१४ औं प्याब्सन स्पोर्ट्स मिट हुने, तीन हजार बढी विद्यार्थीले भाग लिने
मङ्गलबार, १५ माघ, २०८१,
न्यूज विराट
विराटनगर । १४ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट सुरू हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा शुक्रबादेखि प्याब्सन स्पोट्र्स मिट हुने भएको हो ।
प्याब्सनले मंगलबार पत्रकार सम्मेलन गरी माघ १८ देखि २० गतेसम्म संचालन हुने प्रतियोगितामा २५ भन्दा बढी विद्यधाका खेलहरु समावेश गरिएको छ । तीन दिनसम्म संचालन हुने प्रतियोगितामा मोरङ प्याब्सनमा आवद्ध ३ हजार बढी विद्यार्थीहरुले भाग लिने प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेतले जानकारी दिए । उक्त प्रतियोगिताको उद्घाटन प्रदेशको सामाजिक विकास मन्त्री पाँच कर्ण राईले गर्नेछन् । करिब १५ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको स्पोट्र्स मिटमा सहभागि विद्यालयहरुको रजिष्ट्रेशन शुल्क र प्याब्सनको आन्तरिक स्रोतबाट लागत जुटाइने अध्यक्ष बस्नेतले बताए । प्याब्सन मोरङले २०६३ सालदेखि हरेक वर्ष प्याब्सन स्पोट्र्स मिट सञ्चालन गर्दै आएको छ । प्याब्सन स्पोट्र्स मिटमा कक्षा १० सम्मका छात्र र छात्रातर्फ गरि मैदानमा खेलाइने लङ्ग जम्प, हाई जम्प, ट्रिपल जम्प, सर्ट पुट र जेभलिन थ्रो का स्पर्धा हुनेछन् । यस्तै सोही कक्षाका फिल्ड इभेन्टमा भलिबल, टेबल टेनिस र फुटबल यू–१५ का स्पर्धाहरु हुनेछन् ।
ट्रयाक इभेन्ट तर्फ कक्षा १० सम्म छात्र र छात्राहरुको अलग–अलग १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर दौड हुनेछ । यसैगरि सय गुणा ४ मिटर रिले दौड र ४सय गुणा ४ मिटर रिले दौडका स्पर्धा हुने प्याब्सन मोरङका उपाध्यक्ष विष्णु डंगोलले जानकारी दिए । कक्षा ११ र १२ का विद्यार्थीहरुको लागि भने छात्र तर्फ भलिबल, फुटबल, टेबल टेनिस, बास्केटबल र म्याराथनका स्पर्धा हुनेछन् भने छात्रा तर्फ भलिबल, टेबल टेनिस र म्याराथनका स्पर्धाहरु हुने प्याब्सनका सचिव देवी सिटौलाले बताए । प्रतियोगितामा विजेताहरूलाई मेडल तथा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा विराटनगरमा तीन दिने ढाका कपडा महोत्सव बिहीबारदेखि सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित यस महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गरे ।...
विराटनगर, चैत १४–गत चैत ११ देखि सुरु भएको ‘लक डाउन’ का कारण जिवन यापनमा समस्या भएपछी नेपाल कम्युनिष्ष्ट पार्टी (नेकपा) मोरङका सदस्य सुभाषकुमार सरदारले मोरङको कटहरी गाउँपालिकामा दैनिक ज्यालादारी गरेर जिवन निर्वाह गर्ने विपन्न दलित...
विराटनगर । विराटनगर–१० मा रहेको अरनीको कलेजले दुई दिवसीय नेतृत्व विकाश तालिमको आयोजना गरेको छ । कलेजले शनिबारदेखि शुरु भएको नेतृत्व विकास तालिममा उद्यमशीलता स्टार्टअप , डिजिटल विजनेस र एआई तालिमको आयोजना गरेको हो ।...
विराटनगर, १४ असार । मंगलबार विराटनगरमा ७१ जना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ११ जना पुगेको विराटनगर महानगरपालिकाले जनाएको छ । विराटनगरमा हालसम्म ७ हजार ८ सय...
विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजमा दशैंको अवसर पारेर सांगीतिक कार्यक्रम हुने भएको छ ।कलेज परिसरमा विद्यार्थीहरुले मंगलबार सांगीतिक कार्यक्रम आयोजना गरेको हो । सांगीतिक कार्यक्रममा विद्यार्थीहरुले नृत्य र गायन प्रस्तुत गरी रमाइलो प्रदान गरेका...
विराटनगर । विराटनगर– ६ शनिमन्दिरमा डाक्टर अम्बिका साहले विराट सिटि डेन्टल संचालनमा ल्याएकी छिन् । सोमबार एक कार्यक्रम आयोजना गरि डेन्टल संचालनमा ल्याएको हो ।अत्याधुनिक डेन्टल चियर, दाँतको ए–क्सरे मसिनलगायत अन्य उपकरणहरू र सक्रमण रोक्न...
विराटनगर । इलाका प्रहरी कार्यालय रानी विराटनगरले अवैध गाँजा धमाधम बरामद गर्न थालेको छ । एकपछि अर्को गर्दै अवैध गाँजा इप्रका रानीले पक्राउ गर्न थालेको हो । शनिबार दिउँसो पनि मोरङ जहदा गाउँपालिका – ३...
काठमाडौं, ६ माघ । माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाखमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय पनि गरेको...