विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत पुरुष फुटबलमा सगरमाथा र कान्तिपुर, क्रिकेटमा विभिएम र अरनिको तथा कवडीमा अर्किड, मोडर्न एरा, कान्तिपुर र ग्रिनल्याण्ड कलेज विजयी भएका छन् ।
शनिबार भएको फुटबलको पहिलो खेलमा सगरमाथा कलेजले जेभियर्स स्कुललाई २–० को गोल अन्तरले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच सगरमाथाका प्रसान्त राई घोषित भए ।
दोस्रो खेलमा कान्तिपुर कलेजले होलीचाइल्ड कलेजलाई २–० को गोल अन्तरले पराजित गरेको छ । कान्तिपुरको जित प्लेयर अफ द म्याच गौतमकुमार चौधरी घोषित भए ।
शनिबारनै वैजनाथपुर क्रिकेट मैदानमा भएको पहिलो खेलमा विकेभिएम स्कलले रेडस्टार स्कुललाई ८ विकेट पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको रेड स्टारले निर्धारित १३ ओभरको खेलमा १२ ओभरमा सवै विकेट गुमाई ४६ रन बनाएको थियो । रेडस्टारका मुकेश शर्माले सर्वाधिक १३ रन बनाए । विकेभिएमका शिभम यादवले ४ विकेट लिँदा प्लेयर अफ म्याच सचिन्द्रप्रसाद यादवले ३ विकेट लिए ।
जवाफमा ४७ रनको झिनो चुनौती पाएको विकेभिएमले ९ ओभरमा २ विकेट गुमाई लक्ष पार गरेको थियो । विकेभिएमका धिरेन्द्र खदहरीले १९ रनको योगदान दिए । रेडस्टारका सक्षम नेउपाने र रोशन थापाले १–१ विकेट लिए । दोस्रो खेलमा अरनिको कलेजले शिक्षादिप कलेजलाई ९६ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १सय ३० रन बनाएको थियो । अरनिकोका समिर आलमले सर्वाधिक ३२ रनको योगदान दिए । शिक्षादिपकासौरभ कामत र सुदिप यादवले १–१ विकेट लिए ।
जवाफमा १ सय ३१ रनको चुनौती पाएको शिक्षादिपले १४ औं ओभरमा सवै विकेट गुमाई ३४ रनमा सिमित भयो । शिक्षदिपका सोरभ कामतले ११ रनको योगदान दिए । अरनिकोका प्लेयर अफ म्याच नुर अहमदले ४ विकेट लिए ।
शनिबार भएको कवडीको पहिलो खेलमा अर्किड कलेजले सिद्धार्थ स्कुललाई ५६–२४ को स्कोरले पराजित गरेको छ । दोस्रो खेलमा कान्तिपुर कलेजले भानु कलेजलाई ४१–२७ को स्कोरले पराजित गरेको छ ।
तेस्रो खेलमा मोडर्न एरा कलेजले शिक्षादिप कलेजलाई ५७–३० को स्कोरले पराजित गरेको छ ।
चौथो खेलमा ग्रिनल्याण्ड कलेजले विराट क्याम्पसलाई वाक ओभरमा पराजित गरेको छ । समयमा विराट क्याम्पस मैदान प्रवेश नगरेपछि खेल ग्रिनल्याण्डले वाक ओभरमा विजयी भएको हो । कवडीको सेमिफाइनल र फाइनल खेल आइतबार हसने खेल सम्योजक ठाकुर भण्डारीले जानकारी दिए ।
शनिबार भएको टेवलटेनिसका खेलहरुमा गल्र्स टीम इभेन्टतर्फ सगरमाथा कलेजले शिक्षादीप उमाविलाई ३–१ को सेट स्कोरले हराउदै फाइनल प्रवेश गर्याे । अर्काे सेमिफाइनलमा अरनिको कलेजले मेरिल्याण्ड कलेजलाई ३–० को सेट स्कोरले पराजित गर्दै फाइनलमा प्रवेश गर्यो ।
त्यसैगरि ब्वाइज टीम इभेन्टतर्फ मेरिल्याण्ड कलेजले शिक्षादीप कलेजलाई ३–० को सेट स्कोरले हराउदै फाइनल प्रवेश गर्याे । अर्काे सेमिफाइनलमा विकेभिएम कलेजले सगरमाथा कलेजलाई ३–१ को सेट स्कोरले पराजित गर्दै फाइनल्स प्रवेश गर्याे ।
गल्र्स सिङल्सको सेमिफाइनलमा सगरमाथा कलेजकी रुबी मेहताले शिक्षादीप कलेजकी दिव्यान्का खडकालाई ३–० सेट स्कोरले पराजित गर्दै फाइनल प्रवेश गरिन् । त्यसैगरि अर्को सेमिफाइनलमा अरनिको उमाविकी ओमकुमारी चौधरीले मेरिल्याण्ड कलेजकी प्राप्ति कार्कीलाई ३–१ को सेट स्कोरले पराजित गर्दै फाइनल प्रवेश गरिन् ।
