सूचना प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड

 न्यूज विराट
सूचना प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड

विराटनगर । सूचना प्रविधिको प्रयोग गरि काम कारवाहीमा सहजता प्रदान गरिनुपर्ने एक कार्यक्रममा सरोकारवालाहरुले बताएका छन् ।

विराटनगरको बिग होटलमा मंगलबार आयोजना गरिएको कोशी प्रदेशको ट्राफिक व्यवस्थापन, स्थानीय तहहरूले प्रदान गर्ने सेवामा गुनासो व्यवस्थापन र प्रहरीको कामलाई प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोग बढाउनेबारे कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् ।

सूचना प्रविधिलाई विकासको काममा प्रयोगमा ल्याउन सकिने स्वदेशमै रोजगारी सिर्जना भई युवा शक्ति विदेश पलायन रोक्न सकिने जेनिस सोलुसन प्रालिका प्रमुख कार्यकारी अधिकृत अन्जनी फुयालले बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले प्रविधिको प्रयोगलाई महानगरपालिकाले समेत बढाउँदै लगेको बताए । प्रविधिको सचेतना नभएका कारण जनप्रतिनिधिहरूले राम्रो काम गर्दा पनि गाली खानुपरेको उनले बताए ।

नेपाल प्रहरीका पूर्वएआईजी भीम ढकालले सूचना प्रविधिलाई विकासको काममा प्रयोगमा ल्याउन सकिने स्वदेशमै रोजगारी सिर्जना भई युवा शक्ति विदेश पलायन रोक्न सकिने बताए । जेनिस सोलुसनले विराटनगरमै शाखा कार्यालय विस्तार गरेको जानकारी दिँदै आगामी दिनमा सहज रुपमा सेवाग्राहीलाई सूचना प्रविधि प्रयोगबारे जानकारी गराउदै जाने कार्यक्रम संयोजक कला डाँगीले बताइन् । उनले स्थानीय तहका वडाहरूले प्रदान गर्ने सेवालाई सूचनाप्रविधि मैत्री बनाउन सहजीकरण गरिने बताए ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधिहरू, सूचना प्रविधि अध्यापन गराउने स्कुल तथा कलेजका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

कोरोना संक्रमणबाट विराटनगरमा थप १ महिलाको मृत्यु

विराटनगर, भदौ १०–कोरोना भाइरसको संक्रमणका कारण विराटनगरमा थप एक महिलाको मृत्यु भएको छ । विराटनगर–११ मा बस्दै आएकी ४४ वर्षिया महिलाको गएराती ८ बजे उपचारका क्रममा मृत्यु भएको हो । मोरङको बूढीगंगा गाउँपालिका–२ टंकीसिनवारीस्थित विराट...

कोरोनाविरुद्ध होमियो पैथिक चिकीत्सक प्रयोगगर्न आग्रह

विराटनगर,३१ बैशाख ,कोरोना संक्रमणले विश्व आक्रान्त भईरहेको बेला होमियो प्याथीक उपचारलाई पद्धतीलाई उपयोग गर्न चिकीत्सकहरुले सरकार संग माग गरेका छन । एलोपेथिक उपचार विधि भन्दा होमियो पैथिक उपचार पद्धती निकै प्रभावकारी रहेको जनाउदै नेपाल होमियो...

दुर्घटना न्यूनीकरण गर्न ट्राफिकको गाउँमा पनि सचेतना अभियान

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सडक सुशासन र सवारी दुर्घटना र न्यूनीकरणको लागि मोरङको ग्रामीण क्षेत्रमा रहेको गाउँ– गाउँमा पनि ट्राफिक सचेतना अभियान सुरु गरेको छ । पछिल्लो समय ग्रामीण क्षेत्रका गाउँहरुमा ट्राफिक...

सुनसरीमा सिसौको रुख ढलेर किच्दा स्कुटी चालकको मृत्यु

विराटनगर, ९ साउन । सुनसरीको बराहक्षेत्र  नगरपालिका  ९  कोशी टप्पु बन्य जन्तु आरक्षणमा सिसौको रुखले किची स्कुटी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका ११ का २८ बर्षीय धिरज तामाङ रहेका छन् । हिजो दिनको साढे...

विराटनगरमा प्रबुद्ध नागरिक समाजले भन्यो ‘विधिको शासन हुनुपर्छ’

विराटनगर,१४ माघ । लोकतन्त्रमा व्यक्ति ठूलो नभै विधिको शासनको अनुशरण हुनुपर्ने आज विराटनगरमा आयोजित खुल्ला पत्रकार सम्मेलन एवं अन्तरक्रियामा वक्ताहरुले बताएइका छन् । प्रबुद्ध नागरिक समाज विराटनगरद्वारा जनआन्दोलन चोकमा आयोजित खुल्ला पत्रकार सम्मेलन एवं अन्तरक्रिया...

प्रदेश १ का स्वास्थ्यकर्मीलाई निशुल्क सिमकार्ड वितरण गरिने

विराटनगर, वैशाख २–प्रदेश १ का स्वास्थ्यकर्मीका लागि नि ः शुल्क सिम कार्ड वितरण गरिने भएको छ । एनसेल विराटनगर शाखाले प्रदेश १ का स्वास्थ्यकर्मीका लागि पुग्ने गरि मंगलबार सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई सिमकार्ड उपलब्ध...

संसद बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विशेष अधिवेशन शुरू भएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावको सूचना दिएकाले त्यससम्बन्धी प्रक्रिया सुरु गर्न १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित गरेका हुन् । आजको...

एम्बुलेन्स दुर्घटना हुँदा ५ जना कोरोना संक्रमित घाइते

अर्घाखाँची, २८ जेठ-कोरोना संक्रमितलाई आइसोलेसनमा लिएर आउँदै गरेको एम्बुलेन्स गएराती दुर्घटना हुँदा ५ सङ्क्रमित घाइते भएका छन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-७ चन्द्रप्रभा माविको क्वारेन्टाइनबाट कोरोना सङ्क्रमित लिएर वडा नं १ हटारीनेटाको आइसोलेसनमा आउँदै गर्दा खाँचीकोट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्