हिसान खेल सप्ताहमा विभिन्न स्पर्धाका सेमिफानल खेलहरु सम्पन्न

 न्यूज विराट
हिसान खेल सप्ताहमा विभिन्न स्पर्धाका सेमिफानल खेलहरु सम्पन्न

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत सोमबार विभिन्न स्पर्धाका सेमिफानल खेलहरु सम्पन्न भएका छन् ।

छात्र फुटबलमा कान्तिपुर र रेडस्टार कलेज विजयी भई फानलमा प्रवेश गरेको छ ।

पहिलो खेलमा कान्तिपुर कलेजले ग्यालेक्सि कलेजलाई पेनाल्टि सुटआउटमा ३–० को गोल अन्तरले पराजित गरेको छ ।

निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरीमा खेल खेले पछि खेलको निणर्य पेनाल्टी सुट आउटबाट भएको हो । खेलको प्लेयर अफ द म्याच कान्तिपुरका जिवन चौधरी घोषित भए ।

दोस्रो खेलमा रेडस्टार कलेजले सेन्ट जोसेफ कलेजलाई ३–१ को गोल अन्तरले पराजित गरेको छ । रेटस्टारको जितमा प्लेयर अफ द म्याच सोनम गुरुङले २ गोल र छोसाङ गुरुङले १ गरे । उता सेन्ट जोसेफका गिरिस कार्कीले १ गोल गरे ।

छात्रा फुटबलमा रेड स्टार कलेजले शिक्षादिप कलेजलाई ४–० को गोल अन्तरले पराजित गरेको छ । रेड स्टारको जितमा प्लेयर अफ द म्याच स्मृती राईले २ गोल तथा आशिका लिम्बु र एन्जिला राईले १–१ गोल गरिन् ।

सोमबारनै वैजनाथपुर क्रिकेट मैदानमा क्रिकेट खेलमा विकेभिएम र अरनिको कलेज विजयी भई सेमिफानलमा प्रवेश गरेको छ।

पहिलो खेलमा विकेभिएम कलेजले नमुना विद्या मन्दिरलाई ८ विकेट पराजित गरि सेमिफानलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको नमुनाले निर्धारित २० ओभरको खेलमा ६ ओभरमा सवै विकेट गुमाई ३१ रन बनाएको थियो । नमुनाका कुनै पनि ब्याटरले दोहोरा अंकलाई छुन सकेनन् । विकेभिएमका प्लेयर अफ म्याच शिवम यादवले ह्याट्रिकसहित ४ विकेट लिँदा आकाश चौधरीले पनि ४ विकेट लिए ।

जवाफमा ३२ रनको झिनो चुनौती पाएको विकेभिएमले ३ दहमलव १ बलमा २ विकेट गुमाई लक्ष पार गरेको थियो । विकेभिएमका आकाश चौधरीले ९ रनको योगदान दिए । कान्तिपुरका रामरतन यादवले १ विकेट लिए ।

दोस्रो खेलमा मेरिल्याण्ड कलेजलाई साविक उपविजेता अरनिको कलेजले ९ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको मेरिल्याण्डले निर्धारित २० ओभरको खेलमा १३ दशमलव ३ बलमा सवै विकेट गुमाई २८ रनमा सिमित भयो । मेरिल्याण्डका कुनै पनि ब्याटरले दोहोरा अंकलाई छुन सकेनन् । अरनिकोका प्लेयर अफ म्याच अमर यादवले ४ विकेट लिए ।

जवाफमा २९ रनको चुनौती पाएको अरनिकोले ४ दशमलव ५ बलमा १ विकेट गुमाई सो विजयी लक्ष पार गरेको थियो । अरनिकोका अमन यादवले सर्वाधिक अविजित ११ रनको योगदान दिए सोमबार भएको बास्केटबलको सेमिफाइन खेलमा शिक्षादिप कलेजले अरनिको कलेजलाई २४–२१ को अन्तरले पराजित गरेको छ । खेलको प्लेयर अफ म्याच शिक्षादिपका यूविन मगर घोषित भए ।

