकेट प्रतियोगिता सुनवर्षी नगरपालिका वडा नम्बर ८ बिजय भएकाे छ । सुनवर्षी २ र सुनवर्षी  ८ बिच शुक्रबार भएको पहिलो सेमीफाइनल खेलमा वडा नम्बर ८  विजयी...

जिवन विकास गोल्ड कप हुँदै, उद्घाटन खेलमा पशुपति र हातिबन्धा युवा क्लब भिड्ने 

विराटनगर । मोरङको जहदा गाउँपालिका – ३ मा जीवन विकास गोल्ड कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबको आयोजनामा असोज ८ देखि १५ गतेसम्म गोल्ड कप  हुने भएको हो । ...

गण्डकीमा बिहानै थपिए २० कोरोना संक्रमित 

काठमाडौं, ८ असार-गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । गएराति गरिएको परीक्षणमा गण्डकीका थप २० जनामा कोरोना पोजिटिभ देखिएको हो । नयाँ संक्रमितमा स्याङ्जाका १० र नवलपरासी (पूर्व) का ८...

रोटरी क्लबले मनायो बालबालिकासँग अन्तराष्ट्रिय अपाङ्गता दिवस

विराटनगर, १७ मंसिर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाएको छ । क्लबले अपाङ्गता भएका बालबालिकाहरुसँग ३१ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाएको हो । पिटर प्यान प्ले पेन स्कूलको सहयोगमा क्लबले सीपी...

काममा जान्छु भनेको धामीको हत्या

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका – ४ बटरबारीका एक जना धामीको हत्या भएको छ । ३२ वर्षीय अशोक कुमार यादवको हत्या भएको हो । हत्या गरिएको अवस्थामा शुक्रबार विहान सुनवर्षी नगरपालिका ४ बटरवारी जाने भित्री...

इसाई समाजद्वारा बाढी पिडित दलित बस्तीमा राहत वितरण

  रामकुमारी राई रंगेली । मोरङको रंगेली नगरपालिका– ८ चाइनागेट टोलस्थित दलित बस्तीका बाढी पीडितहरुलाई राहत वितरण गरिएको छ । दुई साताअघि बाढी पसेर डुबानमा परेका ६० घर दलितहरुलाई पूर्वोत्तर मोरङ लेटाङको इसाई एकता समाजले...

रुस्लान भोड्का ५० बर्षमा , बोतलमा नयाँ डिजाईन

विराटनगर । जाउलाखेल ग्रुपले सन् १९७३ बाट उत्पादन गर्दै आएको रुस्लान भोड्काले ५० वर्षको यात्रा तय गरेको छ ।जाउलाखेल ग्रुपले आफ्नो ५ दशकको गौरवशाली उपलब्धिको सम्झना गर्दै आफ्नो बोतल डिजाइनलाई उत्कृष्ट र अत्याधुनिक स्वरुपमा परिवर्तन...

सरिता गिरीको संशोधन सूचना अस्वीकृत

काठमाडौं, ३१ जेठ-नेपालको संविधाको दोस्रो संशोधन विधेयकका सम्बन्धमा संघीय समाजवादीकी सांसद सरिता गिरीले दिएको संशोधन सूचना अस्वीकृत भएको छ । सरकारका तर्फबाट हालिएको संशोधन प्रस्तावको विषयमा शनिबार दफावार छलफल चल्ने क्रममा सभामुख अग्नि सापकोटाले सत्तारूढ दलका अध्यक्ष...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्