त्यसैगरि ब्वाइज सिङल्सको सेमिफाइनलमा सगरमाथा कलेजका रजतरमण दवाडीले मेरिल्याण्ड कलेजका सागरबहादुर बस्नेतलाइ ३–१ को सेट स्कोरले पराजित गर्दै फाइनल प्रवेश गरे । त्यसैगरि अर्काे सेमिफाइनलमा विकेभिएम कलेजका यथार्थ आचार्यले अरनिको कलेजका आयुष यादवलाई ३–० को सेट स्कोरले पराजित गर्दै फाइनल प्रवेश गरे ।
प्रतियोगीताका सम्पूर्ण फाइनल खेलहरु आइतवार सम्पन्न गरिने जानकारी हिसान टेबल टेनिस प्रतियोगीता संयोजक मणिराज भट्टराईले जानकारी दिए ।
भलिबलको छात्रर्फ पहिलो खेलमा कान्तिपुर कलेजले बुद्ध स्कुललाई २–१ को सेटले पराजित गरेको छ । खेलको प्लेयर अफ म्याच कान्तिपुरका केवल लिम्बु घोषित भए ।
दोस्रो खेलमा मोडर्न एरा कलेजले ग्यालेक्सी कलेजलाई २–० को सेटले पराजित गरेको छ । खेलको प्लेयर अफ म्याच मोडर्न एराका देवराज थापा मगर घोषित भए ।
तेस्रो खेलमा रेड स्टार कलेजले सिद्धार्थ कलेजलाई २–० को सेटले पराजित गरेको छ । खेलको प्लेयर अफ म्याच रेड स्टारका सुरज राई घोषित भए ।
चौथो खेलमा शिक्षा सन्देश कलेजले शिक्षादिप कलेजलाई २–१ को सेटले पराजित गरेको छ । खेलको प्लेयर अफ म्याच शिक्षासन्देशका सन्तोष खवास घोषित भए ।
छात्रातर्फ रेड स्टार कलेजले अर्किड कलेजलाई २–० को सेटले पराजित गरेको छ । खेलको प्लेयर अफ म्याच रेडस्टारकी स्मृती राई घोषित भइन् ।
एजेन्सी, २६ जेठ । दक्षिण अफ्रिकामा एक महिलाले एकैपटक १० वटा शिशुलाई जन्म दिएकी छन् । दक्षिण अफ्रिकी ३६ वर्षीया गोसियामी थामारा सितहोलले सोमबार राति प्रिटोरियाको एक अस्पताल सात छोरा र तीन छोरीलाई जन्म दिएकी...
विराटनगर, १ असोज–प्रदेशसभा गठन भएको झण्डै अढाई वर्षपछि प्रदेश १ प्रदेशसभाले आफ्नै भवन निर्माण कार्य सुरु गरेको छ । बिहीबार साविकको जिल्ला समन्वय समिति परिसरमै प्रदेशसभाको नयाँ भवनको शिलान्यास गरिएसँगै प्रदेशसभाको भवन निर्माण कार्य सुरु...
विराटनगर, २३ वैशाख । मोरङको बेलबारी नगरपालिकामा राप्रपाबाट मेयर उम्मेदवार बनेका खेमप्रसाद गौतमको गाडीमा आगजनी भएको छ । उनको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको हो । बेलबारी–२ स्थित घरमै पार्किङ गरेर राखेको...
विराटनगर । प्रदेश १ को लोक सेवा आयोगले स्थानीय सरकारी सेवाका लागि प्राविधिकतर्फ पदहरूमा आवेदन माग गरेको छ। खुला तथा समावेशी प्रतियोगिताबाट पदपुर्ति गर्न योग्यता पुगेकाहरूबाट दरखास्त आह्वान भएको हो। प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उम्मेदवारहरूको...
विराटनगर, २० माघ । झापाकाे काँकरभिट्टामा रहेको एक जुत्ता कारखानामा आगलागी भएकाे छ । मेचीनगर- ६ काँकरभिट्टाकाे एस एस फुटवेयर जुत्ता कारखानामा आगलागी भएको हाे । आगलागी नियन्त्रणकाे प्रयास भइरहे पनि नियन्त्रण हुन सकेकाे छैन...
सरकारले कोरोना भाइरसबाट पूर्वसतर्कता अपनाउन भन्दै भोलिदेखि एक जिल्लाबाट अर्को जिल्लामा सवारी चलाउन नपाइने व्यवस्था गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बाेधन गर्दै १० चैतदेखि लामो दूरीका सवारी नचलाउन आह्वान गरेका थिए...
विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश र कर्णाली प्रदेशले विजयी भएका छन् । प्रतियोगिता अन्तर्गत विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णालीले वागमती प्रदेशलाई...
एजेन्सी, साउन १२-अफगानिस्तानको हेल्मान्ड प्रान्तमा सोमबार एउटा सैनिक हेलिकप्टर आपतकालीन अवतरण गर्दा २ सैनिक गम्भीर घाइते भएका छन् । सैनिक स्रोतका अनुसार उक्त हेलिकप्टर सोमबार बिहानै हेल्मान्डको काजाकी जिल्लामा आपतकालीन अवतरण गराइएको थियो । उक्त...