सोमबार सम्पन्न कवडीको फाइनल खेलमा २ वर्षपछि हिसान खेलमा सहभागि ग्रिनल्याण्ड कलेजले कान्तिपुर कलेजलाई ३६–२६ को स्कोरले पराजित गर्दै उपाधि जितेको हो । त्यस्तै शिक्षापि कलेजले तेस्रो स्थान हात पारेको छ ।
भलिबलको छात्रर्फ पहिलो खेलमा रेड स्टार कलेजले अर्किड कलेजलाई २–० को सेटले पराजित गरि फानलमा प्रवेश गरेको छ।

छात्रातर्फ रेडस्मटा कलेजले शिक्षदिप कलेजलाई २–० को सोझो सेटले पराजित गरि फानलमा प्रवेश गरेको छ । खेलको प्लेयर अफ द म्याच रेड स्तारक ीआस्मा राई घोषित भइन् ।

सम्बन्धित समाचार

बाँके बस दुर्घटनाका मृतक र घाइतेको पीसीआर रिपोर्ट नेगेटिभ

बाँके, १९ जेठ-बाँकेमा गएराती भएको सवारी दुर्घटनामा परेर मृत्यु तथा घाइते भएका ३३ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । दुर्घटनामा परेकाहरू भारतबाट आएकाले कोरोना भाइरसको जोखिम रहेको भन्दै पीसीआर परीक्षण गरिएको थियो ।...

स्थानीय तहका जनप्रतिनिधिहरुले जनतासँगको सम्बन्धलाई बलियो बनाउनु पर्छः महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकांबाट विजयी स्थानीय तहका जनप्रतिनिधिहरुले जनतासंगको सम्बन्धलाई वलियो बनाउने पर्ने बताउनु भयो । नेपाल डेमोक्रेटिक लयर्स एशोसियशन मोरङद्वरा आज यहाँ आयोजित प्रदेशस्तरीय स्थानीय तहमा कानूनी तथा वित्तिय सुशनासन सम्वन्धी अन्तरक्रिया...

मोरङको कानेपोखरीमा डुबेर एक बालिकाको मृत्यु

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा खोलामा डुबेर बालिकाको मृत्यु भएको छ । शनिबार बेलुका कानेपोखरी गाउँपालिका – ६ की उषा मगरको घरमा बस्दै आएकी ८ वर्षीय बालिका तुलसा रानामगरको ज्यामिरे भलुवा खोलामा डुबेर मृत्यु भएको...

विराटनगरमा चौथो नेवा महोत्सव सुरू, एकै ठाउँमा थरी–थरीका परिकार

विराटनगर । विराटनगरस्थित झीः पुचमा नेवा : त : मुँज्या र चौथो नेवा : महोत्सव सुरु भएको छ । नेपाल भाषा तथा सांस्कृतिक सङ्घ (झी पुचः) को आयोजनामा शुक्रबारदेखि नेवा : त: मुँज्या र चौथो...

प्रधानन्यायाधीश जबराले आज पनि सबै खालका मुद्दामा तोके पेसी

काठमाडौं, २८ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज पनि बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेको छन् । प्रधानन्यायाधीश राणाले १० वटा इजलासमा पेसी तोकेका हुन् । उनले आज आफ्ना लागि भने कुनै इजालास पेसी...

८१ दिनपछि जानकी मन्दिर पूजापाठका लागि खुल्ला

जनकपुर, ४ असार-कोरोना महामारीका कारणले गत ८१ दिनदेखि बन्द रहेको हिन्दुहरूको आस्थाको केन्द्रको रूपमा रहेको जनकपुरधामको जानकी मन्दिर पूजापाठका लागि खोलिएको छ । महामारीको नियन्त्रण तथा रोकथामका लागि घोषणा गरिएको लकडाउन अवधिमा मन्दिरको मूल ढोका...

शुक्रबारको एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने माधव पक्षको निर्णय

काठमाडौं, १७ असार । नेकपा एमालेको माधव नेपाल समूह शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने भएको छ । एमाले केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा सहभागी हुन पार्टीले माधव नेपाल समूहका नेताहरुलाई २०७५ जेठ २ कै...

विराटनगरबाट भन्सार छली गरेको आशङ्कामा २१ लाखको सामान बोकेको ट्याक्टर नियन्त्रणमा

विराटनगर ।  विराटनगर भन्सारबाट जाँच पास भएर निस्किएको करिब २१ लाखको सामान बोकेको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीबाट खटिएको टोलीले मङ्गलवार दिउँसो विराटनगरको रोड शेष चौकबाट गिजर र खाद्य पूरक सामाग्री बोकेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्