जीवन विकासको अध्यक्षमा बिक्रमराज सुवेदी

 न्यूज विराट
जीवन विकासको अध्यक्षमा बिक्रमराज सुवेदी

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति अध्यक्षमा बिक्रमराज सुवेदी चयन भएका छन् ।
आइतबार संस्थापक समूहबाट सुवेदीसँगै प्रकाशकुमार श्रेष्ठ, श्यामचन्द्र खतिवडा र इन्द्रनारायण देव वैश्य सञ्चालकमा निर्वाचित भएका थिए । आइतबार नै बसेको सञ्चालक समितिको बैठकmे सुवेदीलाई दोस्रो कार्यकालका लागि अध्यक्ष चयन गरेको हो ।
जीवन विकासको संस्थापक समूहबाटको प्रतिनिधित्व गर्ने सुबेदी यसअघि पनि अध्यक्ष थिए । आइतबार केन्द्रीय कार्यालय कटहरीमा भएको छैंटौं साधारणसभामा संस्थापक समूहबाट चार सञ्चालक सदस्यका लागि पाँच जनाको उम्मेदवारी परेको थियो । निर्वाचनमा सुवेदीसँगै श्रेष्ठ, खतिवडा र देव दोस्रो कार्यकालका लागि विजयी भएका हुन् ।
निर्वाचित सञ्चालक समितिको पदावधी चार वर्षको हुनेछ । सञ्चालकको निर्वाचनमा संस्थापक सेयर सदस्यहरुले मतदान गर्न पाउँछन् ।
लघुवित्तको केन्द्रीय कार्यालयमा भएको साधारणसभाले १४ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको थियो ।
जीवन विकास समाजद्धारा प्रवद्धित जीवन विकास लघुवित्त वित्तीय संस्थाले १६० वटा शाखा मार्फत ३१ जिल्लामा वित्तीय सेवा प्रवाह गरिरहेको छ । जीवन विकासको कुल सम्पति २८ अर्ब २२ करोड ९७ लाख ४ हजार छ । १० अर्ब ५३ करोड ३० लाख निक्षेप संकलन गरेको जीवन विकासले २७ अर्ब २१ करोड ४४ लाख ५० हजार रुपैयाँ रुपैयाँ लगानी गरेको छ ।

सम्बन्धित समाचार

नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा : प्रधानमन्त्री ओली

प्रधाममन्त्री केपी शर्मा ओलीले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेका बताइएका छन् । एक स्थानीय नेपालीमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि नेपाल पनि कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको बताए । उनले कोरोना नियन्त्रणका लागि...

नेकपा सचिवालय बैठकमा एमसीसी र संविधान संशोधनबारे छलफल

काठमाडौं, १० जेठ-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा संविधान संशोधन र मिलेनियन च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजनाबारे छलफल भएको छ । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह बसेको अनौपचारिक बैठकमा संविधान...

दुर्घटना न्युनिकरणका लागि अनेरास्ववियुले बनायो जेब्रा क्रसिङ

विराटनगर, माघ १२-पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारीमा विद्यार्थीहरुले जेब्रा क्रसिङ निर्माण गरेका छन् । बढ्दो दुर्घटना न्युनिकरण र पैदेल यात्रुको सहजताका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)...

प्रदेश १ मा शुक्रबार ६७ संक्रमित थपिए

विराटनगर, २३ साउन–प्रदेश १ मा आज ६७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६४, झापामा २ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २४ पुरुष ८ महिला,...

बैंकर्स संघका अध्यक्ष दाहालप्रती पूर्वका उद्योगी व्यवसायी आक्रोशित

विराटनगर, बैशाख २१-नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालको भनाई उदृत गर्दै व्यवसायीले नाफा लुकाउने भएकाले व्याज छुट दिनु हुन्न भनेर विभिन्न संचारमाध्यमहरुमा आइरहेको समाचारप्रति मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले आपत्ति जनाएका छन ।...

स्वास्थ्य केन्द्र स्थापना

सङ्खुवासभा, १९ पुस-जिल्लाको उत्तरी क्षेत्रमा पर्ने चिचिला गाउँपालिकाको आहलेमा जनताको स्वास्थ्य सेवालाई लक्षित गरी आधारभूत सामुदायिक स्वास्थ्य एकाइ कार्यालयको स्थापना गरिएको छ । गाउँपालिकाको आहालेमा हालै आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले एकाइ कार्यालयको...

राजवंशी समाज उत्थान समिति (विराट) को १५ औँ बृहत भेला जहदाको बभनटोलीमा हुने

विराटनगर, २ फागुन । प्रदेश १ को नाम विराट प्रदेश राख्न राजवंशी समुदायले माग गरेका छन् । सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै राजवंशी समाज उत्थान समिति (विराट) ले प्रदेशको नाम विराट राख्न माग गरेको हो...

आर्थिक ऐन २०७७ ले दिएको छुट सुविधा उपयोग गर्न आन्तरिक राजश्व कार्यालय विराटनगरको आग्रह

विराटनगर, १५ फागुन । उद्योगी, व्यापारी एवं करदाताहरुले आर्थिक ऐन–२०७७ ले दिएको छुट सुविधा उपयोग गर्न आन्तरिक राजस्व कार्यालय विराटनगरले अपिल गरेको छ । यो सुविधा फागुन मसान्तसम्म मात्र लागू हुने भएकोले सेवाग्राहीहरु समयमै आआफ्ना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्